आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगमा १०८ किलोको सुनको जलहरी अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगमा १०८ किलोको सुनको जलहरी अर्पण

समाचार, समाज
 राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको उहाँको भनाई छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिएको उनले बताए । यस कार्यका निम्ति ८० करोड रुपैँया खर्च भएको पनि सदस्य सचिव डा. ढकालले बताए । विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको उनले बताए । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गरेकी हुन् । ...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट गर्ने

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट गर्ने

आर्थिक, समाचार
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट गर्ने तयारी भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि अलोटमेण्ट गरी शुक्रवारसम्म बाँडफाँट गर्ने गरीरहेको जानकारी दिएको हो । हाल डाटा फेरिफिकेसनको काम भैरहेकाले बुधवार बेलुकासम्म प्रि अलोटमेण्ट गर्न सके शुक्रवार बाँडफाँट हुने विक्री प्रबन्धकको भनाई छ ।  यस कम्पनीको आईपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । अन्तिम दिन फागुन ५ गते बुधवार साझ ५ बजेसम्म यी आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो । जुन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हुन आउँछ । कम्पनीको आईपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ । यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो ।  कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्त...
नेप्से आज २१.१६ अंकले  घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा

नेप्से आज २१.१६ अंकले घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेको छ । हिजो (सोमबार) पनि नेप्से ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको थियो ।    नेप्सेका अनुसार आज २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा पुगेको छ भने ८ अर्ब ५६ करोड १५ लाख बरोबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज ट्रेडिङ बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।  आज दोहोरो अंकले बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।      ...
दुई हुण्डी कारोवारी रु २५ लाख ५० हजारसहित पक्राउ

दुई हुण्डी कारोवारी रु २५ लाख ५० हजारसहित पक्राउ

अपराध, समाचार
 प्रहरीले दुई हुण्डी कारोवारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी निवासी टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौन निवासी सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट हुण्डी रकमसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जटही नाकाबाट अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।  निरीक्षक रानाभाटले जनकपुरबाट हुण्डी रकम रु २५ लाख ५० हजारसहित भारत जाँदै गर्दा जटहीबाट पक्राउ गरेको बताए । पक्राउ परेको रकमसहित दुवैलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए । हुण्डी कारोवारमा अन्य संलग्नको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।   ...
सरकारले फेवातालको क्षेत्रफल नाप्ने

सरकारले फेवातालको क्षेत्रफल नाप्ने

समाचार, समाज
काठमाडौं । सरकारले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्री जुलीकुमारी महतोले जानकारी दिइन् । नेपालमा २०३२ देखि मात्र नापी सुरु भएको हो । त्यसअघि २०१४ मा भारतीय सेनाले नेपालको सर्भे गरेर दुईवर्षपछि सरकारलाई विवरण बुझाएको थियो । भारतीय सेनाको सर्भेमा समेत फेवाताल देखिएको थियो । तर, त्यसले क्षेत्रफल यकिन गरेको थिएन । मालपोत कार्यालयको फिल्डबुकमा समेत फेवातालको नाममा यति नै जग्गा छ भनेर उल्लेख छैन । फेवातालको नाममा जग्गा रहेको भनिएपनि क्षेत्रफल, चारकिल्ला सिमाना तोकिएको छैन । २०३१ जेठ २० गते तयार पारिएको फिल्डबुकमा फेवातालको नाममा जग्गा रहेपनि क्षेत्रफल कति भनेर उल्लेख गरिएको छैन । विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल...
सुरक्षा परिषदको बैठक, मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल

सुरक्षा परिषदको बैठक, मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल

समाचार, समाज
सुरक्षा परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। मंगलबार विहान प्रधानमन्त्री निवास बालवाटारमा बसेको परिषदको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाका विषयमा छलफल भएको हो। नियमित बैठकको संज्ञा दिइएपनि प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिट उपरको वहस सकिएको र केही दिनभित्रै सर्वोच्चले फैसला सुनाउने तयारी गरिरहँदा त्यसबाट उत्पन्न हुने परिस्थितिका विषयमा पनि बैठकमा छलफल भएको स्रोतले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाका विषयमा भनाइ राखेका थिए। पुस पाँच गते प्रतिनिधिसभा विघटन भएसँगै त्यस उपर परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई सकिएको छ। सर्वोच्चले केही दिनभित्रै प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको फैशला सुनाउँदै छ। सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेपनि वा प्रधानमन्त्रीको कदमलाई सदर गरेपनि त्यसपछि उत्पन्न हुने पर...
पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि,१०२ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि,१०२ जना कोरोना संक्रमणमुक्त

