आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कुलमान घिसिङ दोहोरिने निश्चित, प्रस्ताव तयार

कुलमान घिसिङ दोहोरिने निश्चित, प्रस्ताव तयार

राजनीति
भदाै २६ काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ।  ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।  स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्त गर्न राजी भएका हुन् ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिँदै छ । लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् ।  सातौँ तहको इन्जिनियरबा...
परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

परीक्षा सञ्चालनमा सहजीकरण, अत्यावश्यक काममा जान पास

शिक्षा, समाचार
भदाै २६ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल÷आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो । भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो । तोकिएका र सोही प्रकृतिका परीक्षा सञ्चालन गर्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परीक्षा सञ्चलन कार्यविधि २...
बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

बुद्ध एयरले पायो ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड’

समाचार
भदाै २६ काठमाडाैं। विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ। देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो। यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो। बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो। प्रसिद्ध ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड पाउने नेपालको एक मात्र एयरलाइन्स हो। बुद्धले दैनिक आधादर्जन माउण्टेन फलाइट गर्ने गरेको छ। आन्तरिकतर्फ कम्पनीले दैनिक १०० उडानमार्फत छ हजार यात्रु व्यवस्थापन गर्दै आएको छ। बुद्ध एयरसँग आन्तरिक उडानका लागि ११ एटिआर जहाज तथा दुई थान बिचक्राफ्ट जहाज छन्। बुद्धले हाल आन्तरिकतर्फ १३ गन्तब्यहरु भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत त...
Buddha Air bags TripAdvisor Travelers’ Choice Award for third consecutive year

Buddha Air bags TripAdvisor Travelers’ Choice Award for third consecutive year

समाचार
Sept 11 Kathmandu :Buddha Air has won the ‘TripAdvisor Travelers’ Choice Award, 2020′ for the third consecutive year for its excellent service in operating mountain flights. TripAdvisor, the world’s famous travel website, has set up the award. The airline is the only one air service provider in Nepal to bag the award. It operates half a dozen mountain flights and 100 domestic flights on a daily basis. It has 11 ATR aircraft and two Beechcrafts. It operates flights to 13 destinations including Bhadrapur, Biratnagar, Tumlingtar, Janakpur, Simara, Bhairahawa, Bharatpur, Pokhara, Nepalgunj, Dhangadhi, Surkhet-Biratnagar-Tumlingtar and Pokhara-Bhairahawa. In 2018, TripAdvisor put Kathmandu, the federal capital city of Nepal, in world’s best destinations to visit. Likewise in 2019, Kathm...
भर्चुअल मिटिङमा अध्यक्ष कमल थापा

भर्चुअल मिटिङमा अध्यक्ष कमल थापा

राजनीति
भदाै २६ काठमाडाैं ।राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा देशव्यापी नेता तथा कार्यकर्तासँग शुक्रबार आयोजित भर्चुअल मिटिङमा अध्यक्ष कमल थापाबाट कोभिड–१९ को महामारीमा सतर्कतापूर्वक जनताका भावनालाई केन्द्रमा राखेर सेवा गर्न निर्देशन । तस्वीर सौजन्य – राप्रपा सचिवालय-रासस
नेकपाको विवाद सकियो, चैतमा महाधिवेशन हुने

नेकपाको विवाद सकियो, चैतमा महाधिवेशन हुने

राजनीति
भदाै २६ काठमाडौं। गएको असाढ १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि चर्किएको विवाद बिहीबर सम्पन्न भएको स्थायी कमिटी बैठकले अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदन पारित गरेसँगै विधिवत् रुपमा मिलेको छ। नेकपाको बिहीबार बैठक उत्साहपूर्ण रुपमा सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा पार्टी प्रचार विभागका उपप्रमुख सुर्य थापाले जनाएका छन्। बिहीबार सम्पन्न बैठकले अध्यक्षद्वयले पेस गरेको १५ बुँदे प्रस्ताव सर्वसम्मत पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। पारित प्रतिवेदनमा पार्टी भित्रको विवाद समाधान गर्न भन्दै दुई अध्यक्षको भूमिका परिभाषित गरिएको छ। अध्यक्ष ओलीले पाँच वर्ष प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गर्दै त्यसैमा केन्द्रित हुने र अर्का अध्यक्...
यस्तो लफडा परेपछि प्रहरी चौकी पुगीन् युट्युवर सोनिका रोकाया

