आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री

नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज दिउँसो २ बजे बोलकबोल मार्फत विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने भएको हो । बैंकका अनुसार राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त ऋणपत्र निकाष्शन गर्न लागेको हो । राष्ट्र बैंकले ७ बर्षको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो ।  यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन् । यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ । उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा जिक्ने सकिनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले  अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् ।  बुधबार बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ । व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ । इच्छुक खरिदकर्ता प्रतिस्प...
नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने

समाचार, समाज
 नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट गरेको छ । प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न गत कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा परेका आवेदनमध्येबाट पहिलो चरणमा मूल्याङ्कनका आधारमा छ वटा कम्पनी छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स, प्रोफेसनल बिजनेशन नेटवर्क बानेश्वर, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्चको जेभीका रुपमा जय बागेश्वरी कन्ट्रक्सन एण्ड सप्लायर्स चक्रपथ ललितपुर र इ–कोइल प्रालिको जेभीका रुपमा जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर प्रालि तिनकुने काठमाडौं रहेका छन् । यसैगरी, इन्क्लुसिभ एभरेस्ट माइक्रोटेक जेभी र इन टेल्को सोलुसन...
प्रधानमन्त्री  ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

समाचार, समाज
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आज (मंगलावार) वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता गराएका हुन् । सर्वोच्च अदालत प्रशासनमा प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाको छुट्टाछुट्टै दुईवटा मुद्दा दर्ता भएको हो । वरिष्ठ अधिवक्ताद्वय आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा तामासा देखाएको टिप्पणी गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् । ...
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२, संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२, संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३

समाचार, स्वास्थ्य
नेपालमा ४ हजार ५७४ जनाको पीसीआर परीक्षण गर्दा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ । पछिल्लो २४ घण्टामा २८५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ। यस्तै हालसम्म १२२ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ५२ हजार ६८७ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म निको हुने दर ९८.१ प्रतिशत रहेको छ। ...
खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन

खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन

खेलकुद, समाचार
तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । एक पालिका: एक खेलमैदान कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो । ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि २० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । प्रदेश सरकारले विनियोजन गरेको बजेट स्थानीय तहमा पठाइने र उक्त कामको कार्यान्वयन स्थानीय तहले गर्ने मन्त्री गुरुङले बताए । खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेकाले सबै पालिकामा खेलमैदान र रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य रहेको गुरुङले बताए । साथै प्रदेश सरकारले ऋषिङ–६ चालिसेस्थित खेलमैदानका लागि पनि १० लाख बजेट विनियोजन गरेको छ । खेलाडी, खेल प्रशिक्षक, महिला, बालबालिका, युवाको खेल...
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु

समाचार, समाज
 चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो । अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने मध्यवर्तीका क्षेत्रमा संरक्षण पाठशाला सञ्चालन थालिएको छ । विभिन्न ठाउँमा गरेर ३२ कक्षा सञ्चालन गरिने उनले जानकारी दिए । शुक्रबारदेखि पाठशाला शुरु गरिएको हो । पुसको अन्तिम साता पाठशाला अभियानको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले शुभारम्भ गरेका थिए । घिमिरेका अनुसार विषय विज्ञहरुले पाठशालामा सहजीकरण गर्नेछन् । उनले भने, “वन्यजन्तुको आक्रमणबाट मध्यवर्तीका बासिन्दालाई जोगाउनु पाठशालाको मुख्य उद्देश्य हो ।” वनमा घाँस दाउरा गर्न जाँदा वन्यजन्तुसँग कसरी जोगिने भन्नेबारेमा पाठशालामा सिकाइने छ । कुन वन्यजन्तुले कस्तो अवस्थामा कस...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । गत पुस ७ गतेदेखि शुरु भई पुस १९ सम्म चलेको बैठक आज पुनः बस्न लागेको हो। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने बैठकमा प्रतिनिधिसभा विघटन, प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र १४ औं महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले औपचारिक रुपमा प्रतिनिधिसभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन। सभापति शेरबहादुर देउवा निर्वाचनमा जाने मनसयमा देखिन्छन् । उनले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले नबोल्ने परम्परा रहेको बताउँदै आएका छन् भने उनी इतरका नेताहरुले प्रतिनिधिसभा पुनर्स्थापना हुनै पर्ने अडानमा रहेका छन्। कांग्रेसको आजको केन्द्रीय समिति बैठकमा सडक आन्दोलन चर्काउने विषयमा नै छलफल केन्द्रित हुने सम्भावना छ । ...
नेकपाको ओली पक्षले २३ गते आयोजना गर्ने जनसभाका लागि  १ हजार १ सय ११ सदस्यीय समिति

