आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आज फागुन १४ गते शुक्रबारको  राशिफल

आज फागुन १४ गते शुक्रबारको राशिफल

राशिफल
मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला । बृष – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । बिबाद आदिदेखि सचेत भइ आफ्नै बल–विवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आंट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिथुन – भागदौड व्यस्तता बढ्ला । ...
नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ

नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ

आर्थिक, समाचार
नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ थियो । बिहीबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ थियो । साप्ताहिक कारोबारको पहिलो दिन (फागुन ९ गते, आइतबार) बढेको सुनको मूल्य त्यसपछि सोमबार यथावत रह्यो भने मंगलबार बढेको थियो । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य ९० हजार १ सय रुपैयाँ प्रतितोला पुगेको थियो । मंगलबार ९० हजारको आंकडा पार गरेको सु्नको मूल्य बुधबार भने पुनः ओरालो लाग्यो । बुधब...
पोखरामा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेका छन्

पोखरामा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेका छन्

आर्थिक, समाचार
पोखरा। आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ। कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन्। पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन्। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भउपछि घुमफिरमा समय दिन थालेका छन्। साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो। पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर ग...
नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बिहिबार नेपालमा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा ८४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ८३ जना थपिएका छन् । योसँगै कुल २ हजार ७६७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पीसीआर परीक्षण गरिएको छ ...
हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने:बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल

हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने:बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल

शिक्षा, समाचार
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् । हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनर्निर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई बेरोजगार उत्पादन गर्ने थलोको रुपमा नभइ दक्षजनशक्ति उत्पादन गर्ने थलोको रुपमा बुझाउन सकिने धारणा राखे । विद्यालयले ज्ञानसँगै सीपसमेत दिनसक्नुपर्ने उनको भनाइ थियो । पौडेलले प्राविधिक शिक्षामा पनि फरकपन दिनसक्नुपर्ने बताए । प्राविधिक शिक्षाको नाममा जहाँ पनि एउटै विषय पढाउनेभन्दा पनि ठाउँ विशेषका आधारमा आवश्यकपर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने विद्यालयलाई प्रदेश सरकारले सहयोग गर्नु पौडेलको भनाइ थियो । कार्यक्रममा वाग्म...
संसद पुनर्स्थापना गरे सँगै प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने

संसद पुनर्स्थापना गरे सँगै प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने

राजनीति, समाचार
प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने भएका छन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सांसदहरुको तलब रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै सांसदहरुले तलब पाउने भएका हन् । सांसदहरुले पुस महिनाको ५ दिनको तलब प्राप्त गरेका थिए । भने बाँकी रहेको समयको तलब उपलब्ध गराउन लागेको संसद सचिवालयले जनाएको छ । हाल संघीय सांसदहरूको मासिक तलब ५५ हजार २ सय ३० रुपैयाँ छ। त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको तलब भने त्यसमा केही बढी रहेको छ। यस अवधिमा कुनै बैठकहरु नभएका कारण तलबहरु मात्रै प्राप्त गर्न लागेका हुन् । ...
नेप्से आज १२.५६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा

नेप्से आज १२.५६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्से २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा थामिएको थियो ।      नेप्सेका अनुसार आज १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको छ भने ६ अर्ब ७० करोड १८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् ।  आज तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा आईएमई जनरल इनस्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् । यी तीन कम्पनीमध्ये दुई शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको १० प्रतिशतले शेयरमूल्य बढेको छ ।        ...
राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थीहरुको मार्कसीट छपाईमा ढिला

राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थीहरुको मार्कसीट छपाईमा ढिला

शिक्षा, समाचार
राष्ट्रिय परिक्षा बोर्डका कर्मचारीको आन्दोलनका कारण कक्षा १२ का विद्यार्थीहरुको मार्कसीट छपाईमा ढिला भएको छ । फागुन १ गतेभित्र देशभरीका कलेजमा मार्कसीट पुर्याउने भने पनि बोर्डका कर्मचारीले आफ्नो तलबभन्दा कटौति गरेको विषयलाई लिएर आन्दोलन गरेका कारण मार्कसीट छफाई नै रोकिएको बोर्डका एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार सबै जना आन्दोलनमा छौं, अब पहिला जति मार्कसीट छपाई भएको थियो उक्त मार्कसीटमात्रै कजेलहरुमा गइरहेको छ । विदेश जान तयारीमा रहेका विद्यार्थी हुन वा स्नातक अद्यायनका लागि भर्न गर्न यो वर्ष शैक्षिक सत्र नै अलपत्र परेका बेलामा फेरि परिक्षा बोर्डका कारण मार्कसीट वितरण ढिला भएपछि विद्यार्थीहरुको शैक्षिक सत्र थप अलपत्र परेको छ ।   अब कर्मचारी आन्दोलनमा रहेकाले माग पुरा नभएसम्म थप मार्कसीट नछाप्ने कर्मचारीले बताएको ती कर्मचारीले जानकारी दिए । यता बोर्डका प्रवक्त...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकैदिन ६ सय १९ जना

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकैदिन ६ सय १९ जना

समाचार, स्वास्थ्य
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एकैदिन ६ सय १९ जनाले थप भएको छ। विगत केही दिनदेखि कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुकोे तथ्यांक अद्यावधिक नगर्दा बुधबार एकैदिन सरकारले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । कोरोना महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । यद्यपी, बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । बुधबार नेपालमा ३ हजार ६९२ पीसीआर परीक्षण गर्दा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको...
प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको:कांग्रेस सभापति शेरबहादुर देउवा

प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको:कांग्रेस सभापति शेरबहादुर देउवा

राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीका सामु संसदमा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुईवटा विकल्प रहेको बताएका छन् । महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा उनले प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेश गर्नै नपर्ने बताए । ‘ओलीजीले राजीनामा दिनुहुन्छ जस्तो लाग्दैन, तर कि बहुमतसिद्ध गर्नुपर्‍यो, कि छाड्नुपर्‍यो । योभन्दा विकल्प छैन’, देउवाले भने । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि आफूले निर्वाचन वा पुनःस्थापना दुवै स्वीकार्ने बताएकोमा अन्यथा नलिन देउवाले आग्रह गरे । ‘सर्वोच्चले स्टे अर्डर देला भन्ने लागेको थियो । नदिएपछि अदालतसँग आशंका बढेर पुनस्स्थापना वा निर्वाचन जे भए नि मान्छौं भनेको हुँ’, देउवाको स्पष्टोक्ति थियो । देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस च...