बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

‘प्रचण्ड-माधवले पुर्‍याएको आर्थिक क्षति सरकारले व्यहोर्छ’

सरकारका रक्षामन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले देशमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रवृत्ति देशमा हावी भएको बताएका छन्। प्रचण्ड प्रवृत्तिलाई अर्का नेता माधवकुमार नेपालले साथ दिएको बताएका छन्।

नेता पोखरेलले ५ वर्षका लागि जनताले निर्वाचन गरेर पठाएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने काम गरेर अराजक बन्न खोजेको बताए। उनले मुलुकलाई राजनैतिक स्थिरता दिन जुनसुकै मूल्य चुकाउन पनि बाध्य हुने बताएका छन्।

मुलुकलाई ‘समृद्धि नेपाल, सुखी नेपाली’ बनाउने योजना सबैका लागि सही भएकाले यो सरकारले यस राष्ट्रिय योजनालाई जसरी भए पनि पूरा गर्ने उनले बताए। मञ्चमा बोल्दै बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आम हड्तालमा भएको आर्थिक क्षतिलाई सरकारले व्यहोर्ने मन्त्री पोखरेलले बताए।

उनले नेकपामा देखिएको विवादसँगै देखिएको आधिकारिक धार को हो? भन्ने विषयमा उनले ओलीको पक्ष नै आधिकारिक पक्ष भएको बताए। पाँच वर्षको प्रधानमन्त्री कार्यकाल बन्ने दाउमा प्रचण्ड नेपाली कांग्रेस र मदेशी दलको काखमा बस्न पुगेको उनको आरोप थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *