आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन

आर्थिक, समाचार
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन चैत १० गते साझ ५ बजेसम्म १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो । कम्पनीले चैत ६ गतेदेखि आम सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता शेयर सार्वजनिक निष्कासमा ल्याएको हो । सर्वसाधारणका लागि छुट्याएको कुल २९ लाख कित्ता आईपीओमध्य ५८ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ४५ हजार सामूहिक लगानीकोषको लागि बाँडफाँट गरी बाँकी शेयर सार्वजनिक निष्कासन गरेको हो ।  आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी...
आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा

आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा

आर्थिक, समाचार
 नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) दोहोरो अंकले घटेको छ । हिजो बुधबार नेप्से नेप्से ४१.३६ अंकले बढेर दुई हजार पाँच सय ७० दशमलब ३१ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार आज नेप्से २१.२९ अंकले घटेर दुई हजार पाँच सय ४८ दशमलब ९७ विन्दुमा थामिएको छ भने आज ६ अर्ब ४० करोड ३३ लाख बराबरको कारोबार भएको छ ।   आज कारोबार भएका एउटा समूहमध्ये तीन समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सर्वाधिक शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागीरी हिल्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र वोमी लघुवित्त वित्तिय संस्था रहेका छन् ।    ...
नेपालमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन। बुधबार ३ हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन्। यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा १९, दाङमा ६, मोरङ र रुपन्देहीमा ४र४ जना संक्रमित थपिएका छन्। कोरोना संक्रमण बढ्न थालेका बेला परीक्षण संख्या भने घटेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको मन्त्रालयले जनाएको छ। ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष निकालेको छ। छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई बिहीबार ८ बुँदे सुझाव दिएको हो । मन्त्रालयले मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने जनाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर...
भेनस नेसनल कलेजद्वारा  अल्ट्रा धाविका मिरा राइलाई भेनस खेलकुद सेवा  २०७७ बाट सम्मानित

भेनस नेसनल कलेजद्वारा अल्ट्रा धाविका मिरा राइलाई भेनस खेलकुद सेवा २०७७ बाट सम्मानित

शिक्षा
काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई  सम्मान गरेको छ  । चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजित  एक कार्यक्रमका बीच गणतान्त्रिक नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले भेनस पब्लिक स्कुल को तर्फ बाट उक्त व्यक्तित्वहरुलाई सम्मान गरेका हुन्।असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति अनुसार अघि बढिरहेको क्याम्पसले लामो समय देखि समाजलाई बिभिन्न क्षेत्रबाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरेको हो। भेनस नेसनल कलेज  भेनस खेलकुद सेवा सम्मान २०७७ बाट अल्ट्रा धाविका मिरा राइलाइ सम्म...
भेनस नेसनल कलेजको ब्रान्ड एम्बेसडरमा गायक संगीतकार तथा कम्पोजर थानेश्वर गौतम

भेनस नेसनल कलेजको ब्रान्ड एम्बेसडरमा गायक संगीतकार तथा कम्पोजर थानेश्वर गौतम

शिक्षा
काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ कार्यक्रममा  भेनस नेसनल कलेजको ब्राण्ड एम्बेसडरको रुपमा चरिचित गायक संगीतकार तथा कम्पोजर थानेश्वर गौतमलाइ चयन गरिएको छ  । चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजित  एक कार्यक्रमका बीच  भेनस पब्लिक स्कुलका अध्यक्ष पेमाछिरी शेर्पा र  कलेज प्रमुख कृष्ण गौतमले उनलाई कलेजको तर्फ बाट  उनलाई एम्बेस्डरको रुपमा सम्मानित गरेका हुन्। ।असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति अनुसार अघि बढिरहेको क्याम्पसले लामो समय देखि समाजलाई बिभिन्न क्षेत्रबाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई समेत  सम्मान गरिएको ...
शरणार्थी शिविरमा भीषण आगलागी, एक हजार घर जलेर नष्ट

शरणार्थी शिविरमा भीषण आगलागी, एक हजार घर जलेर नष्ट

अन्तराष्ट्रिय
एजेन्सी । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएका छन् ।आगलागीबाट केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भने भएको छैन । बंगलादेशको काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँसका र काठको रहेका कारण आगलागी नियन्त्रणमा लिन निकै समय लागेको थियो । ११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो । म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए ।यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमको व्यवस्था गरिदिएको छ । ...

