आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

समाचार
भदौं २६ ललितपुर। ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ ।काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा कोरोना संक्रमण बाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन । ...
कोरोनाको रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

कोरोनाको रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

समाचार
भदौ २६ काठमाडौ । भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको हो। त्यतिबेला आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। तर, रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीलाई जिम्मा लगायो। घटना २ यही भदौ ६ मा मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको राति मृत्यु भयो। एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए। तर, उनमा कोरोना संक्रमण भएको दाहसंस्कार गर्न घाट लैजाने बेलामा मात्रै थाहा भयो। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो। घटना ३ भदौ २० मा मोरङका एक पुरुषको दा...
ओसामा बिन लादेनका परिवारले ट्रम्पलाई चुनावमा सघाउने

ओसामा बिन लादेनका परिवारले ट्रम्पलाई चुनावमा सघाउने

अन्तराष्ट्रिय
भदाै २६ काठमाडौ । कुख्यात आतंकवादी संगठन अल कायदाका संस्थापक अमेरिकी सेनाद्वारा मारिएका ओसामा बिन लादेनका परिवारका सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पदावधिका लागि सघाउने भएका छन ।ओसामाकी भतिजी नूरले ट्रम्पलाई समर्थन गर्ने बताएकी छिन । अल कायदाले अमेरिकाको जुम्ल्यहा गगनचुम्बी महलमा विमान ठोकाएर गराएको हमलाका बेला नूर १४ वर्षकी थिइन । अल कायदाका नेताहरुले पूर्व राष्ट्रपति बराक ओबामालाई मार्न खोजेको दाबी समेत उनले गरेकी छिन ।ट्रम्पले अमेरिका मात्रै होइन पश्चिमा सभ्यतालाई जोगाउने भएकाले आफूले उनलाई सहयोग गर्ने नूरले बताएको अन्तर्राष्ट्रिय माध्यमहरूले समाचार सार्वजनिक गरेका छन । साउदी अरबको शाही परिवारको एक खेमाको रुपमा रहेको बिन लादेन परिवारलाई सम्पत्तिशाली परिवारको रुपमा हेरिन्छ ।नूरका बाबु जेनेभास्थित साउदी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष हुन ।नूरकी आमाले आफूले ओसा...
बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार

बेरोजगार युवालाई ऋण, प्रत्येक छात्राको खातामा वार्षिक चार हजार

आर्थिक
भदाै २६ काठमाडौं : कोभिड–१९ को महा मा’रीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरपालिका भित्र बेरोजगार रहेका युवालाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ। बेरो जगार युवालाई स्थानीय स्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निब्र्याजी रु तीन लाख ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगर सभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्य क्रम’ आजदेखि कार्यान्वनमा ल्याइएको हो । नगरप्रमुख सोमप्रसाद मिश्रले भने, “नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौँ, स्थानीय तहमा यो नेपालमा नै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत ब्याजमा ऋण प्रवाह गर्दै स्थानीयस...
काठमाडौँलाई रक्सौलसम्म जोड्ने रेलमार्ग निर्माणको डीपीआरका लागि भारतले माग्यो अनुमति

काठमाडौँलाई रक्सौलसम्म जोड्ने रेलमार्ग निर्माणको डीपीआरका लागि भारतले माग्यो अनुमति

राजनीति
भदौ २६ काठमाडौं।काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ। अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेको हो। रेल विभागका महानिर्देशक बलराम मिश्रले डीपीआर तयार गर्न भारतबाट केही दिनअघि औपचारिक चिठी आइसकेको बताए। त्यसको जवाफसमेत पठाइएको जानकारी उनले दिएको खबर आजको गोरखापत्रमा भउचप्रसाद यादवले लेखेका छन। डीपीआरका लागि कतिजना जनशक्ति आउने र के के सामग्री ल्याउने भन्नेबारेमा जवाफ पठाइसकेका छौँ, मिश्रले स्पष्ट पारे। कोङ्कर्ण रेल्वे कर्पोरेसनले यसअघि नै सो रेलमार्गको प्रारम्भिक अध्ययन (प्रिमिनरी इन्जिनियरिङ कम ट्राफिक सर्वे, पीईटी) गरी सोको प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको थियो। ...
वडाध्यक्ष हमालको निधन

वडाध्यक्ष हमालको निधन

समाचार
भदाै २६ सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजङ्ग हमालको निधन भएको छ ।एक हप्ता अगाडि घरको छतमा लडेर घाइते भएका हमालको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएर नेपालगञ्ज लगि उपचाररत हमाललाई बिहीबार मात्र काठमाडौँ रिफर गरिएको र काठमाडौँ लैजाने क्रममा नवलपरासीमा मृत्यु भएको उनका भाइ बबरजंग हमालले बताए। मृतक हमालको नेपालगञ्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिने परिवारजनले बताएका छन्।गत भदौ १९ गते हमाल छतबाट लडेर घाइते भएका थिए। ३७ वर्षका हमाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए। ...
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

अन्तराष्ट्रिय
भदाै २६ सउल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ ।यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो । यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बो...
चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य
भदाै २६ चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड ९१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा।नीतु अधिकारीका अनुसार नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको हाे । ...
डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर

डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर

समाचार
भदाै २६ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो ।  प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए । चालक निदाएका कारण दुर्घटना...
कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक

कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक

अन्तराष्ट्रिय
भदाै २६ काठमाडाैं । कतारको आन्तरिक मन्त्रालयले आगामी सेप्टेम्बर १३ अर्थात् आइतबारदेखि लागू हुने गरी कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी बर्दी समितिका अध्यक्ष ब्रिगेडियर जनरल अहमद जबर अल-हमिदी र समितिका सदस्य मेजर फहाद सईद अल सुबाईले प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेका हुन् । नयाँ बर्दी कतारको वातावरण र कार्यहरूको प्रकृति अनुरूप आधुनिक र शास्त्रीय शैलीहरूको संयोजनलाई ध्यानमा राखेर अरब सभ्यता झल्काउँने गरी डिजाइन गरिएको जनाइएको छ । नयाँ बर्दीलाई आधिकारिक बर्दी, ड्यूटी बर्दी , क्षेत्र बर्दी , विशेष क्षेत्र बर्दी , प्रशिक्षण बर्दी र विशेष मिसन बर्दीमा वर्गीकृत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यो बर्दी सार्वजनिक यातायातको सुरक्षा, एयरपोर्ट सुरक्षा, ट्राफिक पेट्रोल र स्टेडियम सुरक्षा विभागका साथै महिला पुलिस अधिकारीहरूको लागि डिजाइन गरिएक...