सोमबार ३ हजार ५४१ पीसीआर परिक्षण गर्दा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५५ पुगेको छ । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

यस्तै, हालसम्म ७९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख २० हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here