आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

(नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट

(नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ ।  नेप्सेका अनुसार आज ३३.३३ अंकले नेप्से घटेर दुई हजार चार सय ९३ दशमलब ५९ विन्दुमा पुगेको छ भने नेप्सेमा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूह मध्ये म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बजार घटेपनि नेपाल इन्फाइन्ट्रक्चर बैंकको शेयरमा भने पोजेटिभ सर्किट लागेको छ ।    त्यसैगरी, आज कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५२ करोड ३३ लाख ६७ हजार ४ सय २४ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । ...
गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायको  ११ औं उपन्यास ‘कफी लभ’ बजारमा

गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ बजारमा

शिक्षा, समाचार
गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतवार प्रणय दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले यो पुस्तकको संयुक्त रुपमा बिमोचन गरे । कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविधालयमा भेटिएका पाँच जना नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ । पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अबस्था यसले छर्लङ्ग पारेका बताए । गीत लेखनबाट कृतिमानी...
नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द

नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द

आर्थिक, समाचार
 नेपाल–चीन सीमा नाका रसुवागढी फेरि बन्द भएको छ । चिनियाँ भन्सार र्‍याडका श्रमीकहरु ल्होसारको छुट्टीमा गएपछि यो व्यापारिक नाका ठप्प भएको हो । ‘०७६ माघ १५ देखि २०७७ असार २७ सम्म पूर्णरुपले बन्द भएको यो नाका गत १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।पूर्णरुपमा संचालन हुँदा यो नाका भएर दैनिक २ सयवटा सम्म गाडी आउँथ्यो तर पछिल्लो समय आंशिकरुपमा खुलेको यो नाकाबाट बढीमा ५ वटा चिनियाँ कन्टेनरले रसुवागढीसम्म आएर सामान ल्याइदिने गरेको थियो । तर अहिले त्यो पनि ठप्प भएको छ । ...
पशुपतिनाथको शिवलिंगमा सुनको  जलहरीका लागि चाहिने १ सय ८ किलो सुनमध्ये ६४ किलो खरिद गरेर पगाल्न थालियो

पशुपतिनाथको शिवलिंगमा सुनको जलहरीका लागि चाहिने १ सय ८ किलो सुनमध्ये ६४ किलो खरिद गरेर पगाल्न थालियो

समाचार, समाज
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको शिवलिंगमा सुनको जलहरी राख्ने काम अघि बढाएको छ । जलहरीका लागि चाहिने १ सय ८ किलो सुनमध्ये ६४ किलो खरिद गरेर पगाल्न थालिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालका अनुसार बाँकी सुन अर्को हप्तासम्म आइपुग्छ । कोषले १ सय ४२ किलो सुन किनेर जलहरीसहित मन्दिरको बसाह र छानो राख्ने योजना बनाएको हो । त्यसमध्ये जलहरीका लागि मात्र १ सय ८ किलो सुन खर्च गर्न लागिएको हो  । जलहरी निर्माणका लागि १० जना कालिगढ खटाइएको उनले जानकारी दिए। आउँदो शिवरात्रीसम्म जलहरी राखिसक्ने योजना कोषको रहेको उनले बताए । पशुपति मन्दिरको उत्तरतिरको रुद्र गाडेश्वरमा जलहरी बनाउन टहरा बनाइएको छ । त्यही टहरामा लकर बनाएर राखिएको सुनलाई नेपाली सेनाले सुरक्षा दिएको छ । गत माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न गएपछि सुनको जलहरी राख्न ३० करोड र...
निर्वाचन आयोगले आइतबार दलहरुलाई आयोगमा बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल

निर्वाचन आयोगले आइतबार दलहरुलाई आयोगमा बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल

