आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

मेलम्चीको पानी एक जनालाई ७५ लिटर

मेलम्चीको पानी एक जनालाई ७५ लिटर

समाचार
खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ । यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो ।२०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ । दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए । कान्तिपुर दैनिकबाट ...
आज चैत १० गते मंगलबारको राशिफल

आज चैत १० गते मंगलबारको राशिफल

राशिफल
मेष – मान प्रसिद्धि बढ्लान् । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हास विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । विजय मिल्नेछ । आरोग्यता बढ्ला । बृष – अन्न धन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ । मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । उच्चाधिकारीको साथ मिल्ला । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला...
आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

राजनीति, समाचार
आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सरकारले दुईवटा वार्षिक प्रतिवेदन पेश गर्दैछ । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदनहरु र महान्यायधिवक्ताको आर्थिक वर्ष २०७६, ०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बोलाइएको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७ पनि पेश गर्ने सम्भावित कार्यसूचिमा उल्लेख गरिएको छ । ...
भेनस नेसनल कलेजद्वारा ‘हार्टेनिंङ मिट’ २०२१ भब्य रुपमा सम्पन्न

भेनस नेसनल कलेजद्वारा ‘हार्टेनिंङ मिट’ २०२१ भब्य रुपमा सम्पन्न

शिक्षा
काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ भब्य रुपमा सम्पन्न भएको छ। चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गणतान्त्रिक नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झा रहेका थिए । भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष खड्क बहादुर बस्नेत, लगायत बिभिन्न बिध्यालयका संचालक प्रिन्सिपल शिक्षक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता...
आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा

आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको  थियो ।  नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख  बराबरको कारोबार भएको छ । आज बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । आज अप्पर तामाकोशी र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।  ...
पुष्पकमल दाहाल,चिनियाँ राजदूत होउ यान्छी र माधव कुमार नेपालबीच भेटवार्ता

पुष्पकमल दाहाल,चिनियाँ राजदूत होउ यान्छी र माधव कुमार नेपालबीच भेटवार्ता

राजनीति, समाचार
 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमाले भित्रको अन्तर्विरोध उत्कर्षमा पुगेको समयमा वरिष्ठ नेता नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि खुमलटार पुगेका हुन् । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको स्रोतको भनाइ छ । नेकपा एमालेमा माधव नेपालहरुलाई अध्यक्ष ओलीले पेलिरहेको भन्दै केही समय अघि मात्र प्रचण्डले नेता नेपालले एमालेलाई कव्जा गर्ने वा विद्रोह गरेर आफूहरुबीच एकता हुने बताएका थिए । एमालेमा नेता नेपाल पक्षले प्रचण्डले भनेजस्तै कव्जा गर्ने अवस्था भने नबन्ने देखिएको छ । अध्यक्ष ओलीले नेता नेपाल समुहसँग छलफल र सरसल्लाह गर्ने भन्दा पनि पेलेरै अघि बढ्ने संकेत गरेका छन् । एमाले र माओवादी केन्द्रको एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा...
राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको शिष्टाचार भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको शिष्टाचार भेटवार्ता

अन्तराष्ट्रिय, समाचार
बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज (सोमवार) राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै त्यहाँका विदेशमन्त्री डा.मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यहाँ पुगेकी हुन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निग...
(नेप्से)मा साताको पहिलो दिन आज  उत्साहप्रद बृद्धि

(नेप्से)मा साताको पहिलो दिन आज उत्साहप्रद बृद्धि

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) उत्साहप्रद बृद्धि देखिएकोे छ । नेप्सेका अनुसार आज नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको छ ।  आज करिब ६ अर्ब बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । ...
राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणमा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने

राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणमा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने

राजनीति, समाचार
राष्ट्रपति विद्यादेवीको दुईदिने बंगलादेशको भ्रमणको क्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ । सोमवारदेखि हुने राष्ट्रपति भण्डारीको दुईदिने बंगलादेशको भ्रममा विभिन्न १३ वटा सम्झौता पत्रमा हस्ताक्षर हुने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने- ‘भ्रमणका क्रममा विभिन्न १३ वटा सम्झौतापत्रमा हस्ताक्षर गरिने छ । भ्रमणका सांस्कृतिक सम्बन्ध, पर्यटन, कृषी तथा पशुपंक्षी र विषादीको क्षेत्रमा सम्झौता गर्ने निर्णय भएको छ । रेलवे, रोड सडक, यातायात र बन्दरगाहलाई नेपालसँग जोड्ने विषयमा छलफलह हुने र बंगलादेशले नेपालमा विद्युत खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुनेछ ।’ राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमवार बंगलादेश प्रस्ताथ गर्नेछिन् । भने मंगलवार स्वदेश फर्किने कार्यक्रम रहेको छ । ...
स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह: जिल्ला प्रशासन कार्यालय काठमाडौं

स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह: जिल्ला प्रशासन कार्यालय काठमाडौं

समाचार, समाज
 जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ को जोखिम कायम रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर होली खोल्न आग्रह गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कोभिड–१९ को जोखिम कायमै रहेकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर होली मनाउन आग्रह गरिएको बताए । उनले चाडपर्व मनाउने नाममा कुनैपनि अवाञ्छित गतिविधिहरु नगर्न पनिसचेत गराएका छन् । कसैको इच्छाविपरित रङ हान्ने, लोला तथा पानी छ्याप्ने, नसालु पदार्थ खाने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, सार्वजनिक ठाउँमा होहल्ला गर्ने जस्ता व्यक्तिको जीवनमा असर पर्नेखालका कार्यहरु नगर्न प्रशासनले सचेत गराएको हो । यस्तो गतिविधि कसैले गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।यसवर्षको होली पर्व उपत्यकासहित पहाडी क्षेत्रमा चैत १५ र तराई भेगमा १६ गते परेको छ । विगत...