आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य

ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य

समाचार, समाज
ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन्। जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो। कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन्। जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताए। जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा दुई गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन्। नौ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, दुई सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन्। त्यसैगरी आठ जना डाका मुद्दा, तीन जना चोरी मुद्दा, पाँच जना लागुऔषध मुद्दा, चार जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेका छन् । त्यसैगरी दुई जना सवारी ज्यान मुद्दा, तीन जना जबर्जस्ती करणी, अपरह...
मोरक्कोमा भिषण बाढीपहिरोले २४ जनाकाे मृत्यु

मोरक्कोमा भिषण बाढीपहिरोले २४ जनाकाे मृत्यु

अन्तराष्ट्रिय, समाचार
मोरक्कोमा भिषण बाढीपहिरोले २४ जनाकाे ज्यान गएको छ। अविरल वर्षापछिकाे बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको हाे।देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि दुइ दर्जन बढी मानिसकाे मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घटनास्थलबाट उद्धारकर्मीहरूले १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् भने हराइरहेका र बाढीमा परेकाहरूकाे खोजी तथा उद्धारका प्रयासहरू जारी छ। घटनामा कमदारहरू पनि परेका छन्। तर, उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ। ...
अमेरिकामा मृत्युदण्ड हटाउनेबारे छलफल

अमेरिकामा मृत्युदण्ड हटाउनेबारे छलफल

अन्तराष्ट्रिय, समाचार
वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा मृत्युदण्ड हटाउनेबारे छलफल थालेका छन्। देशमा कोहि पनि अपराधीलाई मृत्युदण्ड नदिने घोषणा गर्नका लागि बाइडेनले कानूनविद्सँग सल्लाह सुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। गत बर्षको नोभम्बरमा राष्ट्रपतीय चुनाव जितेपछि बाइडेनले मृत्युदण्ड हटाउनेबारे आफूले पहल गर्ने बताएका थिए। अमेरिकामा मृत्युदण्डको सजाय हटे बाइडेन अमेरिकाको इतिहासमा मृत्युदण्डको विरोधमा उत्रिने पहिलो राष्ट्रपति बन्ने छन्। मृत्युदण्डको सजायको प्रावधान हटाउनको लागि हाल उनले कानूनी सल्लाह गर्न थालेका हुन। ...
नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता:प्रधानमन्त्री केपी शर्मा ओली

नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता:प्रधानमन्त्री केपी शर्मा ओली

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उहाँले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले भने, “नेपाल–भारतबीचको सम्बन्धलार्ई सुमधुर सम्बन्धमा परिणत र विस्तार गर्न हामीले नक्सा छाप्नै पथ्र्याे, भारतसँग कुरा गर्नैपथ्र्याे, वार्ताका माध्यमद्वारा हाम्रो भू–भाग फिर्ता ल्याउनैपर्छ अनिमात्रै सम्बन्ध सुमधुर हुन सक्छ, सीमा समस्या सुस्तामा छ, कञ्चनपुरमा छ ।” लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसगँ मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने

आर्थिक, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा आगामी सातादेखि कारोबार सुरु गर्ने तयारी गरेको छ । माघ १६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरी सम्बन्धित शेयरधनीहरुको डिम्याटमा जम्मा गरिसकेको शेयर सूचीकरणको प्रकृया अन्तिम चरण रहेको कम्पनीले जानकारी गराएको छ ।   यसै साताभित्र नेप्सेमा शेयर सूचीकरणको काम सम्पन्न गर्ने गरी काम अघि बढाएकाले आगामी सातादेखि कारोबार गर्न सकिने कम्पनीको भनाई छ । यस कम्पनीले धितोपत्र बजारकै इतिहासमा सबैभन्दा बढी कित्ता शेयर सर्वसाधारणमा जारी गरेको हो ।   कम्पनीले माघ २ देखि ६ गतेसम्म रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको थियो । कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्...
नेप्से लगातार उकालो लागेर हालसम्मकै उच्च विन्दुमा

