आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड

आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड

राजनीति
नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् । ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् । जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको सपनालाई कुल्चिने प्रयास भएको छ । हामी  मर्नबाट बचेका मान्छेका आँखा अगाडि शहीदको सपना कुल्चने प्रयास भएको छ,’ दाहालले भने, ‘हामी जीवन मरणको अवस्थामा छौँ, उनीहरूको सपनालाई कुल्चिन दिन्नौँ यो प्रण गर्छौँ ।’ आजै दाहालले बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीपछि प्राप्त उपलब्धि रक्षाका लागि एकतावद्ध हुन अपिल गरेका थिए । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु...
नेपाली सेनाका राजनले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

नेपाली सेनाका राजनले जिते पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

खेलकुद
नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद रु दुई लाख तथा ट्रफी पुरस्कार प्राप्त गरे । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाका धावकहरुले नै प्राप्त गरे । सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी १ लाख पुरस्कार प्राप्त गरे भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थानको पुरस्कार रु ७५ हजार प्राप्त गरे । पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित रु २५ हजार पुरस्कार तथा ट्रफी प्राप्त गर्न सफल भएका छन् । यस वर्ष पहिलोपटक पोखरा म्यार...
खाजा खान गएर होटल मालिक्नीलाई नै लुटपाट गरेर भागेका युवक पक्राउ

खाजा खान गएर होटल मालिक्नीलाई नै लुटपाट गरेर भागेका युवक पक्राउ

समाज
खाजा खाएको होटलमा नै लुटपाट गरेर फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।कैलालीको चुरे गाउँपालिका-५ खानीडाँडास्थित एक होटलमा खाजा खान गएको बेला होटल सञ्चालिकालाई नै लुटपाट गरेर फरार रहेका व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिकाको वडा नम्बर १ घर भएका ३५ वर्षीय प्रकाश शाही छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शाहीले कैलालीको खानीडाँडामा खाजा खान गएको होटलकी सञ्चालिकालाई बदामको जुसमा नशालु पदार्थ मिलाएर खुवाइ बेहोस् बनाएर ३ लाख २० हजार रुपैयाँ बराबरको २ तोलाको सुनको सिक्री लुटेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीको सूचनाका आधारमा बाँके प्रहरीले उनको खोजी शुरु गरेको थियो । खोजीका क्रममा बाँकेको कोहलपुर नगरपालिका-३ किरणनालामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक...
बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

समाचार
बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन्। आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडीतलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन्। उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए। उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए। सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए। उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए। मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा ...
१११ औं अन्तर्राष्ट्रिय महिला दिवस भौतिक उपस्थितीमै हुन्छ : मन्त्री जुली महतो

१११ औं अन्तर्राष्ट्रिय महिला दिवस भौतिक उपस्थितीमै हुन्छ : मन्त्री जुली महतो

समाचार
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोले १११ औं अन्तर्राष्ट्रिय महिला दिवस भौतिक उपस्थितीमै भव्यताका साथ मनाइने बताएकि छन ।मन्त्रालयद्वारा विहीवार आयोजित कार्यक्रममा मन्त्री महतोले विश्वभर मनाइने यस दिवसलाई महिला सशक्तिकरणको मुद्दासँग जोडेर पर्वकै रुपमा मनाउन आग्रह गरेकी हुन्  । मार्च ८ अर्थात फागुन २४ गते मनाइने यस दिवसको तयारीको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री महतोले सबै सामाजिक सङ्घ संस्था, अधिकारकर्मी तथा महिलाको समग्र मुद्दाको उठानमा योगदान पुर्याईरहेका  व्यक्ति संस्था, विज्ञलगायतबाट प्राप्त सुभावलाई समेत समेट्दै मन्त्रालयले सबैसँगको सहकार्यमा दिवस मनाइने बताउनुभयो ।साथै अन्तार्राष्ट्रिय स्तरमै मनाइदै आएको ग्रामिण महिला दिवस अक्टोवर १५ का सन्दर्भमा पनि छलफल अगाडि बढाइने मन्त्री महतोले बताइन । सो अवसरमा ४० वर्षमाथिका महिलालाई बैदेशिक रोजगारीमा जा...
बागमती प्रदेश सरकारले दियो क्यान्सरका बिरामीलाई ५० हजार छुट

बागमती प्रदेश सरकारले दियो क्यान्सरका बिरामीलाई ५० हजार छुट

समाचार
बागमती प्रदेश सरकारले क्यान्सरका बिरामीलाई ५० हजार रुपैयाँ बराबरको उपचारमा छुट दिने भएको छ । बागमती प्रदेशभित्र स्थायी बसोबास भएका क्यान्सरका बिरामीले उक्त छुट पाउने छन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबीच बिहीबार यस सम्बन्धी सम्झौता भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार क्यान्सर उपचारमा लाग्ने खर्चमा नेपाल सरकारले दिंदै आएको एक लाखमा बागमती प्रदेश सरकारले थप ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईले नेपाल सरकारले दिंदै आएको एक लाख रुपैयाँ पर्याप्त नभएको भन्ने गुनासो आएपछि प्रदेश सरकारले थप ५० हजार उपलब्ध गराएको बताएका छन   । प्रदेश सरकारले बजेटमा नै यो व्यवस्था गरेको बताउँदै उनले भने  “बागमती प्रदेशभित्रका वासिन्दाले क्यान्सरको उपचार गर...
जसपाका केन्द्रीय सदस्य हवारी नेकपा ओली समूहमा प्रवेश

जसपाका केन्द्रीय सदस्य हवारी नेकपा ओली समूहमा प्रवेश

राजनीति
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहमा प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् ।पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए। ...
गुल्मीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

गुल्मीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

समाज
 गुल्मीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई रानाले सोमवार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । ...
दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

अन्तराष्ट्रिय
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो। दक्षिण कोरियाका विदेशमन्त्री चुङ इयुङ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीचमा सो कुराकानी भएको हो। उनीहरुबीच कोरियाली प्रायद्वीपका साथै अमेरिका र कोरियाबीचको आपसी सहयोग र समझदारीका बारेमा कुराकानी भएको बताइएको हो। यसका साथै अरु पनि क्षेत्री र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी भएको समाचारमा जनाइएको हो। उनीहरुका बीचमा आगामी दिनमा कोरियाली प्रायद्वीपमा निसस्त्रीकरण गर्ने विषयमा पनि कुराकानी भएको थियो। उनीहरुले उत्तर कोरियाको विषयमा फोनमा कुराकानी गरेका थिए। उत्तर कोरियालाई आगामी दिनमा कोरियालाई निसस्त्रीकरण के कसरी गर्न सकिन्छ भन्ने बरेमा पनि त्यस अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ। यसका...
नेपाली राजदूत र  बिहारका मुख्यमन्त्री बीच भेटवार्ता

नेपाली राजदूत र बिहारका मुख्यमन्त्री बीच भेटवार्ता

समाचार
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र विहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ । नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने र सहयोग आदानप्रदान गर्नेबारे छलफल भएको आचार्यले ट्वीटरमार्फत जानकारी दिएका छन् । भेटमा राजदूत आचार्यले मुख्यमन्त्रीलाई पशुपतिनाथको तस्विर प्रदान गरेका थिए । ...