यस्तो लफडा परेपछि प्रहरी चौकी पुगीन् युट्युवर सोनिका रोकाया

अपराध
भदाै २६ काठमाडौं । बझाङको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाको बारेमा सामाजिक सञ्जालमा जथाभावि लेख्ने विरुद्ध दिपेन्द्र सिंह मुद्दा दायर गरिएको छ । नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्ष बनेका रोकायामाथि नेकपा समर्थक सिंहले विभिन्न आरोप लगाउदै सामाजिक सञ्जालमा अश्लिल र अभद्र प्रकारको स्टाटस लेखेका छन । सिंहले सामाजिक सञ्जालमा अध्यक्ष रोकायालाई बोका भन्दै अपशब्द प्रयोग गरेका छन् । यो सँगै भ्रष्ट्राचार गरेर छोरीका नाममा ४ करोडको घर नामसारी गर्दिएको पनि आरोप लगाइएको वर्खकी छोरी तथा युट्युवर कि छोरी सोनिका रोकायाले बताइन । विभिन्न आरोप लगाउदैँ आफुलाई काम गर्ने बातावरणमा खलल पुुयाएको बर्खले बताए । विभिन्न समयमा विभिन्न आरोप लगाउदैं अश्लिल र अराजक भित्राउने गरेका सिंहले आफुले गाउँमा नकारात्मक किसिमको हल्ला समेत फैलाएको तर सोनिकाले यी सबै आरोपहरु गलत भएको बताइन् । पछिल्...
एमसीसी अनुमोदन गर्ने नेकपा स्थायी समितिको निर्णय

एमसीसी अनुमोदन गर्ने नेकपा स्थायी समितिको निर्णय

राजनीति
भदाै २६ काठमाडाैं ।नेकपा स्थायी समितिको बैठकले अमेरिकासँग आर्थिक सहायता लिने कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) लाई अनुमोदन गर्ने निर्णय गरेको छ।‘एमसीसीलाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ,’ शुक्रबारको स्थायी समिति बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार पार्टीले यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरेको कार्यदलको प्रतिवेदनलाई समेत ध्यान दिई के संशोधन परिमार्जन गर्ने भन्नेबारे निर्णय लिइनेछ।यसबारे पार्टीमा छलफल गरी छिटै निर्णय लिइने उनले बताए।एमसीसीबाट सहयोग लिन गरिएको सम्झौता अनुमोदनका लागि संसदमा दर्ता गरिएको छ। तर सत्तारुढ दल नेकपाकै नेताहरुले त्यसलाई अनुमोदन गर्नै नहुने भनी बिरोध गरेका कारण सो सम्झौता संसदमै रोकिएको छ। ...
उपत्यकामा आइसोलेसन बेड अभाव हुने जोखिम, काठमाडौंमा बेडभन्दा तेब्बर बढी संक्रमित

उपत्यकामा आइसोलेसन बेड अभाव हुने जोखिम, काठमाडौंमा बेडभन्दा तेब्बर बढी संक्रमित

समाज
भदाै २६ काठमाडाैं ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा बिहीबारसम्ममा २ हजार ५ सय ६ जना कोरोना संक्रमित भई आइसोलेसनमा बसेका छन्।तर, उपत्यका तीन जिल्लामा आइसोलेसन बेडको संख्या भने संक्रमितभन्दा ५ सय ५३ कम अर्थात् १ हजार ९ सय ५७ मात्रै छ। उपत्यकामा बिहीबार मात्रै ५ सय ६९ जनालाई संक्रमण पुष्टि भएको थियो। शुक्रबार थप ६ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकामा आइसोलेसन बेड अभाव हुने देखिएको छ। तर, संक्रमितमध्ये आधाजसो होम आइसोलेसनमा बसेकाले अहिले नै अभाव भइनसकेको मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताए। उनले संक्रमित बढ्दै जाँदा थप आइसोलेसन बेड आवश्यक पर्ने भएकाले त्यसको तयारीमा मन्त्रालय रहेको जानकारी दिए। ‘होम आइसोलेसनको अवधारणाले धेरै मानिस अहिले घरमै बसिरहेकाले अभावै चाहिँ भइसकेको छैन,’ ...
नेपालमा भयाभह बन्दै कोरोना, आज एकैदिन १४५४ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा भयाभह बन्दै कोरोना, आज एकैदिन १४५४ जनामा कोरोना संक्रमणको पुष्टि

स्वास्थ्य
भदाै २६ काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १४५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज देशभर १०७०१ जनामा पिसिआर परिक्षण गरिएकोमा १४५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर ९७२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित देशभर ३६६७२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि बिहिबार देशभर १८ सय १७ जनाले कोरोनालाई जितेर घर फर्किएका थिए । ...