आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

हिमपातले हुम्लाको जनजीवन प्रभावित

हिमपातले हुम्लाको जनजीवन प्रभावित

समाचार
हुम्लामा  बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ ।हिमपात जारी रहेका कारण दक्षिण र उत्तरी भेगमा आवतजावत रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताए । ...
बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने

बेलायत पुग्नेले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने

अन्तराष्ट्रिय
बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ । बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ । बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्दको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ । दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्द लगाइएको छ । ती देशका नागरिक बेलायत आएपछि अनिवार्...
नारायणहिटीबाट ओलीले लगाए नारा

नारायणहिटीबाट ओलीले लगाए नारा

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षद्वारा आयोजित जनसभामा उनले चुनावको पक्षमा नारासमेत लगाए । ‘तपाईंहरुले सबै काठमाडौंवासीले एकस्वरमा भन्नुस्, अस्थिरता कि चुनाव ?’ ओलीले सोधे । त्यसपछि सभामा उपस्थित भएकाहरुले चुनाव-चुनाव भनिएको थियो । त्यसपछि ओली आफैं नारा लगाउन थाले । ‘अस्थिरता होइन, चुनाव चाहियो… अस्थिरता होइन, चुनाव चाहियो… ’ ओलीले नारा लगाउँदै भने ।नारा लगाइसकेर भने, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ ’, ओलीले अगाडि थपे, ‘निर्वाचन हुँदा देश संकटमा पर्छ रे, जनताले आफ्नो फैसला दिँदा देश संकटमा पर्छ ? केही मान्छेहरूले कुनामा बसेर षडयन्त्र गरेर अरुका लागि काम गर्दा देश संकटमा पर्ने हो ।’ प्रधानमन्त्रीले आफूले गरेको संसद विघटन असंवैधान...
‘प्रचण्ड-माधवले पुर्‍याएको आर्थिक क्षति सरकारले व्यहोर्छ’

‘प्रचण्ड-माधवले पुर्‍याएको आर्थिक क्षति सरकारले व्यहोर्छ’

राजनीति
सरकारका रक्षामन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले देशमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रवृत्ति देशमा हावी भएको बताएका छन्। प्रचण्ड प्रवृत्तिलाई अर्का नेता माधवकुमार नेपालले साथ दिएको बताएका छन्। नेता पोखरेलले ५ वर्षका लागि जनताले निर्वाचन गरेर पठाएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने काम गरेर अराजक बन्न खोजेको बताए। उनले मुलुकलाई राजनैतिक स्थिरता दिन जुनसुकै मूल्य चुकाउन पनि बाध्य हुने बताएका छन्। मुलुकलाई ‘समृद्धि नेपाल, सुखी नेपाली’ बनाउने योजना सबैका लागि सही भएकाले यो सरकारले यस राष्ट्रिय योजनालाई जसरी भए पनि पूरा गर्ने उनले बताए। मञ्चमा बोल्दै बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आम हड्तालमा भएको आर्थिक क्षतिलाई सरकारले व्यहोर्ने मन्त्री पोखरेलले बताए। उनले नेकपामा देखिएको विवादसँगै देखिएको आधिकारिक धार को हो? भन्ने विष...
लोडसेडिङ अन्त्य हामीले गरेका हौँ : प्रधानमन्त्री ओली

लोडसेडिङ अन्त्य हामीले गरेका हौँ : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई संसदले काम गर्न नदिएपछि संसद विघटन गरेको बताएका छन्। काठमाडौँस्थित नारायहिटी दरबार संग्रहालयको आँगनमा भएको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटनबारे बोलेका हुन्। सभामा बोल्दै उनले नेपालमा लोकतन्त्रको भविष्य उज्ज्वल भएको बताएका छन्। उनले देशमा लोकतन्त्र सुदृढ भएको बताउँदै उनले भनेका छन्, 'लोकतन्त्रमाथि कसैले कर्के नजर नलगाए हुन्छ।' यति छिटो देश विकास कुनै सरकारले नगरेको प्रधानमन्त्री ओलीले बताए। 'अहिलेको जस्तो काठमाडौँ पहिला कहिल्यै थियो?' उनले प्रश्न गरेका छन्।  कोरोना भाइरसविरुद्घ लड्ने सबै सेना, प्रहरी, डाक्टरहरूलगायत सबैलाई उनले सलाम गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै आजसम्म सबैभन्दा राम्रो स्वास्थ्य सेवा जनताले आफ्नै सरकारको पालामा पाएको ठोकुवा गरे। ओलीले आफ्नो सरकारले नै लोडसेडिङ अन्त्य गरेको...
बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन अध्यादेश, २०७७

बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन अध्यादेश, २०७७

समाचार, समाज
संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले शुक्रबार अर्को अध्यादेश लयाएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग तेश्रो संशोधन अध्यादेश, २०७७ ल्याएको हो । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आज मिति २०७७ साल माघ २३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधार १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।१ बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ ...
सर्वोच्च अदालतले संवैधानिक निकायमा भएको नियुक्तिबारेमा कारण पेस गर्न सरकारका नाममा आदेश जारी

सर्वोच्च अदालतले संवैधानिक निकायमा भएको नियुक्तिबारेमा कारण पेस गर्न सरकारका नाममा आदेश जारी

समाचार, समाज
सर्वोच्च अदालतले संवैधानिक निकायमा भएको नियुक्तिबारेमा कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले हालै भएको संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्तिबारे कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले विपक्षीहरुसँग लिखित जवाफ माग गरेको छ । प्रतिनिधि सभामा सुनुवाई हुनुपर्ने संविधानको व्यवस्था विपरीत संवैधानिक आयोगहरूमा ३४ पदाधिकारीलाई सपथ ग्रहण गराइएकाले त्यसविरुद्ध त्रिपाठीले निवेदन दर्ता गराएका थिए । प्रतिनिधि सभा विघटन हुनुअघि अध्यादेशमार्फत् संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गर्दै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको थियो । मंसिर ३० गते बसेको संवैधानिक परिषद् बैठकको सिफारिस पुस ५ गते प्र...
नारायणहिटी संग्रहालय अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी  ओलीले जुनकुनै हालतमा तोकिएको मितिमा चुनाव हुने उद्घोष

नारायणहिटी संग्रहालय अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले जुनकुनै हालतमा तोकिएको मितिमा चुनाव हुने उद्घोष

राजनीति, समाचार
प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जुनकुनै हालतमा तोकिएको मितिमा चुनाव हुने उद्घोष गरेका छन् । आज दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडि आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमै बसेर भाँजो हालेर काम गर्न नदिएका कारण अस्थीरतालाई चिर्न जनताका माझमा ताजा जनादेशका लागि जानुपर्ने आवश्यकता रहेको बताउँदै उनले चुनाव हुँदैन कि भन्ने भ्रम फिँजाइएको कारण त्यस्मा विश्वास नगर्न समेत आग्रह गरे । उनले आमसभालाई सम्बोधन गर्दै भने, ‘मूल पार्टी कुन हो भनेर अब पनि सोध्नुपर्छ र ?’ ‘अरुलाई काठमाडौंका हरेक चोक ठूलो हुन्छ, हामीलाई हरेक ठाउँ सानो हुन्छ । अब पनि कुन पार्टी आधिकारिक भन्नेलाई कठैबरा मात्रै भन्न सकिन्छ,’ नेकपालाई सर्वोच्च पार्टी दाबी गर्दै उनले थपे, ‘यही हो मूल पार्टी। कम्युनिष्ट पार्टीको मात्रै होइन यो देशको मूल पार्टी हो ।’ देशको रक्षा गर्...
आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह:राष्ट्रिय मानव अधिकार आयोग

आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह:राष्ट्रिय मानव अधिकार आयोग

समाचार, समाज
राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेल आज जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ । “कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ । नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट पक्राउ गरिनु, अधिक बल प्रयोग गरी घाइते बनाइनु तथा आमहड्ताल आह्वानकर्ताबाट आम नागरिकलाई आवतजावत गर्नबाट वञ्चित गराउनु मानव अधिकारको मूल्यमान्यताविपरीतको कार्य भएको ठहर गर्दै आयोगले ...
भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले  जनजीवन कष्टकर

भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले जनजीवन कष्टकर

समाचार, समाज
 बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ। भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन्। समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए। मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन्। लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन्। “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ”, बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भने, “एक्कासी बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने...