आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

प्रतिनिधिसभा विघटनको विरोधमा सांसदहरुले आज बुधवारदेखि धर्नामा

प्रतिनिधिसभा विघटनको विरोधमा सांसदहरुले आज बुधवारदेखि धर्नामा

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनको विरोधमा सांसदहरुले आज बुधवारदेखि माइतीघरमा धर्ना दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध संघीय र  प्रदेश सांसदहरु तथा तत्कालीन संविधान सभाका सदस्यहरू आज धर्नामा बस्न लागेका हुन् । धर्ना माघ २१ गतेसम्म चल्ने बताइएको छ। प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त कदमको विरोधमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहसहित प्रतिपक्षि दलहरुले विरोधका कार्यक्रमहरु गर्दै आएका छन् । दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत नै सो समूह निकटका सांसदहरु धर्नामा बस्न लागेका हुन् । ...
काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्‍याे

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्‍याे

माैसम
उपत्यकाको आजको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो।  बिहान हुस्सु लागेको काठमाडौंको दिउँसोको तापक्रम १९ डिग्री सेल्यिससम्म पुग्ने र मौसम सफा रहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । तराईका अधिकांश जिल्लामा अहिले अधिकांश जिल्लामा हुस्सु र कुहिरो लागेको छ। यो साँझसम्मै रहने श्रेष्ठ बताउँछन्। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ।  दिउँसो प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने श्रेष्ठको भनाइ छ।  आज राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू–भागमा आंशिक बदली रहेहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमापातको संभावना रहेको जल तथा मौसम विभागले जनाएको छ।  देशक...
सर्वाेच्च अदालतमा प्रधानमन्त्रीविरूद्ध मानहानीकाे दुई रिट दर्ता

सर्वाेच्च अदालतमा प्रधानमन्त्रीविरूद्ध मानहानीकाे दुई रिट दर्ता

राजनीति
प्रधानमन्त्री केपी ओलीले इजलासमा विचाराधीन मुद्दालाई लिएर गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा मंगलबार दुई रिट दर्ता भएका छन्। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट दर्ता गराएका हुन्। यसैगरी पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सोही अभियोगमा कारबाहीको माग गर्दै निवेदन दिइएको छ। आचार्यले आफ्नो निवेदनमा प्रधानमन्त्री ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अवहेलना भएको दाबी गरेका छन् । ‘प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले अपमान गर्नु उहाँको पदीय मर्यादाविपरीत हुन्छ,’ आचार्यले निवेदनमा भनेका छन्, ‘प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अवहेलना भएकोले उहाँलाई अवहेलनामा कारबाही गरी सजायसमेत गरी पाउन...
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर

राजनीति
नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रियभन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढाइनुपर्ने, ब्यापार सहजीकरण सहज ढंगलेगरिनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित भैरहेको उल्लेख गर्दै यि बिषयमा सुदृढिकरण हुने बित्तिकै राजस्व संकलन स्वतः हुने बताए । साथै मन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा सेवामुखी बनाउन प्रबिधि मैत्री बनाइएको उल्लेख गर्दै प्रणालीलाई समायनुकुल बनाउन सरकार प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको छ’ अर्थमन्त्री...
भिम, करीश्मा, गोबिन्द र गीर्वानी फिचर्ड ‘सालको पात बजाउनेले…(भिडियो)

भिम, करीश्मा, गोबिन्द र गीर्वानी फिचर्ड ‘सालको पात बजाउनेले…(भिडियो)

मनोरन्जन
गायक सुबर्ण बुढाथोकी र गायिका रोसनी पुन मगरको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ को भिडियो सार्वजनिक गरिएको छ । भद्र नकालको शब्द/संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । यस अघी टेलिभिजनमा थुप्रै हास्य टेलिफिल्ममा अभिनय गरिरहेका कलाकार भिमसेन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा भिम घिसिङ, करीश्मा मगर, गोबिन्द गौतम र ग्रिवाणी बस्नेत फिचर्ड छन । https://youtu.be/QpHAsgzV0jQ भिडियोमा समावेस यि चार जना मोडलको डान्सले दर्शकहरुलाई झुमाउने छ । बिगत लामो समय देखी डान्सलाई आफ्नो पेशा बनाउदै आएका मोडल द्वय भिम घिसिङ र करिश्मा मगरको उत्कृष्ट डान्स र बिगत लामो समय देखी गायकको रुपमा परिचित गायक गोबिन्द गौतम र नयाँ प्रस्तुतिको रुपमा रहेकी गिर्बाणी बस्नेतको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने पक्का छ । गायक गोबिन्द गौतमको अफिसियल युट्युब च...
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार नाघ्यो