चीनबाट फर्केका डेढ सय विद्यार्थीको एमबीबीएस अधुरै

समाचार
कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थी इन्टर्नसिप पूरा गर्न नपाउँदा समस्यामा परेका छन् । चीन फर्कने ग्यारेन्टी नभएकाले बाँकी इन्टर्नसिप नेपालमै पूरा गर्न पाउनुपर्ने उनीहरूको माग छ । विभिन्न विश्वविद्यालयका १ सय ५२ विद्यार्थीले इन्टर्नसिप सुनिश्चितताको माग गर्दै सोमबारदेखि नेपाल मेडिकल काउन्सिलमा धर्ना सुरु गरेका छन् । ‘मेरो ४ महिना मात्र इन्टर्नसिप बाँकी छ, विश्वविद्यालय र दूतावासले कहिले चीन बोलाउँछन्, थाहा छैन,’ छात्रा मिमांशु खतिवडाले भनिन्, ‘पढाइ पूरा गरेर काम थाल्नुपर्ने बेला अनिश्चित भएर बस्नुपरेको छ ।’ उनका अनुसार ३ देखि १० महिनासम्म इन्टर्नसिप अवधि बाँकी भएका छात्रछात्रा बिचल्लीमा परेका छन् । गत वर्ष चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएपछि त्यहाँका नेपाली विद्यार्थी फागुनमा स्वदेश फर्किएका थिए । एमबीबीएस पढाइको अन्तिम एक वर्ष इन्टर्नसिप गर्नुपर्...
कोरिया जाने श्रमिकको कोटा संकटमा : प्रक्रिया पूरा गरेका ८ हजार नेपाली १३ महिनासम्म जान पाएनन्

कोरिया जाने श्रमिकको कोटा संकटमा : प्रक्रिया पूरा गरेका ८ हजार नेपाली १३ महिनासम्म जान पाएनन्

समाचार
सरकारले पर्याप्त पहल नगर्दा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया जाने प्रक्रिया पूरा गरेर बसेका ८ हजार नेपालीको कोटा नै गुम्ने खतरा बढेको छ । गत वर्ष फागुनमै कोरियाली भाषा परीक्षा पास गरेर बसेका ८ हजार नेपालीलाई कोरियाका विभिन्न कम्पनीले कामको स्वीकृत दिइसकेका थिए । तर, कोभिड–१९ पछि रोकिएका उनीहरू अहिलेसम्म पनि जान पाएका छैनन् । भाषा परीक्षा पास गरेका थप ४ हजार नेपालीको कोरिया जाने प्रक्रिया नै सुरु हुन पाएको छैन । रौतहटका सागर प्रसाईं अघिल्लो सालको फागुनमै छनोट प्रक्रिया पूरा गरेर कोरिया उड्न ठिक्क परेका थिए । तर, कोभिड–१९ का कारण उनी रोकिए । प्रसाईंको कोटा गत मंसिरमा रद्द भयो । ‘विगतमा रद्द भएर पुनः मार्चमा छनोटमा परेको छु, अझै जाने टुंगो छैन,’ प्रसाईंले भने । कोरिया भाषा पास र अन्य प्रक्रिया पूरा गर्न कम्तीमा ५ वर्षको मिहिनेत पर्ने बताउँदै अहिले जान नपाए आफ्नो सबै सपना गुम...

२०७८ सालको सार्वजनिक बिदाको सूची, कटौती भएका बिदा समेत थपिए (सूची)

समाचार
सरकारले आउँदो वर्ष २०७८ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमा समेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ । प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो । यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ ।किराँत, राईहरुको उभौली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसारलगायत विभिन्न ल्होसार पर्वमा पनि बिदा हुने भएको छ । यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जा...