आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि:प्रधानमन्त्री केपी शर्मा ओली

ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि:प्रधानमन्त्री केपी शर्मा ओली

राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उहाँले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, “संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि हो । यो कदम हाम्रो लोकतान्त्रिक प्रणालीलाई ‘समीकरण र गठबन्धन’को फोहोरी खेलबाट मुक्त गर्न चालिएको ‘बाध्यात्मक तर आवश्यक’ र अहिलेको लागि ‘अपरिहार्य’ कदम हो ।” सरकार सञ्चालनका लागि जनतालाई फेरि एकपटक आपूmले रुचाएको दलको छनोट गर्ने मौका मिलेको बताउँदै उनले भ...
सिंहदरबारको पुनर्निर्माण सम्पन्न, प्रधानमन्त्री केपी ओलीबाट आज उ्दघाटन

सिंहदरबारको पुनर्निर्माण सम्पन्न, प्रधानमन्त्री केपी ओलीबाट आज उ्दघाटन

समाचार, समाज
 विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनर्निर्माण गरिएको बताए । “हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनर्निर्माण गरेका छौँ, अन्तर्राष्ट्रियस्तरको ...
थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
सोमबार ३ हजार ५४१ पीसीआर परिक्षण गर्दा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ । पछिल्लो २४ घण्टामा १४४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै, हालसम्म ७९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख २० हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएको छ । ...

ओली सरकारका तीन वर्ष : आत्मघाती अहंले गुम्यो ऐतिहासिक अवसर

समाचार
सुशासनको वाचा र वास्तविकता १. स्वास्थ्य महामारीका वेला उजागर भयो भ्रष्टाचारको महामारी अंग्रेजी वर्ष २०२० को सुरुवातसँगै विश्वव्यापी रूपमा फैलिएको कोरोना प्रकोपले शक्तिराष्ट्र पनि थला परे । तर, नेपालका यो महामारी नियन्त्रण गर्न भएको स्वास्थ्य सामग्री खरिद प्रकरणले नेपालका व्याप्त भ्रष्टाचारको महामारीलाई पनि उजागर बनायो । महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदका लागि दुई महिनाअघि नै सुरु भएको प्रक्रिया रद्द गरेर सरकारले १४ चैतमा ओम्नी बिजनेस इन्टरनेसनल (ओबिसिआई)लाई सीधै एक अर्ब २५ करोडको ठेक्का दिएको थियो  । सार्वजनिक खरिद नियमावलीअनुसार प्रतिस्पर्धा गराउनुपर्नेमा सप्लायर कम्पनीसँग वार्ता गरेर यति ठूलो खरिद सम्झौता भएको थियो । तर, यो विषयमा सञ्चारमाध्यले पर्दाफास गरेपछि तीन दिनभित्र निर्धारित सामग्री नल्याएको भन्दै सरकारले ठेक्का सम्झौता रद्द गरेको हो । २....
वासिङ मेसिनमा च्यापिएर महिलाको मृत्यु

वासिङ मेसिनमा च्यापिएर महिलाको मृत्यु

समाचार
भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ चुनदेवीमा वासिङ मेसिनमा च्यापिएर एक महिलाको ज्यान गएको छ ।सूर्यविनायक–५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा कार्यरत ३८ वर्षीया कमला केसीको वासिङ मेसिनमा च्यापिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दीपक गिरीले जानकारी दिएका छन् । दोलखा भिमेश्वर नगरपालिका–९ लाकुरीडाँडा घर भई हाल भक्तपुर बस्ने केसी काम गर्ने क्रममा आइतबार अचानक वासिङ मेसिन भित्र घुम्ने फलामको रडमा च्यापिएकी थिइन् । प्रहरीका अनुसार कम्पनीका सञ्चालक साजन पराजुलीले बेहोस अवस्थामा केसीलाई फेला पारेपछि उपचारको लागि मध्यपुर अस्पताल ठिमी पुर्‍याएका थिए । अस्पतालका चिकित्सकले केसीलाई मृत घोषण गरेका थिए । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । ...
पहाडी भेगमा बर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

