आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आज फागुन ३ गते सोमबार,  दैनिक राशिफल

आज फागुन ३ गते सोमबार, दैनिक राशिफल

राशिफल
मेष – दौडधुप जारी रहनेछ । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । वस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ । बृष – सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ । मिथुन – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ । ...
भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, अनुसन्धान नै भएन

भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, अनुसन्धान नै भएन

समाचार
दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै भएको पाइएको छ । गुपचुप राखिने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको खबर कान्तिपुर दैनिकमा छ । ‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारवाही गरेको भए भागरथीको बलात्कापछि हत्या घटना हुँदैन थियो कि’,’ स्थानीयले भने, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’ अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने गाउँमा रहेको उनको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्दा भनेर स्थानीयले बोल्न नचाहेको उनले बताए । डीआईजी उत्तम सुवेदीले भने, ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भइसक...
सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन

सामाजिक सुरक्षा योजनाको कार्यविधि संशोधन

समाचार
सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गरेको छ। सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार सामाजिक सुरक्षाको विश्वव्यापी आधारभूत मान्यताका साथै रोजगारदाता तथा श्रमिकहरूले उठाउँदै आएका माग, चाहाना र आकांक्षाहरूलाई सम्बोधन गर्ने उद्देश्यले त्रिपक्षीय छलफल, अन्तर्किया र सहकार्यका माध्यमबाट कार्यविधिको दोश्रो संशोधन गरिएको हो।उनका अनुसार मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ (दोश्रो संशोधन) स्वीकृत गरेसँगै कार्यान्वयनमा आएको छ। दोस्रो संशोधनले विगतको कोषलाई परिमार्जन गरी धेरै विषय समेटिएको कोषले जनाएको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई थप स्पष्ट बनाइएको कोषले जनाएको छ। त्यसैगरी नयाँ संशोधनमा कोषले अस...
हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

अन्तराष्ट्रिय
भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । “कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वेटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,” प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उनीहरूको शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अङ्ग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अङ्गहरू भेटिएका हुन् । घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । हिमपहिरोका कारण अरु झण्डै १५० जना अझै पनि हराइरहेको जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । उत...
माधवनारायणका ब्रतालु पनौतीमा

माधवनारायणका ब्रतालु पनौतीमा

समाचार
पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका बर्तालु माधवनारायण भगवानसहित काभ्रेपलाञ्चोक जिल्लाको सांस्कृतिक शहर पनौती पुगेका छन् । प्रत्येक वर्ष माघशुक्ल तृतीयाका दिन माधवनारायण व्रत बसेका ब्रतालु शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको शाली नदीबाट पनौती जाने प्राचीनकालदेखिको परम्परा रहेकोे छ । दिउँसो पनौती हिँडेका ब्रतालु भक्तपुर हुँदै काभ्रेपलाञ्चोकको पनौती पुगेका हुन् । माधवनारायणको यो दोस्रो तीर्थयात्रा हो । तृतीयाको बेलुकी पनौती पुगेका ब्रतालुले माघ शुक्ल चतुर्थीको बिहान त्रिवेणी घाटमा स्नान गरी व्रत पूजा गर्ने विधि रहेको छ । स्नान र पूजा सकिएपछि माधवनारायण भगवान्लाई लिएर सांस्कृतिक शहर पनौती परिक्रमा गरी चतुर्थीको दिउँसोको भोजन बनेपाको भोखुसीमा गरिन्छ । यसअघि माघकृष्ण चतुर्दशीको दिउँसो शाली नदीबाट पशुपति, दक्षिणकाली नगरपालिकाको शेषनारायण मन्दिरमा पनि माधवनारायणका बर्तालुले त...

अफगानिस्तानमा रक्षामन्त्रीका चालक र छोराको हत्या

अन्तराष्ट्रिय
अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रवार हत्या भएको हो । राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा उनीहरुको हत्या भएको अधिकारीहरुले जनाएका छन् । देशका शान्ति स्थापनाका लागि प्रयासहरु भइरहेका बेला दर्दनाक हिंसात्मक घटनाहरु पनि भइरहेका हुन् । घटनाका बारेमा अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरुले बताएका छन् । लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरु भइरहे पनि सफलता मिल्न सकेको छैन । ...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बुधवार बस्ने

राजनीति
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक फागुन ५ गते बुधवार बस्ने भएको छ ।बुधवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय साने्पामा बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरेका छन् । ...
प्रणय दिवसमा डीआरको ‘कफी लभ’

प्रणय दिवसमा डीआरको ‘कफी लभ’

समाचार
गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका गीतकार डा. डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले उपन्यास संयुक्त रुपमा विमोचन गरे । उपन्यासमा भारतको देहरादुनको दुन विश्वविद्यालयमा पढ्दै गरेका पाँच नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा भएका विभिन्न घटना र उनीहरुको आपसी प्रेमलाई प्रस्तुत गरिएको छ । कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्थालाई उपन्यासले छर्लङ्ग पारेको दाबी गरे । आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । उपन्यास पढ्ने पाठकले आफ्ना कलेज दिन सम्झने उनको भनाई थियो । आख्यानकार डा. उपाध्याय...
चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

चीनले बन्द गर्‍यो तातोपानी र रसुवागढी नाका

समाचार
भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ । कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ । चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो । केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिएका छन् । बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो । कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फी रुपमा सञ्चाल...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा  ८ लाख २६ हजार ३६० जनाको आवेदन

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा ८ लाख २६ हजार ३६० जनाको आवेदन

आर्थिक, समाचार
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतवार अपरान्ह १२ बजेसम्म ८ लाख २६ हजार ३६० जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरुबाट १ करोड २६ लाख ७४ हजार ६७० कित्ता शेयर खरिद माग भएको हो । कम्पनीले माघ ३० गते (शुक्रवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । सार्वजनिक विदाका विच अनलाईन मार्फत आवेदन दिन सकिने भएकाले विक्री खुला भएको यो आईपीओमा छिटोमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।  कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आउन लागेको हो । सार्वजनिक निष्कासनमा ...