आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य

समाचार, समाज
 मेलम्ची खानेपानी आयाजनाअन्तर्गतको ‘हेडबक्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुसको दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडबक्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो । त्यो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनकाे भनाइ छ । ‘हेडबक्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ । गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र निर्माण सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार त्यो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रै निर्माणस्थलमा काम गरेका थिए । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै स्थानीय तहले मालबाहक सवारी साधनको आवतजावतसमेत रोके...
इङ्लिस प्रिमियर लिग फुटबलमा  चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गए राति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन खेलको २४ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ भने टोटनह्यामको २१ खेलमा ३३ अंक छ । ...
नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभा गर्ने

नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभा गर्ने

राजनीति, समाचार
विभाजित नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ । यसअघि प्रचण्ड-माधव समूहले माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आमसभा गर्न लागेको हो । दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि १३ स्थानबाट जुलुस निस्कने ओली पक्षीय नेकपाले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको बताइएको छ । शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट सभामा ३ लाख कार्यकर्ता उतार्ने ओली समूहकाे दाबी छ । कार्यक्रमको प्रचारका लागि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा २ टुक्रा भएयता दुवै समूहले प्रतिस्पर्धात्मक सडक प्रदर्शन र भ...
(नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित

(नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित

समाचार, समाज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।   प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् । प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौंको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए ।   गृहमन्त्रालयले पूर्ववत्रुपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको ...
अर्थ मन्त्रालयले आगामी आर्थिक २०७७/७८ मा प्रदेश र स्थानीय तहमा सहलगानीमा सञ्चालन गरिने आयोजनाको सूची माग

अर्थ मन्त्रालयले आगामी आर्थिक २०७७/७८ मा प्रदेश र स्थानीय तहमा सहलगानीमा सञ्चालन गरिने आयोजनाको सूची माग

आर्थिक, समाचार
 सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने आयोजनाको सूची माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक २०७७/७८ मा प्रदेश र स्थानीय तहमा सहलगानीमा सञ्चालन गरिने आयोजनाको सूची माग गरेको हो । सहलगानीका आयोजनाहरू छनोट गर्दा प्रदेशस्तरको आयोजनाको हकमा एक अर्ब रुपैयाँ र स्थानीय तहका हकमा बढीमा २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हुनुपर्नेछ । सहलगानीमा छनोट भएका आयोजना कार्यान्वयनको क्रममा बजेट अपुग देखिएमा प्रदेश र स्थानीय तहबाट थप लगानी माग गरि पठाउनु पर्नेछ ।  नेपाल सरकारको सहलगानीमा प्रदेश तथा स्थानीय सरकारले आवास योजना, स्मार्ट सिटी, सिटी हल तथा प्रर्दशनी केन्द्र निर्माण गर्न  सकिने छ । जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा तथा अन्य वैकल्पिक ऊर्जा उत्पादन तथा वितरणm भूमी बैंक स्थापनार सञ्चालन, खानीजन्य वस्तुको उत्खनन् तथा प्रशोधन, कृषि तथा वनजन्य वस्तुहरूको व्यावसायिक उत्पा...
नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने

नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने

अन्तराष्ट्रिय, समाचार
बीबीसी । नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने कोभ्याक्सले जनाएको छ। उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। सो खोपको आपूर्ति फेब्रुअरीको अन्त्यसम्ममा हुन सक्ने अनुमान गरिएको छ। कोभ्याक्सले बुधवार प्रकाशित गरेको अन्तरिम वितरण अनुमानका अनुसार दक्षिण एशियाका अन्य देशहरूले पाउने मात्रा बाङ्ग्लादेशः एक करोड २७ लाख ९२ हजार मात्राभुटानः एक लाख आठ हजार मात्राभारतः नौ करोड ७१ लाख ६४ हजार मात्रामालदिभ्सः एक लाख आठ हजार मात्रापाकिस्तानः एक करोड ७१ लाख ६० हजार मात्राश्रीलङ्काः १६ लाख ९२ हजार मात्रा कोभ्याक्सको अनुसार अन्तरिम वितरण अनुमान तयारी सुरु गर्नका लागि मात्रै हो र यो परिवर्तन हुनसक्छ। कोभ्याक्स के हो ? सन् २०२० को एप्रिलमा मा विश्व स्वास्थ्य सङ्गठन, युरोपियन कमिशन र फ्रान्सले स्...
बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने: बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाल

बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने: बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाल

आर्थिक, समाचार
अर्थमन्त्री विष्णु पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधान गर्न खरो रुपमा उत्रन बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालाई निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न निर्देेशन दिएका हुन् । साथै बीमा क्षेत्रका समस्या समाधान गर्न अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने विश्वास अर्थमन्त्री पौडेलले बताएका छन् । बिहीवार अर्थमन्त्रालयमा आयोजित बीमा समितिका अध्यक्षको सपथ ग्रहण कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । सपथ लिएसँगै समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले आँफुले फास्ट ट्रयाकमा काम गर्ने बताएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । त्यस्तै,अध्यक्ष सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने समेत बताएका छन् । उनले तत...
सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ-आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह

सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ-आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह

समाचार, समाज
सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ-आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ। मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो। विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्...
म्यानमारमा  सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको विश्व समुदायसँग अपिल

म्यानमारमा सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको विश्व समुदायसँग अपिल

अन्तराष्ट्रिय, समाचार
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन् भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् । ...
आज स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती  नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

समाचार, समाज
समुद्रपारि जाने पहिलो सन्यासी स्वामी विवेकानन्दको १५९ औँ जन्मजयन्ती आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघकृष्ण सप्तमीका दिन स्वामी विवेकानन्द जयन्ती मनाइन्छ । सन् १८६३ जनवरी १२ तारिख अर्थात् माघ कृष्ण सप्तमीका दिन उनको जन्म भएको थियो । वैदिक सनातन धर्मलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने आद्य शङ्कराचार्यपछि विवेकानन्द नै पहिलो व्यक्ति बनेका रामकृष्ण आश्रम नेपालका अध्यक्ष स्वामी एकार्थनन्द पुरी बताउँछन् ।सन् १८९३ मा अमेरिकामा भएको विश्व धर्म महासभामा भाग लिन कुनै संस्थाको प्रतिनिधि हुनुपर्ने व्यवस्था थियो । कुनै संस्थाको प्रतिनिधि विना अमेरिका पुगेका विवेकानन्दले विश्वकोशको उपनामले परिचित हार्वर्ड विश्वविद्यालयका प्रा. हेनरी राइटलाई भेटे । पहिलो भेटमै राइट विवेकानन्दको विद्वत्ताबाट प्रभावित भए । राइटले विवेकानन्दलाई विश्व धर्म महासभाको प्रतिनिधि बन्न ...