आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको:उपराष्ट्रपति नन्दबहादुर पुन

संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको:उपराष्ट्रपति नन्दबहादुर पुन

राजनीति, समाचार
उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघको २६ औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले संसद भंग गरेर सही नगरेको बताए । ‘संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ । यसले राजनीतिलाई सही दिशामा लैजाँदैन’ उनले भने । संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने बताए । पत्रकार महासंघसँगै पूर्वप्रधानन्यायाधीशहरुले समेत संसद विघटन असंवैधानिक भनेको भन्दै उनले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन संसद पुनःस्थापना हुनुपर्ने बताए । ...
सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ

सपना रोका मगरलाई दुर्व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ

अपराध, समाचार
विश्वको प्रभावशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सपनाले विनयजङ्ग बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध गत शुक्रवार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिईन् । मगरको किटानी जाहेरी दिएको उपर काठमाडौं जिल्ला अदालतले विनयजंग बस्नेतविरुद्ध आइतवार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले आज (मंगलवार) केहिबेर अघि बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बेवारिसे शव जलाउने किशोरी सपनालाई बीबीसीले यस वर्ष विश्वको १०० प्रभावशाली महिलाको सूचीमा राखेको थियो । उनीसँगै शव जलाउने बस्नेतले सपना लाई छोरीका रुपमा चिनाउँदै आएका थिए । ‘जन्म दिने बाबुआमा अरु नै भएपनि म सपनाको कर्म दिने बुबा हुँ’ भन्दै विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका बस्नेतले सपनामाथि पटकपटक ...
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा ‘एमिकस क्यूरी’ले राय दिन शुरु गर्यो

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा ‘एमिकस क्यूरी’ले राय दिन शुरु गर्यो

समाचार
प्रतिनिधिसभा विघटनविरुद्धकच मुद्दामा आजदेखि अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी(एमिकस क्युरी( बाट राय लिन काम शुरु भएको छ । पाँच जना एमिकस क्युरीमध्येबाट पहिलो राय प्रस्तुत पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गरे । उनले विघटनविरुद्ध परेको रिट निवेदनमा पक्ष र विपक्ष दुवैलाई समेटेर मध्यमार्गी धारबाट राय प्रस्तुत गरे । नेपालको संविधानमा स्पष्टरूपमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभए पनि राजनीतिक अधिकार कार्यकारीलाई हुने राय दिए । “संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छ, संविधानको धारा ६७ ९७० को साइलेन्स बसेको छ”, उनले थपे, “संविधानको धारा ७६ ९१० ले विघटन गर्न पाउने अधिकार छ ।” उहाँले विघटनको अधिकार कार्यकारी प्रमुखसँग हुने तर्क राख्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विघटन गर्न पाउने स्पष्ट व्यवस्था भएको इजलाससमक्ष राय प्रस्त...

चार गाउँपालिकाका १० हजार मतदाता मतदानबाट बञ्चित हुँदै

समाचार
आउँदो वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करीब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट बञ्चित हुने भएका छन्। विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिएका व्यक्तिको मतदाता सूचीमा नाम अद्यावधि हुन नसक्दा करीब १० हजार व्यक्ति मतदान गर्नबाट बञ्चित हुने सम्बन्धित गाउँपालिकाका पदाधिकारीको भनाइ छ।  पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी तथा ठोरी गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता प्राप्त गरे पनि मतदाता सूचीमा नाम आउन नसकेपछि तिनीहरुले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत खसाल्नबाट बञ्चित हुने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले बताए।  विसं २०७४ को मतदाता सूची अनुसार पटेर्वासुगौलीमा ११ हजार ७६०, ठोरीमा ११ हजार ६८५, जगरनाथपुरमा १५ हजार ५...
चितवन राष्ट्रिय निकुञ्जमा तीस वर्षको भाले गैँडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा तीस वर्षको भाले गैँडा मृत भेटियो

समाचार
चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । गैँडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । गैँडा बुढो भएर मरेको अनुमान गरिएको उनले बताए । निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । तीमध्ये चार वटा चोरी शिकारले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४५ गैँडा छन् तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा छन् । यस वर्ष गैँडाको गणना गर्ने तयारी गरिएको छ । ...
भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

अपराध
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । भागरथी बेपत्ता भएको दिन उनी बैतडीको खोचलेक बजारमा थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी अनुसन्धान बाट खुलेको छ । भागरथी मृत फेला परेको दिनदेखि भने उनले बैतडी छाडेका देखिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो । भागरथीको मोबाइलको ब्याट्री फेला परे देखिनै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । पछिल्लो समय उनी वनबासा नाका हुँदै भारत जान...
आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी  मनाइँदै

आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै

शिक्षा, समाचार
आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । बसन्त पञ्चमी भनेर समेत चिनिने यो पर्व प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाउने गरिन्छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास रहिआएको छ । चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले...
आज फागुन ४ गते मंगलबारको  राशिफल

आज फागुन ४ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष – प्रयासरत काममा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउन हुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । जोखिममा नपर्नु बेस रहला । बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ । मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश...
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको प्रि अलोटमेण्ट फागुन ४ गते

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको प्रि अलोटमेण्ट फागुन ४ गते

आर्थिक, समाचार
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको प्रि अलोटमेण्ट फागुन ४ गते हुने भएको छ । विक्री प्रबन्धक बिओके क्यापिटलले शुक्रबार अन्तिम बाँडफाँट गर्ने तयारी स्वरुप मंगलवार प्रि अलोटमेण्ट गर्न लागेको हो । कम्पनीको आईपीओमा १३ लाख ३७ हजार ९४२ जनाको आवेदन परेको छ । यी आवेदकहरुबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ताको लागि खरिद आवेदन परेको हो । जुन मागभन्दा ७ दशमलव ३७ गुणा बढी हो ।       कम्पनीले माघ २३ गतेदेखि सर्बसाधरणको लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सार्वजनिक निष्कासन गरेको थियोे । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर ३४ लाख ९६ हजार ४०० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।        कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र...
नेप्से आज ९२.४२ अंकले  बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा

नेप्से आज ९२.४२ अंकले बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । आइतबार ३३.३३ अंकले घटेको शेयर बजार आज कारोबार शुरु भएदेखि नै उछाल आएको हो ।    नेप्सेका अनुसार आज ९२.४२ अंकले नेप्से बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ माघ २७ गते मंगलबार नेप्से ३७ अंकले बढेर दुई हजार पाँच सय ८५ दशमलब १५ विन्दुमा पुगेको थियो ।    त्यस्तै, नेप्सेमा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ भने आज कारोबार भएका सबै समूहहरुमा हरियाली छाएको छ । आज कारोबार भएका ४२ भन्दा बढी कम्पनीको शेयर मूल्य सर्बाधिक बढेका छन् ।  आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले पूँजीबजारमा बाधा पर्ने कुनै विषय सम्बोधन नभएकाले लगानीकर्ताहरु उत्साहित भएर लगानी गरेको देखिन्छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले लघुवित्त कम्पनीहरु...