आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आज माघ १३ गते मंगलबारको  राशिफल

आज माघ १३ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश ईष्टमित बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला । बृष – दौडधुप बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ अरुको भर नपरेर आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिथुन – भागदौड व्यस्तता बढ्...
अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम अवैध सुन सहित पक्राउ

अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम अवैध सुन सहित पक्राउ

अपराध, समाचार
 काठमाडौं महानगरपालिका-८ स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम सुन सहित राहदानी नम्बर ०७२३०८५३ बाहक चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो ।  साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका-९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ । बरामद सुन सहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।  ...
नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासंघका कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ छन् । समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल छन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाललगायत छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले समितिका विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्द...
शेयर कारोवार मापक नेप्से परिसूचक आज(सोमवार)  दोहोरो अङ्कले उकालो

शेयर कारोवार मापक नेप्से परिसूचक आज(सोमवार) दोहोरो अङ्कले उकालो

आर्थिक, समाचार
हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज(सोमवार) पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । आज कारोबार भएका कुल १२ उपसमूहमध्ये सात उ...
नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, समाज
नेपालमा पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ११ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०१ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ४८ हजार ११३ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १३२ रहेको छ । ...
म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो। त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेस नायक बने ।खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए । अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको स...
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय

राजनीति, समाचार
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको आयोगको बैठकले दुवैपक्षलाई आधिकारीकता नदिने निर्णय गरेको आयोगले जनाएको छ । दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन नसक्ने निर्णय आयोगले गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ । दुवै समूहले दल दर्तासम्बन्धी ऐनको दफा ५१ अनुसार निवेदन दिएकाले त्यसलाई दल विभाजन मान्न नसकिने आयोगको निष्कर्ष छ । तर, ऐनको सो दफामा नै दलका पदाधिकारी हेरफेर भएमा दलले जानकारी दिने र आयोगले छानबिन गरी अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । ऐनको दफा ५१ को उपदफा (१) मा भनिएको छ, ‘दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्...
नेप्से आइतबार मात्रै ५० दशमबल २० अंकले  वृद्धि, ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार

नेप्से आइतबार मात्रै ५० दशमबल २० अंकले वृद्धि, ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार

आर्थिक, समाचार
यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको छ । आइतबार मात्रै ५० दशमबल २० अंकले नेप्से वृद्धि भएको छ ।  आइतबार नेपाल  लाइफको ६६ करोड ८२ लाख ७३ हजार बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ७९ लाख बराबरको शेयर खरिद विक्री भएको छ ।  आइतबार नेपाल टेलिकमको पनि ३१ करोड ८९ लाख बराबरको शेयर खरिद विक्री भएको छ । आइतबार १५ वटा कम्पनीको शेयर बढेर सर्किट लागेको छ ।  गुराँस लाइफ, ग्रामिण विकास लघुवित्त, पोखरा फाइनान्स, मिथिला लघुवित्त लगायतका कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।  ...
आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा,शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने

आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा,शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने

आर्थिक, समाचार
आजबाट सेयर कारोबारमा ‘टी प्लस टु’ कार्यान्वयनमा आएको छ । टी प्लस टु लागू भएपछि शेयर राफसाफ तथा फछ्र्यौ प्रक्रिया दुई दिनभित्रै सम्पन्न हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आज आइतबारबाट सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो । यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ र दुई दिनभित्र सम्पन्न हुने राफसाफ प्रक्रियालाई टी प्स टु’ भनिएको हो ।  यो व्यवस्था लागू भएपछि कारोबार भएको तेस्रो दिन अर्थात पर्सीपल्ट नै राफसाफ तथा फछ्र्याैट हुने सीडीएसका प्रमख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले बताए । ‘कारोबार भएको दिनलाई गणना नगरी त्यसको दुई दिनमा राफसाफ प्रक्रिया सकिने हो,’ उनले भने ‘यसअघि कारोबारको तेस्रो दिनपछिमात्रै राफसाफ हुने गरेको थियो । उनका अनुसार नयाँ व्यवस्थाअनुसार अब धितोपत्रको बिक्री कारोबार...
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशको जित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशको जित

खेलकुद, समाचार
राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस्तै आइतवारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मतीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । आर्मीले लगातार जित निकाल्दा कर्णाली प्रदेशले पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ । आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र १ सय १५ रन जोड्न सक्यो । ३३.३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट सुरुआत गर्न पुगेको हो । जवाफी ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रविन्द्र शाहिले सर्वाधिक ...