आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आकस्मिक रुपमा हिँडेका यात्रु र सवारी अलपत्र

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध, आकस्मिक रुपमा हिँडेका यात्रु र सवारी अलपत्र

समाचार
भदाै २६चितवन । पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक आज बिहान ८ बजेतिर पहिरो खस्दा सडकखण्ड अबरुद्ध बनेको हो । सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै अलपत्र बनेका छन् । अहिले सडक खुलाउन प्रयास भैरहेको प्रहरीले जनाएको छ । ...
आकासियो आलुको मूल्य

आकासियो आलुको मूल्य

आर्थिक
भदौ २६ काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवा बुङकुलुङ भोटेगाउँका क्रिक्या शेर्पाले भदौ दोस्रो साता सुवास आचार्यलाई ९० किलो आलु बेचे । घरमै आएका उनलाई प्रतिकिलो ८० रुपैयाँमा दिए । उसिनेर खान मिल्ने किसिमका ठुल्ठूला दाना आलु पाएका आचार्य सदरमुकाम फुङलिङको तोक्मेडाँडामा प्रतिकिलो एक सय रुपैयाँ पुगेपछि खरिदका लागि यहाँ पुगेका थिए । नजिकैको सदरमुकाममा किलोको २० रुपैयाँ बढी भएपछि क्रिक्याले पनि भदौ तेस्रो सातादेखि आलुको मूल्य बढाएका छन् । गाउँसमाजमा सबैले बजार मूल्यअनुसार बेच्नुपर्ने बताएपछि समान बनाइएको उनले बताए । ‘घरमै आउनेलाई एकदुई पैसा त कम भइहाल्छ नि,’ उनले भने, ‘तर यति नजिकै किलोकै २० रुपैयाँ धेरै नै फरक भयो । त्यसैले एक सय नै भन्न थालेका छौं ।’ आलुको पकेट क्षेत्र बुङकुलुङको दूरी सदरमुकाम फुङलिङबाट नौ किलोमिटर छ । ८ किलोमिटर पक्की सडक छ । एक किलोमिटर मात्रै कच्ची छ । आल...
रुस, चीन र इरानका ह्याकरको निशानामा अमेरिकी चुनाव

रुस, चीन र इरानका ह्याकरको निशानामा अमेरिकी चुनाव

अन्तराष्ट्रिय
भदाै २६ । रुस, चीन र इरानसँग साँठगाँठ रहेका ह्याकरहरुले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति तथा समूहलाई निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ । सन् २०१६ को चुनावमा दखल दिएका रुसी ह्याकरहरु फेरि यसपटक पनि सक्रिय भएको माइक्रोसफ्टको भनाई छ। रुसी ह्याकरले चार वर्षअघि डेमोक्र्याटिक चुनावी अभियानलाई निशाना बनाएका थिए र अहिले पनि सोही प्रकृतिको गतिविधि देखिन थालेको माइक्रोसफ्टको भनाई छ । विदेशी समूहहरु अमेरिकी चुनावमा दखल दिन सक्रिय बनेको स्पष्ट भएको माइक्रोसफ्टले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा आएका हुन् । रुसी ह्याकरले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित २०० भन्दा बढी संस्थालाई निशाना बनाइरहेको माइक्रोसफ्टले जारी गरेको वक्तव्यमा उल्लेख छ । सोही समूहका साइबर आक्र...
सर्वोच्चले भन्यो, ‘उच्च जोखिमका कैदीबन्दीलाई छुट दिनू’

सर्वोच्चले भन्यो, ‘उच्च जोखिमका कैदीबन्दीलाई छुट दिनू’

समाचार
भदाै २६ काठमाडौं। सर्वोच्च अदालतले कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गत साउन १९ गते जारी गरेको आदेशको बिहीबार सार्वजनिक गरिएको पूर्णपाठमा कारागारको भीडभाड कम गर्न नाजुक अवस्थाका बालबालिका, गर्भवती, दुध खुवाइरहेका महिला तथा जटिल स्वास्थ्य समस्याका कैदीलाई प्राथमिकताआधारमा छुटको निर्णय गर्न भनिएको छ । “कैदीबन्दीको अवस्थाको अत्यन्त सतर्कतापूर्वक पहिचान गरी निजहरुको स्वास्थ्यमा हुने जोखिमतासँग कसूरको प्रकृती र सार्वजनिक सुरक्षासमेतलाई ध्यानमा राखी दुवैबीच सन्तुलन कायम गरी संक्रामक रोग ऐन, २०२० को दफा २ प्रयोग गरी अहिले महामारी रोकथामको लागि नेपाल सरकारबाट आदेश तथा निर्णयहरु भैरहेको सन्दर्भ छ”, पूर्णपाठमा भनिएको छ, “त...
भदौ ३१ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने भक्तपुर नगरपालिकाको निर्णय