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । भने यससँगै हालसम्म मृतक हुनेको संख्या २०६५ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल १५ सय ३३ मात्रै सक्रिय कोरोना संक्रमित रहेका छन् । ६५ जना क्वारेन्टाइन र २१ लाख ४६ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षण भएका छन् । ...
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट

समाचार, समाज
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफूले राजीनामा नदिएको प्रष्ट पारेका छन् । आज मंगलवार बिहानैदेखि राजीनामा दिएको हल्ला आएपछि महान्यायाधिवक्ता खरेलले आफूले राजीनामा नदिएको र दिनुपर्ने परिस्थिति पनि नरहेको बताएका हुन् । उनले आफू राजीनामा दिने सोचमा समेत नरहेको बताए । उनले भने ‘अहिले महान्यायाधिवक्ताले राजीनामा दिने परिस्थिति पनि होइन, राजीनामा दिएको पनि होइन, राजीनामा दिने सोच पनि छैन ।’ आफूले प्रेस स्वतन्त्रताको बारेमा सधै अगाडि रहेर आवाज उठाई राखेको तर आफ्नो राजीनामाको बारेमा एकपटक समेत नसोधि समाचार आउँदा दुःख लागेको बताए । उनले भने ‘जिम्मेवार प्रेसले कुनैपनि विषयलाई महान्यायाधिवक्ताले राजीनामा गर्नुभएको छ भन्ने जस्तो गम्भिर विषयलाई अगाडि राख्दाखेरी महान्यायाधिवक्तासँग नसोधिकन राखिने कुराप्रति मेरो गम्भिर चासो, सरोकार छ र यस प्रति म दुःख व्यक्त गर्छु ।’ महान्यायाधिवक्ताले...
काउलीको तरकारी धेरैलाई मनपर्दछ, काउलीको सेवन हानीकारक हुन्छ त ?

काउलीको तरकारी धेरैलाई मनपर्दछ, काउलीको सेवन हानीकारक हुन्छ त ?

समाचार, स्वास्थ्य
काउली प्राय मौसममा बजारमा पाइन्छ । प्रायः जाडो मौसममा पाइने काउली बेमौसमी तरकारीका रुपमा अन्य मौसममा पनि पाइने गरिन्छ । काउलीको तरकारी धेरैलाई मनपर्दछ । यो स्वास्थको दृष्टिकोणले पनि निकै फाइदाजनक छ । तर यहि काउलीका बेफाइदा पजि छन् । काउलीले सिधै असर गर्ने भन्दा पनि केही सीमित रोगका बिरामीलाई भने यसको सेवन हानीकारक हुन्छ । कुन रोगका बिरामीका लागी काउलीको सेवन हानीकारक हुन्छ त ? जान्नुहोस् । १. थाइराइडहाइपो थाइराइड रोगका बिरामीले काउली खानु हुदैन । काउलीमा गाइट्रोगन नामक तत्व हुने भएकाले यसले थाइराइड ग्ल्याण्डको कामलाई बाधा उत्पन्न गराउँछ । २. ग्याष्ट्रिककाउलीमा पाइने केहि पोषक तत्वहरुले पाचन प्रणाली असर पार्दछ । तर्सथ ग्यास्ट्रिक पिडित व्यक्तिले समेत काउलीको सेवन गर्नु हुदैन । ३. अर्थराइटीसजो ब्यक्तिमा अर्थराइटीसको समस्या छ उनीहरुले पनि काउलीको सेवन गर्नुहुदैन । किनभने काउली...
आज ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा

आज ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । हिजो (आइतबार) नेप्से सामान्य अंकले बढेर दुई हजार ६ सय ४० दशमलब ३४ विन्दुमा पुगेको थियो ।    नेप्सेका अनुसार आज ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको छ भने ८ अर्ब ४० करोड ६३ लाख बराबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये २ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।   आज दोहोरो अंकले बजार घटेपनि ८ कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । आज आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत, चन्द्रागिरी हिल्स ९.६७, सनराइज फस्ट म्युचुअल ९.५९ र खानीखोला हाइड्रोको ९ दशमलव...