नेकपाको ओली पक्षले २३ गते आयोजना गर्ने जनसभाका लागि १ हजार १ सय ११ सदस्यीय समिति

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षले २३ गते आयोजना गर्ने जनसभाका लागि कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा १ हजार १ सय ११ सदस्यीय समिति बनाएको छ । बाग्मति प्रदेश संगठन कमिटीको आयोजना हुन लागेको जनसभाबारे आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनसभा बागमति प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार बागमति प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा कार्यकता परिचालन गरिने छ । जनसभा परिचालन कार्यक्रमको सचिवालय बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारी ललितपुरमा रहने उनले जानकारी दिए । पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय गठन गरिएको छ । २३ माघको जनसभा सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन सचिवालयको कार्यालयले गर्ने जारी विज्ञप्तीमा उल्लेख छ । जनसभामा स्वास्थ्य स्वयमसेवकका साथै विशेष ...
इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना

इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना

अन्तराष्ट्रिय, शिक्षा, समाचार
बेलायत सरकारले इङ्ल्याण्डमा पुनः विद्यालय खोल्ने रणनीति विस्तारका लागि सोमबार बढ्दो दबाबको सामना गर्नु परेको छ। सांसदहरूले विद्यालहरू महिनौंसम्म बन्द रहनसक्ने रिपोर्टबारे बहस चलाएपछि सरकारलाई विद्यालय खोल्नका लागि दबाब परेको हो । प्रधानमन्त्री बोरिस जोनसनको सत्तारूढ कन्जर्भेटिब्स पार्टीका एक दर्जन सांसदहरूले महामारीका कारण ‘बिर्सिएका पीडित’ का रूपमा विद्यार्थीहरू पर्ने खतरा देखिएको भन्दै विद्यालयहरूलाई शीघ्र पूर्ण रूपमा खोल्नका लागि माग गरेका छन्। समूहमा पूर्व मन्त्री एस्टर म्याकवे र कन्जर्भेटिभ सांसदहरूको प्रभावशाली समितिका प्रमुख ग्राहम ब्रैडीले यस मुद्दामा अभिभावकको दबाब समूह अभियानको समर्थन गरेका छन्। “हामीले आफ्ना बच्चाहरूको निरन्तर कक्षा सञ्चालनमा जोड दिन जरुरी छ,” बेलायतको संसदको शैक्षिक निगरानी समितिका अध्यक्ष तथा सांसद रोब हाफनले ट्वीट्रमार्फत सम्प्रेषण गरेको सन्देशमा...
विश्वमा एकैदिन ४ लाख ३१ हजार ९ सय १२ जनामा कोरोना संक्रमण

विश्वमा एकैदिन ४ लाख ३१ हजार ९ सय १२ जनामा कोरोना संक्रमण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा एकैदिन ४ लाख ३१ हजार ९ सय १२ जनामा संक्रमण देखिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड २ लाख ५१ हजार ६ सय ५४ पुगेको वल्डोमिटर्सले जनाएको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ९ हजार ३ सय ३० जना संक्रमितको मृत्यु भएको छ । यसरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ३ सय ५७ पुगेको छ । त्यस्तै विश्वमा ७ करोड २२ लाख ४० हजार ७ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छ । ...