बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: तथ्यखबर

काठमाडौं उपत्यकामा थपिए ६९६ संक्रमित, १ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए ६९६ संक्रमित, १ जनाको मृत्यु

स्वास्थ्य
भदाै २६ काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२८ महिला र ४६८ पुरुष गरी थप ४६४ कोरोना संक्रमित थपिएका हुन्। आज काठमाडौंमा ६२० (१९४ महिला, ४२६ पुरुष), भक्तपुरमा ३८ (१७ महिला, २१ पुरुष), ललितपुरमा ३८ (१७ महिला, २१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षिय पुरुष रहेका छन्। उपत्यकामा बिहिबार ५७६ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार ४५४ जनामा कोरोना संक्रमण देखिएको छ। ...
एकै घारीमा तीन सय बढी केराका कोसा

एकै घारीमा तीन सय बढी केराका कोसा

समाचार
भदाै २६ काठमाडाैं । पाल्पा रामपुर नगरपालिका वडा नं ६ स्थित प्याक्लुकको एक घरमा एकै घारीमा तीन सय बढी केराका कोसा । तस्वीर , सुशीला रेग्मी, रासस
कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रबासमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने

कागेश्वरी मनोहरा नगरपालिका ३ भद्रबासमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने

समाज
भाद्र २६ काठमाडौँ ।  कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न सहयोग पुगोस भनेर कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित मनास्लु वल्ड स्कुलमा भाद्र २७ गते शनिबार आकस्मिक रक्तदान हुने भएको छ। रोटरी क्लब अफ काठमाडौं नर्थको आयोजना तथा बिभिन्न संघ संस्था आयोजक रहेको बिहान १० बजे देखि १ बजे सम्म  सुरक्षित तरिकाले आकस्मिक रक्तदान कार्यक्रम आयोजना  गर्न लागिएको आयोजकले जनाएको छ । रोटरी क्लब अफ काठमाडौं नर्थ आयोजक रहको सो कार्यक्रममा जया मल्टिपल क्याम्पस माकलबारी, बाल संसार सेकेन्डरी स्कुल माकलबारी मनास्लु वल्ड स्कुल भद्रबास , त्रिबेणी युवा क्लब भद्रबास ,हजुरको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, त्रियोकाब बचत तथा ऋण सहकारी संस्था सह आयोजक रहेर गर्न लागिएको सो कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेका छन। ...
विश्वका १ सय प्रभावशाली फुटबलरको सूची सार्वजनिक, उत्कृष्ट एक नम्बरमा मेसी

विश्वका १ सय प्रभावशाली फुटबलरको सूची सार्वजनिक, उत्कृष्ट एक नम्बरमा मेसी

खेलकुद
भदाै २६ काठमाडाैं । विश्व फुटबलको नियामक निकाय फिफाले गत सिजनको प्रदर्शनलाई आधार मानेर विश्वका १ सय प्रभावशाली फुटबलरको सूची सार्वजनिक गरेको छ ।जसमा पहिलो नम्बरमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेसी छन् । दोश्रो नम्बरमा युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो, तेश्रो नम्बरमा बार्यनम्यूनिखका पोल्याण्ड स्टार रोबर्ट लेवान्डोस्की, चौथोमा म्यानचेष्टर सिटीको स्टार मिडफिल्डर केभिन डे बू्रईने तथा पाँचौं नम्बरमा पिएसजीका ब्राजिलियन स्टार नेयमार छन् । सूचीको अन्तिममा ब्रोयसिडा डर्टमण्डबाट खेल्ने नर्वेका युवा स्टार अर्लिगं हल्याण्ड छन् । यस्तो छ सूची १ लियोनल मेसी २ क्रिष्टियानो रोनाल्डो ३ रोवर्ट लेवान्डोस्की ४ केभिन डे बु्रइृने ५ नेईमार ६ जान ओ ब्लेक ७ भिर्जिल भान डाईक ८ केलियन एम्बाप्पे ९ मोहम्मद सलाह १० साडियो माने ११ मार्क आन्द्रेस ट...
झापा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प

झापा केन्द्रविन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प

समाचार
भदाै २६ काठमाडौं । झापा केन्द्रबिन्दू बनाएर शुक्रबार बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ ।झापाको बाहुनाँगीअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ९ बजेतिर ५ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार झापासहित पूर्वका अन्य केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । ...
आज सुनकाे मूल्य घट्याे

आज सुनकाे मूल्य घट्याे

आर्थिक
भदाै २६ काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।हिजो प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कोरोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कोरोबार भएको थियो। ...
Gautam Buddha airport sees 92 percent physical progress; gaining technical progress still a challenge

Gautam Buddha airport sees 92 percent physical progress; gaining technical progress still a challenge

समाचार
Sept 11 Kathmandu :The ongoing construction of physical infrastructures of Bhairahawa-based Gautam Buddha International Airport, a national pride project, has almost completed. Only remaining works to be fixed at the airport include installing lights and equipment. With this, the airport has witnessed 92 percent physical progress and 63 percent financial progress. Had there been no COVID-19 pandemic the airport would have come to its final preparation for operating commercial flights. The technical works of the project construction has been delayed at the airport due to COVID-19. However, other physical works did not let up amidst the lockdown. Project Chief of the International Airport Prabesh Adhikari said the technical works are very indeed challenging. Though most of the equipment ...
Plasma bank set up for treatment of critical COVID-19 patients

Plasma bank set up for treatment of critical COVID-19 patients

स्वास्थ्य
Sept 11 Chitwan :The Regional Blood Transmission Centre Bharatpur has started setting up a plasma bank for coronavirus infected people. Centre’s Chief Ramesh Kanta Poudel shared the Centre has collected fresh blood of four coronavirus-recovered patients for depositing plasma. Two units of the plasma have been applied to a COVID-19 patient, he added. Remaining ‘O’ and ‘B’ blood group plasma have been kept in ready condition if needed. Blood groups ‘A’, ‘B’, ‘O’ and ‘AB’ are applied to the human body. Poudel shared that preparation is underway to deposit at least five unit plasma of the four blood groups. The Centre has expedited its preparation to identify the corona-recovered people in and around Chitwan district and request for plasma donation. The Bharatpur Hospital, Chitwan Medi...
सिरहामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

सिरहामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

समाचार
भदौ २६ लहान। सिरहाको गोलबजार नगरपालिका–१० बाट प्रहरीको टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको हो । बरामद भएको बन्दुक वनक्षेत्रमा गस्तीका लागि आएकाहरुले प्रहरीलाई देखेपछि छाडेर भागेको हुनसक्ने प्रहरीको अनुमान छ । (रासस) ...
कोरोना संक्रमितका लागि प्लाज्मा बैंक

कोरोना संक्रमितका लागि प्लाज्मा बैंक

समाचार
भदाै २६ चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्त समूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ । यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो । मानिसको शरीरमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ समूहको रगत चढाइन्छ । पौडेलले चार वटै रक्त समूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको जानकारी दिए । यसका लागि केन्द्रले प्रक्रिया अघि बढाइसकेको छ । चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरी केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ । उनीहरुलाई केही स...