आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको २४ सदस्यीय बोर्ड गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको २४ सदस्यीय बोर्ड गठन

राजनीति, समाचार
 नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बोर्ड गठन गरिएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरिएको सांसद शेरबहादुर तामाङले जानकारी दिए । लामो समयसम्म एमालेको संसदीय बोर्ड नभएकोले आजको बैठकले २४ जना सदस्य रहनेगरी बोर्ड गठन गरिएको सांसद तामाङले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ जना सांसदहरुको सदस्यहरु रहेका छन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ, संसदीय दलको प्रमुख सचेतक विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य  रहेका छन् । त्यस्तै झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुविर महासेठ, नारदमुनी राना, मोहन बानिया, उपेन्द्र थापा, खेम लोह...
वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग

वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग

समाचार, समाज
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । महासंघले मुल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्नको लागि पनि ज्ञाप...
नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको छ । हाल देशभर एक हजारजना आइसोलेसनमा र ५२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने

आर्थिक, समाचार
सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको बुधबार जनाएको हो ।  कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो। कुल ६० लाख कित्ता शेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता शेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो।  कम्पनीले आईपीओको प्रति कित्ता शेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ। कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम शेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकब...
आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा

आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ४५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये छ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । चन्द्रागीरी हिल्स, जोशी हाइड्रोपावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, युनाइटेड इदिमर्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको नेप्सेले जनाएको छ ।  ...
कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु :संयुक्त राष्ट्रसङ्घ

कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु :संयुक्त राष्ट्रसङ्घ

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बीबीसी । कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ। सो प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ। प्रतिवेदनले यी छ देशमा थप २२८,००० पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरेको छ। प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ। दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १८६,००० को मृत्यु भएको छ। डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड(१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्...
एकैसाथ चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र

एकैसाथ चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र

समाचार, समाज
यही चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ। पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु गरिने छ। गणनाको सम्पूर्ण तयारी भने चितवन राष्ट्रिय निकुञ्जमा नै भइरहेको छ। चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ। गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हात्ती र गणकहरु छनोटको काम थालिएको छ। गणनामा ४० वटा हात्ती प्रयोग गरिँदै छ। दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिने छ। कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ। बरालका अनुसार ४० जना मुख्य गणक र वैक...
जापानमा  ५.३ म्याग्नीच्यूडको भूकम्प

जापानमा ५.३ म्याग्नीच्यूडको भूकम्प

अन्तराष्ट्रिय, समाचार
टोकियो । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो। भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ। ...
नेकपा एमाले संसदीय दलको बैठक,आजबाट शुरु भएको भेला भोलि सम्म चल्ने

नेकपा एमाले संसदीय दलको बैठक,आजबाट शुरु भएको भेला भोलि सम्म चल्ने

राजनीति, समाचार
सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । स‌सदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल माधव नेपाल पक्ष भने सहभागी नहुने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी उक्त पक्षको कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने बताए । आजबाट शुरु भएको भेला भोलि सम्म चल्ने जनाइएको छ । ...
नेप्सेमा आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार

नेप्सेमा आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगबार)  दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २.५६ अंकले बढेर दुई हजार तीन सय ९१ दशमलब ७४ विन्दुमा थामिएको छ ।     नेप्सेका अनुसार आज ३ अर्ब ३७ करोड ५६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये सात वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।    ...