आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नयाँ प्रजातिको कोरोना भाइरसमा खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा खोप अभियान स्थगित

नयाँ प्रजातिको कोरोना भाइरसमा खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा खोप अभियान स्थगित

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । नयाँ प्रजातिको कोरोना भाइरसमा खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा खोप अभियान स्थगित गरिएको छ । नयाँ प्रजातीको भाइरसमा एष्ट्राजेनिका–अक्सफोर्डको खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा खोप अभियान स्थगित गरिएको हो । दुई हजार व्यक्तिमा गरिएको अध्ययनले सो कम्पनीले उत्पादन गरेको खोप सामान्य र मध्यम खालका संक्रमितमा धेरै प्रभावाकरी नभएको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण अफ्रिकामा कोरोना संक्रमित मध्ये ९० प्रतिशतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पाइएको छ । दक्षिण अफ्रिकाले एष्ट्राजेनिका–अक्सफोर्डका १० लाख डोज खोप लगाइसकेको छ । अर्को सातादेखि पुन खोप कार्यक्रम संचालन गर्ने कार्य तालिका थियो । तर सो खोप प्रभावकारी नभएपछि कार्यक्रम स्थगित गरिएको हो । थप अध्ययनको नतिजा हेरेर खोप लगाइने वा नलगाइने निर्णय हुने समाचारमा जनाइएको छ । ...
सरकारले सञ्चारकर्मीहरुलाई  कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था

सरकारले सञ्चारकर्मीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था

समाचार, स्वास्थ्य
सरकारले सञ्चारकर्मीहरुलाई पनि भोली (माघ २६) बाट कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलीबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिएका हुन् । आईतवार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यंक्रममा बोल्दै उनले नेपाल पत्रकार महासंघमा आवद्ध १३ हजार भन्दाबढि पत्रकारहरुलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ । मन्त्री गुरुङले जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई सरकारले उच्च प्राथमिकता दिएर निःशुल्क खोप लगाउने व्यवस्था गरेको बताए । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चार तथा...
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिवार निरीक्षण

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिवार निरीक्षण

समाचार, समाज
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिवार निरीक्षण गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन दमौली आउनुभएका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गरेका हुन् । आफ्नो कार्यकालमा तनहुँ जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको बताउँदै पूर्वमन्त्री पुनले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गरे । सो अवसरमा आयोजना प्रमुख अच्युत घिमिरेले पूर्वमन्त्री पुनलाई आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कम्पनीले यतिबेला काम गरिरहेको छ । सिनो हाइड्रोले विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ । प्याकेज दुईअन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसि...
चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित

चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित

माैसम
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएको छ। शुक्रबारदेखि नै वर्षा र हिमपात सुरु भएपनि शनिबार तुलनात्मक रुपमा बढी वर्षा र हिमपात भएको हो। यसैबीच उपत्यकाका आसपासका डाँडा फूलचोकी, चन्द्रगिरि, नगरकोटलगायत स्थानमा पनि हिउँ परेको छ । वर्षा र हिमपातले चिसो बढेको छ। पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाड तथा डाँडाहरुमा हल्का हिउँ परेको हो । चिसो वर्षा र हिमपातका कारण देशभर चिसो बढ्दा जनजीवन प्रभावित भएको छ। दोलखामा भने हिमपातले व्यवसायी हरु खुशी भएका छन्। उच्च हिमाली भेगमा परेको हिमपातले होटल व्यवसायी र किसान उत्साहित भएका हुन्। कोरोनाको कारण ९ महिनासम्म बन्द रहेको होटल व्यवसायी हिउँ परेपछि आन्तरिक पर्यटकहरु जिल्ला भित्रने आशामा उत्साहित भएका हुन्। त्यस्तै जिल्लामा राम्रो उत्पादन हुने आलु,...
आजबाट मौसममा क्रमिक रुपमा सुधार हुँदै जाने

आजबाट मौसममा क्रमिक रुपमा सुधार हुँदै जाने

माैसम, समाचार
केही दिनदेखि मौसममा भएको बदली आजबाट क्रमिक रुपमा सुधार हुँदै जाने मौसम विभागले जनाएको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्। यस्तै आइतबार राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको छ । भाेलि सोमबार दिउँसो – सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । त्यसैगरी राति– सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पर्सी मंगलबार दिउँसो – सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र...
बुढानिलकण्ठको छहारी भवनमा प्रधानमन्त्री केपी ओली ,सत्य घटनामा आधारित “झझल्को” विमोचन

