आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन दिएको हो ।  सोमबार मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ । तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसा...
हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन

हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन

आर्थिक, समाचार
कोभिड–१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो । कोरोना सङ्क्रमणले देश लकडाउन भएका बेला सुनसान भएको रसुवाको पर्यटकीय क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको आगमनसँगै हिमाली प्रकृति छटा अवलोकनका लागि बढ्न सक्ने पर्यटकको चापलाई मध्यनजर राख्दै गुणस्तरीय सेवा दिन होटल तथा लजको सुदृढीकरण गर्ने कार्य सम्पन्न भइसकेको पर्यटन व्यवसायीले बताएका छन् ।   रसुवा जिल्लाको लाङटाङलगायत तामाङ सम्पदा मार्ग, गोसाइँकुण्ड धार्मिक एवं हेलम्बु, ठाडेपाटी क्षेत्रका पदमार्गमा अवस्थित होटल तथा लजमा समेत आवश्यक तयारी पूरा भएको होटल व्यवस्थापन समितिले जनाएको छ । गत मङ्सिरदेखिनै कोरोनाको प्रभाव शून्यमा झरेको र खोप लगाउने कार्यसमेत...
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने

बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने

समाचार, समाज
बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने छ । खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः...
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)  मोनाकोसँग २-० गोल अन्तरले पराजित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग २-० गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतवार राति भएको खेलमा पीएसजी मोनाकोसँग २-० गोल अन्तरले पराजित भएको हो । मोनाकोले पीएसजीलाई उसैको मैदानमा पराजित भएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए । जितसँगै मोनाको लिगको चौंथो स्थानमा उक्लिएको छ । मोनाकोले २६ खेलमा ५२ अंक जोडेको छ । पीएसजी भने तेस्रो स्थानमा झरेको छ । पीएसजीले ५४ अंक जोडेको छ । शीर्ष स्थानको लिलको ५८ र दोस्रो स्थानको लियोनको ५५ अंक रहेको छ । एजेन्सी ...
सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित

सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित

समाचार, समाज
 सात सय ५३ वटै स्थानीय सरकारलाई नागरिकलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउन योजना बनाउन प्रेरित गर्न थालिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका विज्ञ डा रञ्जित ओझा संयुक्त राष्ट्र सङ्घले निर्धारण गरेको दिगो विकासका लक्ष्यलाई हासिल गर्ने गरी राष्ट्रिय कार्यक्रमअनुरुप कार्यक्रम बनाएर देशभर कार्यान्वयनमा लैजान प्रेरित गर्न लागिएको बताउछन्। नेपालको संविधानले खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको छ। पालिकाभित्रका हरेक बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय पानी भएकाले यस क्षेत्रमा स्थानीय सरकारलाई नै जिम्मेवार बनाउने ढङ्गले कार्यक्रम तयार गरिएको उनले बताए। खानेपानी र सरसफाइको सुविधा सर्वव्यापी, न्यायोचित र पहुँचयोग्य बनाउन स्थानीय सरकारलाई सक्षम बनाउन खानेपानी मन्त्रालय, विभाग र खानेपानी तथा सरसफाइको क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा ग...
जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर  विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने

जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने

अन्तराष्ट्रिय, समाचार
लण्डन । विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् । यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको यस बैठकमा सहभागी भएका जि ७ का नेताहरुको सो धारणा शुक्रवार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ । जि ७ द्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ– जि ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अ...
मालपोत कार्यालयका प्रमुखसहित २ जना ६ लाख रुपैयाँ घुससहित पक्राउ

मालपोत कार्यालयका प्रमुखसहित २ जना ६ लाख रुपैयाँ घुससहित पक्राउ

अपराध, समाचार
 बारास्थित मालपोत कार्यालयका प्रमुखसहित २ जना ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारास्थित मालपोत कार्यालयका प्रमुख (नायव सुब्बा) मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद धिताल छन् । पूर्वसूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । घुस लिइसकेको अवस्थामा दुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए । रिमालका अनुसार उनीहरुले जग्गा खरिद गर्न लागेका व्यक्तिले उक्त जग्गा श्रम विभागबाट रोक्का रहेको र आफूहरुले उक्त जग्गा फुकाइदिने भन्दै घुस रकम माग गरेका थिए । जग्गा पास गर्न जाँदा घुस रकम माग गरिएको भन्न...
विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार, अब सरकारले प्रतिबन्ध हटाउने

विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार, अब सरकारले प्रतिबन्ध हटाउने

राजनीति, समाचार
 नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले केहिदिन अघि वैकल्पिक संयुक्त सरकार र जनमतसंग्रहको प्रस्ताव गरेको थियो। नेकपा महासचिव विप्लवले वर्तमान संकट समाधानको लागि सो प्रस्ताव अगाडि सारेका थिए। सो प्रस्ताव गरेको एक हप्तामै विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ताका लागि तयार भएको छ। फागुन १ गते जनयुद्ध दिवसको अवसरमा महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै बैकल्पिक संयुक्त सरकार र वैज्ञानिक समाजवाद या पुँजीवाद भन्नेबारे जनमत संग्रहको प्रस्ताव गरेका थिए। महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार भएको बताएका छन्। विप्लवले वार्ताका लागि तयार रहेको लिखित विज्ञप्ति जारी गरेसँगै सरकारले अब प्रतिबन्ध हटाउने भएको छ। सम्भवतः अबको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने छ। साथै सो पार्टीसँग वार्ता गर्न सरकारले समिति बनाउने छ। ...
थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १३६ जना निको भए

थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १३६ जना निको भए

समाचार, स्वास्थ्य
 शनिबार थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५३५ रहेको छ । पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ७५५ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका काराण शुन्य मृत्यु भएको छ । यस्तै, हालसम्म ७१ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ३६ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
नेप्से आज २५.२३ अंकले  बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा, ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार

नेप्से आज २५.२३ अंकले बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा, ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ । बुधबार ९.९४ अंकले बढेर दुई हजार ६ सय ११ दशमलब ४५ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज २५.२३ अंकले नेप्से बढेर दुई हजार छ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको छ भने ८ अर्ब ७६ करोड २१ लाख बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ३ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ८ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।     आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श, कर्णाली डेभलपमेन्ट बैंक, एभरेस्ट ैंक, बेस्ट फाइनान्स कम्पनी, सिभिल बैंक, समृद्धी फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् ।   ...