आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

(नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा

(नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रोक्का गरेको ७ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । कारोबार फुकुवा हुने कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, गुँरास लाइफ इन्स्योरेन्स, पाँचथर पाावर कम्पनी, राधी जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र नेशनल माइक्रोफाइनान्स रहेका छन् ।   नेप्सेले यी कम्पनीले नेप्सेले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम २ बमोजिम धितोपत्र बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन तथा वित्तीय विवरण तथा सूचीकरण विनीयामावली ७५ को विनियम अनुसार नेप्सेमा पेश गर्नुपर्ने विवरणहरु पेश नगरेकाले कारोबार रोक्का गरेको थियो । ति कम्पनीले कम्पनी लगइनमार्फत उल्लेखित विवरण सबैले हेर्न सक्ने गरि नेप्सेको वेबसाइटमा अपलोड गरी कारोबार फुकुवा गरिदिन आग्रह गरेकोले सोहि अनुसार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।  ...
सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने:पुष्पकमल दाहाल

सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने:पुष्पकमल दाहाल

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डले बताए । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’ प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध आज प्रचण्ड-नेपालले विरोध प्रदर्शन गरेका हुन्। ...
सोनाम लोसारको उपलक्ष्यमा गृहमन्त्रालयले यहि माघ ३० (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय

सोनाम लोसारको उपलक्ष्यमा गृहमन्त्रालयले यहि माघ ३० (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय

समाचार, समाज
सरकारले यहि माघ ३० (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोनाम लोसारको उपलक्ष्यमा गृहमन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ। सार्वजनिक बिदाको दिन सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित नेपाली नियोगहरु बन्द रहनेछन्।
नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल

नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल

आर्थिक, समाचार
नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ। अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधवार अर्थमन्त्री पौडेलसंग भेटी अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल गरेकोे नाडाले जनाएको छ । अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको बताउंदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका थिए । यस्तै नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आधिकारिक विक्रेता नभएका कम्पनीले सवारी पैठारी गरेमा त्यस्ता सवारी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिने नयाँ व्यवस्थाले उत्पादक कम्पनीको कुनै दायित्व नै नरहने अवस्था उत्पन्न भएको बताए । त्यसैगरी छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु ब...
यती एअरलाईन्स आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने

यती एअरलाईन्स आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने

आर्थिक, समाचार
निजी क्षेत्रमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाईन्सले आगामी मार्चदेखि पूर्ण क्षमतामा विमान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को बन्दाबन्दीपछि आन्तरिक उडानमा यतीले ३ वटा ‘एटीआर–७२’ र दुईवटा जेट स्ट्रिम विमानमार्फत उडान सञ्चालन गर्दै आएको यतीले आगामी मार्चदेखि पाँचैवटै एटिआर विमानलाई पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको हो । एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यतीको बजार हिस्सा कायम राख्दै आगामी दिनमा बजारलाई थप विस्तार गर्दै लैजान लागिएको जानकारी दिए । “यती एअरलाइन्स प्रति यात्रुको विश्वास कायम राख्दै उडान सेवा र सञ्जाल विस्तार गर्न हामीले चाँडै नै ‘एटीआर–७२’ विमानसमेत थप गर्न लागेका छौँ ”–प्रवक्ता बर्तौलाले भने । यो संगै यती संग ६ वटा एटीआर–७२ र ५ वटा जेट स्ट्रिम विमान हुनेछ । पूर्ण क्षमतामा सञ्चालन गर्न लागेको यतीले दैनिक पोखरा ७, विराटनगर ...
विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भए

विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भए

अन्तराष्ट्रिय, समाचार
 विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सात करोड ९२ लाख ७६ हजार पाँच सय ४५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १० करोड ७३ लाख ७६ हजार चार सय ५६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २३ लाख ४८ हजार ६ सय ८४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५६ लाख तीन हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ७६ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७९ हजार तीन सय ८७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड आठ लाख ५८ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड पाँच लाख ५९ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट...
वर्तमान र भूपू भीआईपीहरूको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर व्यापक कटौती

वर्तमान र भूपू भीआईपीहरूको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर व्यापक कटौती

समाचार, समाज
काठमाडाैं। २०६२/६३ को जनआन्दोलनपछि वर्तमान र भूपू भीआईपीहरूको नाममा राज्यको तर्फबाट उपलब्ध गराइँदै आएको सुरक्षा फौजलाई अब हुने चुनावी खपतका निम्ति भन्दै कार्यविधि नै संशोधन गरेर सरकारले व्यापक कटौती गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अरुका हकमा नयाँ कार्यविधिबमोजिम कर्मचारी खटाई बाँकीलाई फागुन २ गते १२ बजेभित्र आ–आफ्नो मुख्यालयमा हाजिर हुन निर्देशनसमेत जारी गरिएको छ । यही मेसोमा अनेक काण्ड लागेका पूर्व अख्तियारप्रमुखद्वय लोकमानसिंह कार्की र दीप बस्न्यातको सुरक्षासमेत खोस्न लागिएको हो । यसअघि विशिष्ट व्यक्तिहरूको सुरक्षार्थ ६२९ जना सशस्त्र प्रहरी खटिएकोमा २६ जना फिर्ता भइसकेका छन् भने नयाँ नियमअनुसार ३२० जनालाई आज–भोलि नै फर्काइँदैछ । पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनमा बेस रहने गरी डिएसपीको कमाण्डमा ४० जनाको पल्टन र क्लोज प्रोटेक्सनका निम्ति डिएसपीकै कमाण्डमा थप ५० जनाको अर्को ...
राष्ट्रपति विद्यादेवी भण्डारीको गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीको गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

समाचार, समाज
राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहेकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले आयोगलाई पहल लिन आग्रह गरेकी हुन् । गत पुस ६ गतेदेखि गङ्गामाया अनसन बसिरहेकी छन् । उनको स्वास्थ अवस्था जटिल बन्दै गएकाले आयोगले तत्काल पहल गरी उनको जीवन बचाउन पहल गर्न राष्ट्रपतिले आयोगका पदाधिकारीलाई आग्रह गरिन् । राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्या...
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना

माैसम, समाचार
 अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती वाग्मती, गण्डकी, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदली रहनेछ । वाग्मती, गण्डकी र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मध्य र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । ...
नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन, २ लाखभन्दा बढी सहभागी हुने दाबी

नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन, २ लाखभन्दा बढी सहभागी हुने दाबी

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।प्रतिनिधिसभा विघटनविरुद्धमा दाहाल–नेपाल समूहले यसअघि गत ९ गते पनि काठमाडौंमा प्रदर्शन गरेको थियो भने २२ गते देशव्यापी आमहड्ताल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै लगातार विरोधका कार्यक्रम गर्दै आएको दाहाल–नेपाल समूहले भृकुटीमण्डपमा विरोधसभा गर्न लागेको हो । दिउँसो १२ बजे विरोधसभा गर्नुअघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् । यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र म...