बुढानिलकण्ठको छहारी भवनमा प्रधानमन्त्री केपी ओली ,सत्य घटनामा आधारित “झझल्को” विमोचन

समाज
माघ २२ गते प्रधानमन्त्री केपी ओलीले बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको छहारी भवनमा  सैनिक एकल महिला तथा घाइते परिवार समूहले मानवअधिकारको लागि महिला, एकल महिला समूहको कार्यालय भवनमा आयोजना गरेको कार्यक्रममा सत्य घटनामा  आधारित “झझल्को” पुस्तक विमोचन गरेका छन। द्वन्द्वमा परेका सुरक्षाकर्मी परिवारहरूकाे वास्तविक घटनामा आधारित पुस्तक  ‘झझल्को’ विमाेचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहेको छ। कार्यक्रममा बाेल्दै प्रधानमन्त्री ओलीले भने, ‘दश वर्ष लामाे द्वन्द्वमा अत्यन्तै अमानवीय तरिकाले मान्छेहरू मारेर नराम्राे काम गरियाे। महान जनयुद्घको नाम दिएर राजनीति गर्नेहरूकै कारणले हजारौं परिवार एक्लिएका छन्। सबै घाइते परिवारप्रति हामी सधैँ सँगै, हिजो पनि थियौँ, आज पनि छौँ। तिनीहरू सच्चा सहिद हुन्।’प्रधानमन्त्री ओलीले घाइते परिवारलाई सरकारका तर्फबाट रोज...
दोलखाको कालिन्चोकमा हिमपात तस्विरमा …

दोलखाको कालिन्चोकमा हिमपात तस्विरमा …

समाचार
दोलखा जिल्लाको कालिन्चोक लगायत उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ। कालिन्चोक , खरिढुङ्गा , शैलुङ लगायत उच्च हिमालि क्षेत्रमा हिमपात सुरु भएको हो। फोटो सौजन्य :हरि ओली
चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी प्रयास

चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी प्रयास

अपराध
आम हड्ताल को अघिल्लो दिन काठमाडौँको चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी भएका छन् । बिहिबार राती नवरस बचत तथा ऋण सहकार संस्था, पद्ममुखी बचत तथा ऋण सहकार संस्था र चन्द्र विनायक  ऋण सहकार संस्थामा चोरि भएको हो । चोरी भएको संस्थाहरुको भौतिक रुपमा  नजिक रहेका  छन   । सहकारी संस्थाको लकर चोरहरुले खोल्न नसके पछी उनीहरुले संस्थाको भौतिक साधन तोडफोड गरेर भागेको प्रहरीलेबताएको छ । साथै घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको जानकारी दिएको छ । ...
प्रधानमन्त्री ज्यु संघियता खारेज गर्नुस :निरुदेवी पाल

प्रधानमन्त्री ज्यु संघियता खारेज गर्नुस :निरुदेवी पाल

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेकपाकी नेता निरूदेवी पालले फेरि संघीयता खारेज गर्नुपर्ने धारणा राखेकी छन्।विघटित प्रतिनिधि सभा सांसदसमेत रहेकी पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा संघीयता सेतो हात्ती भएको उल्लेख गर्दै यसको खारेजीको मुद्दा लिएर जनतामा जान राम्रो हुने भने भन्दै प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्: सम्माननीय प्रधानज्युलाई फेरिपनी मेरो अनुरोध छ। मलाई पार्टीले कारबाही गरे पनि गरोस् कुनैदिन टिकट पाएछु र जनताले हराए छन् भने पनि ठिकै छ सहुँला तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक। प्रत्येक नेपालीको टाउकामा विदेसिको ऋण छ तसर्थ प्रधानमन्त्रीज्यु यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन मुठ्ठीभर नेता त खुसी छौं कोही मुख्यमन्त्री कोही प्रदेश मन्त्री कोही सांसद छौं। तलब भत्तामै देशको ढुकुटी नसिध्याऔं। जनताले चाहेको अधिकार...
प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री ओली

प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल-नेपाल) समूहको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  दाहाल–नेपाल समूहका कार्यकर्ताले जलाएको उक्त ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका हुन । ‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलाइयो,’उनले भने,‘धन्न चालक बचे। ट्याक्सीको बिमा गरेको छ होला। क्षतिपूर्ति सरकारले दिन्छ। जनतालाई मन पराउने सरकार छ।’ नेकपाको (प्रचण्ड-नेपाल) समूहका प्रदर्शनकारीहरूले बिहीबार काठमाडौंको सामाखुसीमा प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका थिए। ...