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार नाघ्यो

अन्तराष्ट्रिय
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ३ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ लाख ३५ हजार ३ सय पुगेको हो । त्यस्तै अमेरिकामा एकैदिन १ लाख ४३ हजार ८ सय ६ जनामा संक्रमण देखिएको छ । यसरी अमेरिकामा कोरोना संक्रमतिको संख्या २ करोड ६० लाख ६ हजार ७ सय ६३ पुगेको छ । त्यस्तै अमेरिकामा १ करोड ५७ लाख ५३ हजार ८ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन् भने ९८ लाख १७ हजार ६ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् । ...
आजदेखि कोरोना खोप लगाइँदै

आजदेखि कोरोना खोप लगाइँदै

समाचार
सरकारले आजदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ ।बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको छ । सरकारले बुधवारदेखि नै देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँकी रहेकाले योजनाअनुसारका केन्द्रबाट खोप अभियान शुरू गर्न नसकेको हो । आगामी आइतवारदेखि ३०० ओटा केन्द्रबाट खोप लगाइने खोप शाखाका निर्देशक गौतमले बताएका छन । उनका अनुसार काठमाडौंमा १२ , भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप लगाउन शुरू गरिनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ ओटा खोप केन्द्रबाट खोप लगाइनेछ । कुन ...
२०७७ साल माघ १४ गते बुधवारको राशिफल

२०७७ साल माघ १४ गते बुधवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल माघ १४ गते । बुधवार । इ.स.२०२१ जनवरी २७ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– चतुर्दशी,२४ बजेर ५१ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–पुनर्वशु,२७ बजेर ५० मिनेट उप्रान्त तिष्य । योग–विष्कुम्भ,२१ बजेर १० मिनेट उप्रान्त प्रिती । करण–गर,१२ बजेर ४० मिनेट उप्रान्त वणिज,२४ बजेर ५१ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–गद योग । चन्द्रराशि–मिथुन,२१ बजेर ३७ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेटमा,सूर्यास्त १७ बजेर ३९ मिनेटमा । दिनमान २६ घडी ४० पला । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आँट,साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर...
केपी भन्दा माधव नेपाल हजार गुणा बढी इमान्दार र क्रान्तिकारी : प्रचण्ड

केपी भन्दा माधव नेपाल हजार गुणा बढी इमान्दार र क्रान्तिकारी : प्रचण्ड

राजनीति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी र इमान्दार भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता नेपाल हरेक कोणबाट ओलीभन्दा अगाडि रहेको बताएका हुन् । ‘मैले माधव कमरेडलाई पञ्चायतविराधी आन्दोलनबाटै चिनेको हुँ, केपी ओलीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासन पक्षधर र हजार गुणा बढी क्रान्तिकारीको हुनुहुन्छ,’ उनले भने, ‘गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेकै छन्, केपी ओलीको उद्देश्य इमान्दारिताको रहिनछ ।’ अर्को प्रसंगमा उनले तत्कालीन माओवादी र एमाले एकीकरणका क्रममा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको र आफूले प्रस्ताव लिएर गएको बताएका छन् । ...
कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

राजनीति
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा थप आन्दोलन गर्ने निर्णय गरेको छ ।आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । उनकाअनुसार माघ १९ गते देशैभर भातृ संस्थाहरूको नेतृत्वमा सरकारविरूद्ध प्रदर्शन हुने निर्णय भएको छ ।यस्तै माघ २४ देशभर शुभेच्छुक संस्थाहरूको नेतृत्वमा देशैभर प्रदर्शन गर्ने पनि निर्णय भएको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार माघ ३० गते जिल्ला कार्यसमितिहरूले प्रदर्शन गर्नेछन् ।यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ । माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ। ...