आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक

कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक

आर्थिक, समाचार
आज (मंगललबार)देखि कारोबार शुरु भएको ग्रीन लाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । नेप्सेका अनुसार कारोबार शुरु भएकै दिन यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर ३२८ रुपैयाँ पुगेको हो ।  कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले  प्रतिकित्ता ९९ दशमलव ६७ देखि २९९ दशमलव ०१ रुपैयाँको मूल्य रेञ्ज तोकेको थियो । प्रि ओपनिङ सेसनमा पहिलो कारोबार २९९ मा भएपछि नियमित सेसनमा सोही मूल्यबाट शेयर कारोबार खुला भएको हो ।    त्यस्तै, केहि हप्तादेखि निरन्तर ओरालो लागेको नेप्सेमा पनि आज सामान्य सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से एक अंकले बढेर करिब दुई अर्बको कारोबार भएको छ ।   ...
रेमिट्यान्स आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि

रेमिट्यान्स आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि

आर्थिक, समाचार
 विप्रेषण (रेमिट्यान्स) आप्रवाह आलू आर्थिक वर्षको सात महिनामा १०.९ प्रतिशतले वृद्धि भई रु.५६७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको राष्ट बैंकको तथ्यांकमा उल्...
नेकपा(माओवादी केन्द्र)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन

नेकपा(माओवादी केन्द्र)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्यूताइसकेपछि पहिलो पल्ट मंगलवार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पुर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए । त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए । बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजिनामाको माग समेत गरेको उनको भनाई छ । उनले भने – ‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजिनामा दिनुपर्...
नमोबुद्ध नगरपालिकामा महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन

नमोबुद्ध नगरपालिकामा महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन

समाचार, समाज
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ । तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिए । नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताए । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गरे । तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताए । नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै...
नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने

नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने

आर्थिक, समाचार
 उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ। नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो। यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ। गोदाम र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ। अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए। उनले आयात भएका सामग्री नेपाली कन्टेनरमा रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताए। चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो। गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पु-...
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक शीतल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक शीतल निवासमा

राजनीति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक शुरु भएको हो । बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरू सहभागी छन् । बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी छन् । त्यस्तै कांग्रेसबाट देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला सहभागी छन् । माओवादीबाट प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका राष्ट्रपति कार्यालयले जनाएको छ । जसपाबाट उपेन्द्र यादव र महन्थ ठाकुर बैठ...
आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा

आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार)  दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा थामिएको छ ।     नेप्सेका अनुसार आज ४ अर्ब २४ करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमध्ये पाँच वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।   बजार घटेपनि छ आइतबार चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनीको शेयरमूलय ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो ।    ...
नेपाली बजारमा सुन-चाँदीको मूल्य

नेपाली बजारमा सुन-चाँदीको मूल्य

आर्थिक, समाचार
नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८६ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।   ...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३

शिक्षा, समाचार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरे अनुसार ६ सय ७७ स्थानीय तहबाट निणर्य भएका आवेदन केन्द्रले संकलन गरेको थियो । ७६ स्थानीय तहले निवेदन दिएका छैनन् । केन्द्रमा आएका निवेदन बाहेक राष्ट्रपति कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट १ सय १२, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दर्ता भएका १ हजार ३ सय ४५ रहेका छन् । कार्यक्रममा खर्च हुने बजेट ५ अर्ब ५५ करोड छ । माग भएको बजेट खर्च गर्दा करिब ९ अर्ब बढी छ । सबै आवेदनको आधारमा बजेट जोड्दा १४ अर्ब ३५ करोड १९ लाख रुपिया रहेको छ । मन्त्रालयमा सोमबार बसेको कार्यक्रम कार्यान्वय निर्देशक समितिको बैठकमा तत्काल कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिइएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठक...
अमिताभ बच्चनको मोतियाविन्दु हटाउन दोस्रोपटक आँखाको शल्यक्रिया

अमिताभ बच्चनको मोतियाविन्दु हटाउन दोस्रोपटक आँखाको शल्यक्रिया

समाचार, समाज
मुम्बई । हिन्दी चलचित्र उद्योग (बलिउड)का अभिनेता अमिताभ बच्चनले दोस्रोपटक आँखाको अपरेशन (शल्यक्रिया) गराएका छन् । अमिताभले मोतियाविन्दु हटाउन दोस्रोपटक आँखाको शल्यक्रिया गराएका हुन् । आँखाको शल्यक्रिया पछि अहिले उनी ‘रेस्ट’मा छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत अमिताभले शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन् । अमिताभले मोतियाविन्दुको शल्यक्रिया गर्न ढिलाइ गरे आँखाको ज्योति गुम्न सक्ने खतरा रहेकोतर्फ पनि आफ्ना फ्यानहरुको ध्यानाकर्षण गराएका छन् । अमिताभले समयमा नै आँखाको परीक्षण गराउन सबैलाई आग्रह पनि गरेका छन् । अमिताभले यसअघि पनि फ्रेबुअरीमा आँखाको शल्यक्रिया गराएका थिए । ...