भदौ ३१ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने भक्तपुर नगरपालिकाको निर्णय

समाज
भदाै २६ भक्तपुर । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने भनी निर्णय गरेका थिए । नगर प्रमुख प्रजापतिको अध्यक्षतामा भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर घरेलु तथा साना उद्योग संघका प्रतिनिधिहरूसँग बसेको बैठकले सुरक्षाका उपाय अपनाउन व्यवसायीलाई आग्रह गरेको छ । व्यवसायीहरुले मास्क, पञ्जा लगाइ शारीरिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा नीति अपनाएर मात्रै व्यापार व्यवसाय गर्नु पर्ने नगर प्रमुख प्रजापतिको भनाई छ । कोरोनाभाइरस (कोभिड १९) रोग काठमाडौँ उपत्यका लगायत विभिन्न सहरहरूमा दैनिक सयौँको सङ्ख्यामा संक्रमितहरू बढिरहेको नगरबासीलाई सचेत हुन आग्रह गरिएको छ । भक्तपुर नगर क्षेत्रमा २ सय ...
सीपीएल उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

सीपीएल उपाधि ट्रिनबागो नाइट राइडर्सलाई

खेलकुद
भदौं २६ काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ ।गए राति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि जितेको हो । ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भयो । लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो । उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए । ...
आज शुक्रबारः के गर्दा मिल्छ लक्ष्मी माताको कृपा ?

आज शुक्रबारः के गर्दा मिल्छ लक्ष्मी माताको कृपा ?

राशिफल
भदाै २६ काठमाडाैं । हिन्दू शास्त्रमा हरेक काम गर्दा समय बार र स्थानको विशेष महत्व हुने गर्दछ। कुन बार के काम गर्दा शुभ मिल्छ र के काम गर्दा अशुभ हुन्छ भन्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रका अनुसार शुक्रबारका दिन लक्ष्मीको पूजा गर्नु राम्रो मानिन्छ। लक्ष्मीको पूजा गर्दा घरमा धन तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। आउनुहोस् जानौँ शुक्रबार के गर्दा शुभ फल मिल्छ शुक्रबार राति लक्ष्मीमाताको पूजा गर्दा भगवान विष्णुको पनि पूजा गर्न आवश्यक छ । तपाईँ श्रीयन्त्र वा अष्टलक्ष्मीको तस्वीर पनि स्थापना गर्नसक्नुहुन्छ । यसपछि कपूरको आरती गर्ने र घरभरि नै कपुर जलाउनुपर्छ यसले नकारात्मकता समाप्त हुन्छ । यसपछि कपुरलाई तुलसीसँग राखिदिनुुहोस् । यसो गर्दा लक्ष्मीका साथै भगवान विष्णुको पनि आशीर्वाद मिल्नेछ । शुक्रबार राति घरमा खीर बनाउन आवश्यक छ र यो सबै परिवारले ग्रहण गर्नुपर्छ ...
आज नेकपा स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज नेकपा स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

राजनीति
भदाै २६ काठमाडौं । आन्तरिक विवादका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि बैठक बस्न सकेको छैन । पार्टी भित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।सोही अनुसार आज स्थायी कमिटीको बैठक बस्ने भएको हो । विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउन पनि अध्यक्षद्धयबीच सहमति भएको छ । ...
चट्याङ लागेर युवाको मृत्यु

चट्याङ लागेर युवाको मृत्यु

समाचार
भदाै २५ काठमाडाैं । बागलुङको ताराखोलामा बुधबार राति चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई उपचारका लागि गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा लगिएको थियो । उनलाई स्वास्थ्यकेन्द्रमा लगेकै समयमा मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताउनुभयो । चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । ...
नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने सरकारको निर्णय

नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने सरकारको निर्णय

समाचार
भदौ २५ काठमाडौँ । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्रीबीच आज भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङ्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित उडान शुरु भएका मुलुकबाट आवश्यकताका आधारमा यात्रु ल्याउन सकिनेछ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ । श्रम कल्याणकार...