समाचार, समाज
आगामी वैशाख १७ र २७ मा हुने मध्यावधि निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले आइतबार दलहरुलाई आयोगमा बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको छ। आयोगले विभिन्न १४ वटा दलहरुलाई आयोगमा छलफलका लागि बोलाएकोमा १२ वटा दलका प्रतिनिधिहरु सहभागी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘दलहरुलाई निर्वाचन आचारसंहिताबारे छलफल गर्न बोलाएका थियौं। उहाँहरुले आचारसंहिताबारे आआफ्ना धारणा राख्नु भएको छ।’ छलफल सुरु हुनुअघि प्रमुृख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले तयार पारेको आचारसंहिताको मस्यौदाबारे जानकारी दिए। आयोगले प्रस्ताव गरेको आचारसंहिता भड्किलो चुनाव खर्चलाई नियन्त्रण गर्ने गरी व्यवस्था गरिएको छ। खास गरी प्रचारप्रसार सामाग्रीमा नियन्त्रण गर्ने गरी आचारसंहिता प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले भने, ‘प्रचारसामाग्रीमा खर्च कटौती हु...
नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिए

नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिए

समाचार, स्वास्थ्य
 नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पिसिआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज काठमाडौँ उपत्यकामा १७ महिला र १४ पुरुष गरी ३१ सङ्क्रमित भेटिएका छन् । हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ७२ हजार ६१४ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ५४९ जनाको पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप १३३ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६८ हजार ९२९ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । कोरोना निको भएको दर ९८ दशमलव ७ प्रतिशत रहेको छ । गत २४ घण्टामा कोही पनि सङ्क्रमितको मृत्यु भएको छैन । कोरोनाबाट हालसम्म दुई हजार ५४ जनाएको मृत्यु भएको छ । पाँच सय भन्दाबढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ मात्र छ । शुन्य सङ्...
काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति आठ करोड लिटरमात्र

काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति आठ करोड लिटरमात्र

समाचार, समाज
सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी दिइयो । संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको खानेपानी २४सै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको लिमिटेडका अधिकारीहरुको स्वीकारोक्ति छ । वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त्रुपमा प्रवाह गर्न सरोकार भएका सबै निकाय लाग्नुपर्नेमा जोड दिए । “पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्य...
बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा  प्रदर्शन

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा प्रदर्शन

समाचार, समाज
बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन्। आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडीतलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन्। उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए। उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए। सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए। उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए। मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा ...
सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् । शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते सिंहदरबारमा तीन वर्षमा सरकारले गरेका काम सार्वजनिक गर्ने बताएका हुन। उनले सरकारले ‘असाधारण’ काम गरेको भन्दै त्यसबाट नेकपा दाहाल–नेपाल समूह आत्तिएरको समेत बताए । नेपालले विकास निर्माणको क्षेत्रमा निकै ठूलो फड्को मारेको बताउए । उनले गुट बलियो बनाउने गलत अभ्यास गर्नेहरुकै कारण यो अवस्था आएको बताए । उनले पार्टी नफुटेको समेत बताए । यो उपस्थितिले नै पार्टी नफुटेको देखाएको बताउँदै कही उद्देश्य नमिलेकाहरु मात्र बाहिरिएको बताए । ‘उनीहरु बाहिरिएर आत्तिएका छन्, डम्फू बजाइरहेका छन्, चुनाव हुने विषयलाई प्रतिगमन भनिरहेका छन् । ताजा जनादेशमा जानै हुँदैन भने तपाइँहरुले कस्तो व...
सभामा आएका मान्छे किन गन्ने, निर्वाचनपछि मतपत्रको बाकस खोलेर गनौँ न : प्रधानमन्त्री ओली

सभामा आएका मान्छे किन गन्ने, निर्वाचनपछि मतपत्रको बाकस खोलेर गनौँ न : प्रधानमन्त्री ओली

राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन् । उनले भने, ‘मतपत्रको बाकस खोलेर गनौँ न, कसको समर्थनमा कति भन्ने ? हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । घटाएर देखाउनुहोस् न त्यो मत ।’ साथै उनले सभामा आएका मान्छे किन गन्ने मतपत्र गनौ न भनेका छन् । त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् । ...