नेप्से लगातार उकालो लागेर हालसम्मकै उच्च विन्दुमा

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोवार भएको छ । आज सोमवारको कारोवारपछि बजार पूँजीकरण बढेर साढे ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार  ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बीमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोवारले देखाएको छ । कारोवार भएका कूल १२ उपसमूहम...
“ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प छैन ।” मन्त्री गुरुङ

“ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प छैन ।” मन्त्री गुरुङ

समाचार, समाज
 सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्वता व्यक्त गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको छलफलका क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउनेमा जोड दिए । मन्त्री गुरुङले भने, “ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुुको विकल्प छैन ।” मन्त्री गुरुङले अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनको सञ्चालन र व्यवस्थापन गर्न सवारी चालकलाई आग्रह गर्दै सामाजिक सेवाको भावनानुसार बिरामीलाई निःशुल्क सेवा दिन पनि सवारी चालकलाई आग्रह गरे । मन्त्री गुरुङ...
पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
सोमबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ । पछिल्लो २४ घण्टामा १९४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म ९२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २० लाख ९६ हजार ७५० जनाको पीसीआर परीक्षण गरिएको छ । ...
गृहमन्त्रालयको पूर्व मन्त्रीहरु निजी सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता ल्याउन प्रहरी प्रधानकार्यालयलाई निर्देशन

गृहमन्त्रालयको पूर्व मन्त्रीहरु निजी सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता ल्याउन प्रहरी प्रधानकार्यालयलाई निर्देशन

समाचार, समाज
 गृहमन्त्रालयले पूर्व मन्त्रीहरु निजी सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई फिर्ता ल्याउन प्रहरी प्रधानकार्यालयलाई निर्देशन दिएको छ। सरकारले निर्वाचन घोषणा गरिसकेको र गृहमन्त्रालयको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि विपरित सुरक्षाकर्मी खटाएको भन्दै प्रहरी प्रधानकार्यालयलाई सो निर्देशन दिएको हो। ‘हामीलाई प्रहरी प्रधानकार्यालयको सुरक्षा महाशाखामा सामेल हुन निर्देशन दिइएको छ’, पूर्व मन्त्रीको सुरक्षामा खटिएका एक प्रहरी नायव निरीक्षक (सइ)ले भने। उनका अनुसार बाटोको म्याद राखेर ४८ घण्टाभित्र फिर्ता भई हाजिर हुन निर्देशन दिइएको हो। गृह मन्त्रालयले २०७० सालमा तयार पारेको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिले तय गरेको मापदण्डअनुसार पूर्वराष्ट्रपतिबाहेक अन्य कसैलाई पनि आजीवन सुरक्षाकर्मी दिन प्रावधान नभए पनि दर्जनौं व्यक्तिले त्यसको दुरुपयोग गरिरहेका थिए। गृहमन्त्रालय स्रोतका अनुसार सो क...
“हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौँ, हाम्रो हो’ भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ”: प्रधानमन्त्री केपी ओली

“हाम्रो भूमि हडपिएको छ, भोग चलन गर्न पाएका छैनौँ, हाम्रो हो’ भन्दासमेत गाली खानु र धम्की सुन्नुपरेको छ”: प्रधानमन्त्री केपी ओली

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक गोष्ठीमा आइतबार उनले थिचोमिचो र गुम्स्याएर नभई सत्यतथ्य, समानता, सम्मान र न्यायका आधारमा मात्र छिमेकीसँगको समन्धलाई सुमधुर र सुदृढ बनाउन सकिने बताए । प्रधानमन्त्री ओलीले भने, “नेपाल–भारतबीचको सम्बन्धलार्ई सुमधुर सम्बन्धमा परिणत र विस्तार गर्न हामीले नक्सा छाप्नै पथ्र्यो, भारतसँग कुरा गर्नैपथ्र्यो, वार्ताका माध्यमद्वारा हाम्रो भू–भाग फिर्ता ल्याउनैपर्छ अनिमात्रै सम्बन्ध सुमधुर हुन सक्छ, सीमा समस्या सुस्तामा छ, कञ्चनपुरमा छ ।” लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा तथ्य प्रमाणका आधारमा भारतसगँ मित्रतापूर्ण र खुलस्त कुराकानी गरिने बताउँदै उनले भने, “हा...