आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

भेनस नेसनल कलेजकी रजनी श्रेष्ठलाइ सुन्ताखान युवा क्लब द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला दौडको महिला तर्फको उपाधि

भेनस नेसनल कलेजकी रजनी श्रेष्ठलाइ सुन्ताखान युवा क्लब द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला दौडको महिला तर्फको उपाधि

खेलकुद
गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको सुन्ताखान युवा क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष  महिला पुरुष खुल्ला दौड कप प्रतियोगिता  सम्पन्न भएको छ  ।कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन ,नगरपालिकाका पर्यटकीयस्थलको प्रवर्धन  गर्नुको साथै खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले  आयोजित प्रतियोगीता  महिला तर्फको उपाधि भेनस  नेसनल कलेज कक्षा ११ मा अध्ययनरत बिद्यार्थी रजनी श्रेष्ठले जितेकी  छिन । शनिबार सम्पन्न उक्त प्रतियोगितामा करिब ४ किलोमीटर दौड १६ मिनेट ८ सेकेन्डमा पुरा गर्दै उपाधि  हात पारेकी हुन जित संगै उनले नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्र हात पारेकी छिन।  त्यसै गरि प्रतियोगितामा महिला तर्फ नै १७ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै कमला पुरी दितीय र १७ मिनेट ७ सेकेन्डमा दौड ...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको हो । उपाधी होडमा एथ्लेटिको मड्रिडलाई दबाब दिँदै आएको रियल मड्रिडका लागि केरिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ । ...
जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु

समाचार, समाज
जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीन वटा घर पूर्णरूपमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो । ...
विश्व बैंकले  कोरोना भाइरस खोप अभियानमा नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

विश्व बैंकले कोरोना भाइरस खोप अभियानमा नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

अन्तराष्ट्रिय, समाचार
विश्व बैंकले नेपाललाई ८ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा खोपसहित सम्पूणर् व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा समीर अधिकारीले कोरोना भाइरस (को भिड-१९) खोप अभियानसहित समग्र व्यवस्थापनका लागि विश्व बैंकले ८ अर्ब अनुदान सहयोग उपलब्ध गराउन लागिएको बताए । यो अनुदान को भिड खो पसम्बन्धी समग्र क्रियाकलापका लागि खर्च गर्नुपर्ने गर ी दिन लागिएको मन्त्रालयका सह-प्रवक्ता डा. अधिकारीले जानकारी दिए ।यो सर्त रहित भन्दापनि सर्तसहितको अनुदान सहयोग भएको स्वास्थ्य मन्त्रालयको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए । कोरोनासम्बन्धी काममा मात्र लगाउने गरी विश्व बैंकको सहयोग भएको डा गौतमले जानकारी दिए । यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को कोभ्याक्सअन...

चितवनको भण्डारामा मौरीबाट उपचार गर्ने केन्द्र स्थापना गरिदै

शिक्षा
चितवनको भण्डारामा मौरीबाट गरिने उपचार (एपि) थेरापी केन्द्र स्थापनाको काम शुरु भएको छ । मौरीपालन विकास कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका ६ मा केन्द्र स्थापनाको काम शुरु गरिएको हो । प्रदेश सरकारको ५ लाखको लगानीमा पुरानो भवनलाई मर्मत थालिएको र सो केन्द्रमा विभिन्न रोगको उपचार मौरी र मौरीजन्य उत्पादनबाट गरिने छ । अहिले भौतिक संरचना मर्मतको काम भइरहेको कार्यालयका प्रमुख डा. शिव रिजालले जानकारी दिए । उनले भने, अहिले भौतिक संरचना निर्माणको काम भइरहेको छ । केन्द्र सञ्चालन अघि उपचार पद्धति सिकाउने र यसबाट हुने फाइदाको विषयमा जनचेतना जगाउने काम गरिने छ । सो भवनका लागि आवश्यक उपकरणको व्यवस्थासँगै जनतामा सचेतना जगाउने काम भइरहेको छ । यस केन्द्रमा मह, कुट, कुटको चोप, विभेनम (मौरी विष) लगायतको प्रयोग गरी उपचार गरिने छ । रिजालका अनुसार मौरी र मौरीजन्य उत्पादनबाट छाला, नसा, हाडजोर्ने, मानसिक रोगलग...
अझै आएन कोरोना भत्ता

अझै आएन कोरोना भत्ता

समाचार
वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन् । वीरगन्जस्थित नारायणी अस्पताल र त्यसमातहत सञ्चालन गरिएका कोभिड १९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भत्ताबापतको रकम अस्पतालको खातामा दुई महिनाअगावै पठाएको भए पनि आफूहरूले नपाएको उनीहरूको भनाइ छ । साउनदेखि कात्तिकसम्म चार महिनाको भत्ता नपाएको भन्दै उनीहरू आन्दोलित पनि भएका छन् । उनीहरूले बिहीबार अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । अस्पताल प्रशासनले भत्ता वितरण नगरेकाले विरोधमा उत्रनुपरेको डा. उदयनारायण सिंहले बताए । अस्पतालको लेखा शाखाले मागेको सम्पूर्ण कागजात बुझाइसके पनि भत्ता वितरण नगरिएको सिंहको गुनासो छ । नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड १९ अस्पताल...
२० लाख मात्रा खोप दुई साताभित्र नेपाल भित्रने

२० लाख मात्रा खोप दुई साताभित्र नेपाल भित्रने

समाचार
कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो तर त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो । अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइनेछ । किस्ताबन्दीमा कहिले पठाउँछ भन्ने विषय तय नरहेको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उ...
राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–बंगलादेश सम्बन्ध नवयुगमा प्रवेश गर्ने अपेक्षा

राष्ट्रपति भण्डारीको भ्रमणले नेपाल–बंगलादेश सम्बन्ध नवयुगमा प्रवेश गर्ने अपेक्षा

समाचार
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेपछि राष्ट्राध्यक्षको तहमा पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही चैत ९ र १० गते हुन लागेको बङ्गलादेशको राजकीय भ्रमणलाई दुवै देशका जनताले उत्सुकताका साथ नजिकबाट नियालिरहेका छन् । नेपालको कूटनीतिक दायरालाई फराकिलो बनाउन तथा दुई देशबीचको राजनीतिक, सांस्कृतिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन भ्रमण फलदायी हुनेमा दुवै देशका नागरिक ढुक्क छन् । समकालीन विश्वले २१ औं शताब्दीको दुई दशक पार गरिसकेको बेला हुन लागेको यो भ्रमणको दूरगामी प्रभाव आपसी सम्बन्धमा सुमधुर बनाउनेतर्फ मात्र केन्द्रित नभई नेपालको राष्ट्रिय समृद्धिका सपना साकार पार्न सहकार्य, साझेदारी र सहयोग प्रवर्भनका दृष्टिले पनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । आपसी सम्बन्धको नवीकरण तथा पारस्परिक सहकार्य र साझेदारीका नयाँ क्षेत्रहरू पहिल्याउन उच...
आज चैत ७ गते शनिवारको राशिफल

आज चैत ७ गते शनिवारको राशिफल

राशिफल
आज विक्रम सम्बत २०७७ चैत ७ गते शनिवार । इश्वी सम्बत २०२१ मार्च २० तारिख । नेपाल सम्वत् ११४१ चिल्लाथ्व । फाल्गुण शुक्लपक्ष सप्तमी , २७:३४ बजे उप्रान्त अष्टमी । रोहिणी , १३:५७ बजे उप्रान्त मृगशिरा । करण: गर १४:४४ बजेदेखि वणिज , २७:३४ बजे उप्रान्त वालव । योग : प्रीति , ०९:३७ बजे उप्रान्त आयुष्मान् । आज सूर्योदय बिहान ६ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ– मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दान...
राष्ट्रिय निकुञ्जमा नेपाली सेनाका हजारौँ गस्ती

राष्ट्रिय निकुञ्जमा नेपाली सेनाका हजारौँ गस्ती

समाचार
राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ । प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित सेनाका आठ गण र सात गुल्मक...