आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न  (स्टार) चिन्ह निर्धारण गर्ने

सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न (स्टार) चिन्ह निर्धारण गर्ने

आर्थिक, समाचार
सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ। होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए। संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ । यस्तो संकेत चिन्न निस्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल/रिसोर्टको बनौट अनुस...
सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल

सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल

खेलकुद, समाचार
नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल भएका छन्। बिहीबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन्। चेन्नाईमा जारी अक्सनको पहिलो चरणमा सन्दीपलाई कुनैपनि क्लबले भाउ लगाएनन्। यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो। सन्दीप पहिलो पटक सन् २०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए। त्यतिबेला उनी २० लाख भारुमा आबद्ध भएका थिए। सन्दीपले दिल्लीबाट तीन सिजन खेल्दै ९ खेलमा १३ विकेट लिएका थिए। आइपिएलका लागि अहिलेसम्मको लिलामीमा राजस्थान रोयल्सले क्रिस मोरिसलाई भारु १६.२५ करोड (२६ करोड नेपाली रुपैयाँ) तिरेर किनेको छ। उनी आईपीएलको इतिहासमै अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी हुन्। उनीपछि ग्लेन म्याक्सवेललाई भारु १४.२५ करोड भारतीय र...
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार  पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश जारी

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश जारी

समाचार, समाज
 पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालप्रति स्वामित्वको दावी गर्दै नेपालु जनता राजाको सहमतिबाट खडा भएको बताएका छन्। उनले त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै हुने बताएका छन्। ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र प्राप्तिको सत्तरी बर्षपछि आएर जनताको आस्था चाहना र जनभावना अमिर रहने र यसलाई मेटेर नमेटिन तथा बटारेर नबटारिने बताएका छन्। प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणलीमात्र नभई जनताको सामाजिक जीवनपद्धति पनि भएकाले नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीले मात्र प्रजातन्त्रको प्राण रहने उनको बुझाइ छ। यसमा राष्ट्रको प्रतिष्ठा बढाउन कति समर्थ भएका छौं भन्नका लागि मातृभूमिको माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने उनले उल्लेख गरेका छन्। उनले प्रजातन्त्रप्राप्तिका लागि योगदान पुर्याउनेहरुलाई न...
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ दिँदै स्वयं उपस्थित

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ दिँदै स्वयं उपस्थित

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएका छन् । बिहीवार अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको बताउएका छन् । प्रधानमन्त्री ओली आज आफैँ अदालतमा उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दामा बुझाएको लिखित जवाफमा भनिएको छ, “सम्मानित अदालतको स्वतन्त्रता तथा न्यायिक निष्पष्क्षता तथा विधिको शासन कायम राख्नुपर्छ भन्ने पक्षमा पहल गरेको थिएँ, म पदमा हुँदा वा नहुँदा न्यायपालिकाको स्वतन्त्रता र गरिमाको पक्षमा दृढताका साथ उभिइरहेको छु र रहने छु ।” लिखित जवाफमा न्यायपालिकाको स्वतन्त्रता, विधिको शासनका पक्षमा दशकौँ लडी संवैधानिक विधि र कानूनी प्रक्रियाबाटै मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भई कार्य गरिरहेको राजनीतिक व्यक्तिबाट अदालतको अवहेलना हुने कार्य भएको भनी दायर निवेदन नै अनुचित ...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा  नेपाल आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगम घेराउ

समाचार, समाज
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड – नेपाल पक्ष निकट अनेरास्ववियूले आज बिहिवार नेपाल आयल निगम घेराउ गरेको छ । निगमले एक साताको बीचमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि विरोधमा अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउसहित मूल्य वृद्धि फिर्ता लिन प्रदर्शन गरेको हो । विद्यार्थीहरुले ‘मूल्य वृद्धि फिर्ता गर, निगमको आयव्यय पारदर्शी गर, चुहावट नियन्त्रण गर, पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत कायम गर’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । निगमले यो सातामात्रै माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्ववृद्धि गरेको छ । ...
नेप्से आज ९.९४ अंकले  बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा

नेप्से आज ९.९४ अंकले बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले बढेको छ । मंगलबार १५.५० अंकले बढेर दुई हजार ६ सय एक दशमलब ११ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज ९.९४ अंकले नेप्से बढेर दुई हजार छ सय ११ दशमलब ४५ विन्दुमा पुगेको छ भने ८ अर्ब ३ करोड ५५ लाख बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।   ...
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण प्रभावित भएका ऋणीलाई ऋण पुर्नतालिकीकरण गर्न समय थप गरेको छ । राष्ट्र बैंकको यस्तो व्यवस्थाले पिडामा परेका आम ऋणीलाई राहत पुगेको छ । राष्ट्र बैंकले हालै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विषेशष्तः पर्यटन क्षेत्रका उद्योग व्यवसायहरुका लागि राहत उपलब्ध गराएको छ । प्रयाप्त मात्रामा पर्यटन क्षेत्र अझै संचालन हुन नसकेकाले यस क्षेत्रले अझै लय लिन सकेको छैन । त्यसैले राष्ट्र बैंकले यस क्षेत्रको थप राहतका लागि २०७८ साल असार मसान्तसम्मका लागि लागि पुनर्तालिकीकरण गर्ने सुविधा उपलब्ध गराएको हो । पुनर्तालिकीकरण गर्दा ऋणीले कुल ब्याज बक्यौताको ५ प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि कुल ब्याज बक्यौताको १० प्रतिशत ब्याज भुक्तान गरेको हुनुपर्ने व्यवस...
थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बुधबार ३ हजार ८३८ पीसीआर परिक्षण गर्दा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ । पछिल्लो २४ घण्टामा ९१जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ रहेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएन। यस्तै, हालसम्म ७२ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख २७ हजार ७८९ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने प्रतिशत ९८ दशमलव ७ रहेको छ । ...
संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने:सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ

संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने:सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ

समाचार, समाज
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, बिसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नु तर्फ रहेको बताएका हुन। पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहिन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनको भनाई छ। संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति आफुले सम्मान गर्ने भन्दै उहाँले सरकारले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको भन्दै शंका नगर्न पनि उनले आग्रह गरे। मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफुले ध्यान दिएको बताए।...
भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता

भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता

अपराध, समाचार
भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की भागरथी भट्टको २१ माघ दिउँसो लवलेकको सुनसान जंगलमा बलात्कारपछि हत्या भएको थियो । हत्या अभियोगमा भागरथीकै छिमेकी दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीका अनुसार पक्राउ परेका भट्ट गाँजा सेवनकर्ता रहेको खुलेको छ । ‘कहिलेकाहीँ खाने भनेर उसले हामीलाई बताएको छ,’ उनले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’ निर्जन जंगलको बीचमा पुगेपछि भागरथीलाई दिनेशले जबर्जस्ती गर्न खोजेका थिए । भागरथीले चिच्याएर प्रतिकार गरेपछि उनले भागरथीलाई धकेलिदिएका थिए । डिलमुनि लडेपछि प्रतिकार गर्न नसकेकी भागरथीलाई बलात्कारपछि भट्टले घाँटी थिचेर मारेको प्रहरी...