नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । हिजो (आइतबार) नेप्से सामान्य अंकले बढेर दुई हजार ६ सय ४० दशमलब ३४ विन्दुमा पुगेको थियो ।   

नेप्सेका अनुसार आज ३२.६७ अंकले नेप्से घटेर दुई हजार छ सय ७ दशमलब ६७ विन्दुमा पुगेको छ भने ८ अर्ब ४० करोड ६३ लाख बराबरको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये २ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।  

आज दोहोरो अंकले बजार घटेपनि ८ कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । आज आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत, चन्द्रागिरी हिल्स ९.६७, सनराइज फस्ट म्युचुअल ९.५९ र खानीखोला हाइड्रोको ९ दशमलव ४० प्रतिशतल शेयरमूल्य उच्च बृद्धि भएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here