आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

एमाले माधव समूहले देशैभरका पार्टी कमिटी ब्यूँताउने

एमाले माधव समूहले देशैभरका पार्टी कमिटी ब्यूँताउने

राजनीति
नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्यूँताउने भएको छ।  समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई २ जेठ २०७५ मा फर्काउने निर्णय गरेको हो।  उपमहासचिव घनश्याम भुसालले पार्टीको धेरै कमिटीमा आफूहरूको नेतृत्व भएपनि केहीमा हारेको भन्दै उनले त्यस्ता कमिटीमा भएका आफ्नो पक्षका नेताकै संयोजकत्वमा कमिटी बनाउने बताएका हुन्।  ...
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकियो

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकियो

खेलकुद
यही चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकिएको छ । नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताका खेल हेर्न जनरलतर्फ सात सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले जनरल तर्फ सात सय रुपैयाँका दरले १० हजार ५०० र भीआईपीतर्फ १५ सय रुपैयाँका दरले १५०० वटा टिकट बिक्री गरिने लक्ष्य रहेको जनाएको छ । एन्फाका अनुसार प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । एन्फाको आयोजनामा दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलस...
राष्ट्र बैंक भन्छ – ब्याजदर घट्यो, बैंक भन्छन् – बढ्दैछ, खास कुरा के हो ?

राष्ट्र बैंक भन्छ – ब्याजदर घट्यो, बैंक भन्छन् – बढ्दैछ, खास कुरा के हो ?

आर्थिक
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको जनाएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिना (माघ) सम्मको वर्तमान आर्थिक अवस्थाको विवरणले वाणिज्य बैंकहरुको ब्याजदर घटेको देखाएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर निकै घटेको देखिएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा २.४८ प्रतिशत बिन्दुले आधार दर घटेको छ । अघिल्लो वर्षको माघमा आधारब्याज दर ९.४५ प्रतिशत थियो । यसपाली ६.९७ प्रतिशतमा झरेको छ । लकडाउनपछि बैंकिङ प्रणालीमा २०० अर्ब भन्दा बढी तरलता थियो । तरलता फालाफाल भएका कारण बैंकहरुले निक्षेपको ब्याज निकै घटाएका थिए । जसका कारण बैंकहरुको आधार दर कम भएको हो । यस अवधीमा निक्षेपको औषत भारित दर ४.८६ प्रतिशत कायम भएको छ । ऋणको औषत दर ८.८९ प्रतिशत कायम भएको छ । अघिल्लो बर्ष माघमा निक्षेप ६.७८ प्रतिशत थियो भने...
चैतभित्र भाडा नबढाए गाडी नचलाउने व्यवसायीको चेतावनी

चैतभित्र भाडा नबढाए गाडी नचलाउने व्यवसायीको चेतावनी

समाचार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ। यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन समेत माग गरेको छ। बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्या...
इन्फ्रा एक्सिलेन्स सेन्टरमा सूचीकृत हुन निफ्राको आग्रह

इन्फ्रा एक्सिलेन्स सेन्टरमा सूचीकृत हुन निफ्राको आग्रह

आर्थिक
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थाहरूलाई इन्फ्रा एक्सिलेन्स सेन्टरमा सूचीकृत हुन आग्रह गरेको छ। बैंकले यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्ररऔद्योगिक क्षेत्र, सामाजिक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका व्यक्ति वा संस्थाहरूलाई इन्फ्रा एक्सिलेन्स सेन्टरमा सूचीकृत हुन आग्रह गरेको हो । यस प्रकृया मार्फत सूचीकृत हुन सफल हुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचान देखी निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जूमाका लागि सहभागी गराउने जनाएको छ। ...
आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा

आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हरियाली छाएको छ । बुधबार पनि नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ । आज ४ अर्ब ६६ करोड १७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये अन्यसबै समूहमा हरियाली छाएको छ ।   आज कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।  ...
नेपालीहरूले महिनाको ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको चामल आयात गरेर  भात खाने गरेका छन्

नेपालीहरूले महिनाको ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको चामल आयात गरेर भात खाने गरेका छन्