पहाडी भेगमा बर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

माैसम
नेपालभर पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव अझै एक–दुई दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । थोरै स्थानमा हल्का वर्षा र केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् । ‘काठमाडौंमा २–३ बजेपछि फाट्टफुट्ट वर्षाको सम्भावना छ । यो निरन्तर वा बेलाबेलामा हुँदैन । छोटो समय मात्र हुन्छ’, उनले भनिन्, ‘भिजाउने खालको पनि वर्षा हुँदैन ।’ उनले आज देशका सबैजसो हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको बताइन् । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ । आज बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको मौसमव...
अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

समाचार
महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन । उपत्यकाको ट्राफिक व्यवस्थापन कार्यलाई चुस्त, वैज्ञानिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग सकारात्मक हुने अपेक्षा गरिएको छ । ‘सडकचोकमा ट्राफिक जनशक्ति थुपारेर होइन अब प्रविधिबाटै काम हुने छ’, महाशाखा प्रमुख जनकराज भट्टराईले भने । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्य समन्वयबाट क्रमशः प्रविधिको उच्चतम प्रयोगसम्बन्धी अभ्यास भइरहेको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईका अनुसार ट्राफिकसम्बन्धी सेवाहरू प्रविधिमैत्री भइसकेका छन् । ट्राफिक कारबाहीसम्बन्धी जरिवाना, सवारी साधन हराएको वा चोरी भएको ...
म्यानमारका सडकमा सेनाको बख्तरबन्द, इन्टरनेट काटियो, सैन्य दमन नगर्न चेतावनी

म्यानमारका सडकमा सेनाको बख्तरबन्द, इन्टरनेट काटियो, सैन्य दमन नगर्न चेतावनी

अन्तराष्ट्रिय
म्यानमारमा सेनाको कदम विरुद्ध पछिल्ला दिनहरुमा लगातार प्रदर्शन भइरहेका छन् । सैनिक सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्दै हजारौं वर्मेली नागरिकले दिनहुँ विरोध प्रदर्शनलाई जारी राखेका छन् । गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्दै फ्रेब्रुअरी १ मा म्यानमारमा सेनाले देशको शासन आफ्नो हातमा लिएको छ । निर्वाचनमा आङ साङ सूचीको नेसनल लीग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो । सैन्य कूसँगै नेतृ सुचीसहित एनएलडीका विभिन्न नेता पनि सेनाको नियन्त्रणमा रहेका छन् । लगातार नौ दिनदेखि जारी विरोध प्रदर्शनहरुलाई दबाउन सेनाले ठूलो संख्यामा आफ्नो शक्ति परिचालन गरेको बीबीसीले जनाएको छ । रातको समयमा निषेधाज्ञा जारी गरेपनि त्यसको उल्लंघन गर्दै सर्वसाधारण सेनाको कदमको विरोधमा सडकमा उत्रिएका हुन् । विरोधका गतिविधि नियन्त्रणमा लिने सेनाले रातको समयमा इन्टरनेट ...
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

समाचार
कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।केही दिनदेखि नेपालमा राजनीतिक उतारचढावका साथै खुलेआमरुपमा मानिसहरु जुलुस, आमसभा, विरोधका कार्यक्रम लिएर सडकमा उत्रिएसँगै कोरोना परीक्षणमा कमी आएको र परीक्षण गरेका न्यून संख्यामा कोरोना पुष्टि हुनुलाई कोरोना निर्मूल भएको सम्झन नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कोरोना संक्रमितको संख्या शून्यमा नझरेसम्म उत्तिकै चुनौती रहिरहन्छ । यस्तो अवस्थामा अझ संक्रमितको पहिचानका लागि ठूलो संख्यामा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।भाइरस पु...
भागरथीका आमालाई काँग्रेसको सहयोग

भागरथीका आमालाई काँग्रेसको सहयोग

समाचार
नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको हत्याको यथार्थ बुझ्न पठाइएका केन्द्रीय सदस्य रमेश लेखकले आज घटनाको बारेमा स्थलगत अवलोकन गरेका छन् । उनले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिएका छन् । पूर्वमन्त्री रमेश लेखकले भागरथीका परिवारसँग घरमै पुगेर भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए । सो अवसरमा कांग्रेसले मृतकका आमा द्रोपती भट्टलाई रु दुई लाख नगद सहयोग प्रदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमालाई हस्तान्तरण गरेका हुन् । नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिएका थिए । डीआइजी सुवेदीले अनुसन्धान साघुरिँदै गएकोले छिट्टै दोषी प...