आर्थिक, समाचार
महिना ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको चामल आयात गरेर नेपालीहरूले भात खाने गरेका छन् । अन्तर्राष्ट्रिय रिसर्चले पनि नेपालमा सरदर एक नेपालीले वर्षेनि १३८ किलो चामल खपत गर्ने गरेको उल्लेख गरिएको छ । ‘पहिले मकै, कोदो र फापर पनि खाने गरेकाले पनि पछिल्लो समय चामल खाने गरेका छन् । जसको कारणले यसको खपत बढ्दो क्रममा छ । इन्टरनेशनल राइस रिसर्च इन्स्टिच्युका अनुसार नेपाल एशियामै सबैभन्दा धेरै चामल खपत गर्ने देशमा परेको छ ।  नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गरेको छ । यो वर्ष नेपालको इतिहासमै सबैभन्दा बढी धान फलेको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । कृषि प्रधान देश जहाँको अर्थतन्त्रमा २७ प्रतिशत हिस्सा कृषि क्षेत्रको रहेको छ । दुई तिहाई जनसंख्या कृषि पेशामा सम्लग्न भइरहेकै बेला ७ महिनामै साढे ३० अर्ब भन्दा बढीको चामल आयात भएको छ ।...
सुशान्त सिंह राजपुतकी प्रेमिका  अभिनेत्री रिया चक्रवर्ती सुशान्तको मृत्युपछि पहिलो पटक नयाँ फिल्ममा

सुशान्त सिंह राजपुतकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती सुशान्तको मृत्युपछि पहिलो पटक नयाँ फिल्ममा

मनोरन्जन, समाचार
बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका रहेकी अभिनेत्री रिया चक्रवर्ती सुशान्तको मृत्युपछि पहिलो पटक नयाँ फिल्ममा देखिएकी छिन् । फिल्म ‘चेहरे’मा रिया हुने कि नहुने भन्ने प्रश्नको अब जवाफ पाइएको छ र फिल्ममा रियाको भूमिका भएको प्रस्ट भएको छ । फिल्मको ट्रेलर रिलिज भएको छ र ट्रेलरमा उनी देखिएकी छिन् तर उनको कुनै संवाद भने सुनिएको छैन । फिल्मका निर्देशक रुमी जाफरी र निर्माता आनन्द पण्डितले भारतीय अखबार दैनिक भास्करसँग कुरा गर्दै रियाको भूमिकामा कुनै किसिमको काँटछाँट नभएको बताएका छन् । यसअघि चेहरेको पोस्टर र टिजरमा रिया नदेखिएपछि सुशान्तका फ्यानको असन्तुष्टिबाट बच्नको लागि रियालाई फिल्ममा रिप्लेस गरिएको चर्चा चलेको थियो । २०१९ मा रियाले यो फिल्मको सुटिङ गरेकी थिइन् र फर्स्ट लुक पनि साझा गरेकी थिइन् । ...
ज्योति लाइफ इन्सोरेन्स कम्पनीको शेयर शुक्रबार बाँडफाँड हुने

ज्योति लाइफ इन्सोरेन्स कम्पनीको शेयर शुक्रबार बाँडफाँड हुने

आर्थिक, समाचार
 ज्योति लाइफ इन्सोरेन्स कम्पनीको शेयर शुक्रबार बाँडफाँड हुने भएको छ। शेयर बाँडफाँडका लागि आवश्यक तयारी पुरा भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ। फागुन २१ गतेदेखि कम्पनीले ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लािग निष्कासनमा ल्याएको थियो। कुन जारी पूँजीको ३० प्रतिशत शेयर निष्कासनमा ल्याएको थियो। एनएमबी क्यापिटलका अनुसार कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर मात्र निष्कासन गरेको हो। त्यो मध्यको ५ प्रतिशत कर्मचारी र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरेको थियो। ज्योति लाइफ इन्सोरेन्सको शेयर आवेदनले रेकर्ड बनाएको थियो। हालसम्म सबैभन्दा बढी शेयर आवेदन उक्त कम्पनीका लागि परेको हो। १८ लाख ४ हजार६ सय ४८ जनाले आवेदन भरे पनि १० कित्ताका दरले ५ लाख ९४ हजारले मात्र शेयर प्राप्त गर्ने भएका छन्। ६६ लाख कित्ताको लागि आवदेन खोले पनि ३ करोड ८० लाख ...
यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग माग

यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग माग

आर्थिक, समाचार
काठमाडौं। पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग माग गरेका छन्। बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। महासंघले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेकोले यातायात भाडा बढाउनु पर्ने माग राखेको छ। चैत तेस्रो हप्तासम्म भाडा नबढाए ब्यवसायीहरु सवारी साधन थन्क्याउन बाध्य हुने महासचिव सिटौलाले बताए। महंगी बढे पनि २०६९ सालदेखि हालसम्म भाडा समायोजन नै नभएकोले भाडा समायोजन गर्न महासंघले सरकारलाई आग्रह समेत गरेको छ। ...