आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

ललितपुरका दुई अस्पतालमा थप तीन कोरोना संक्रमितको मृत्यु

ललितपुरका दुई अस्पतालमा थप तीन कोरोना संक्रमितको मृत्यु

समाचार
भदौं २७ काठमाडौं। ललितपुरका दुई अस्पतालमा उपचाररत थप तीन कोरोना संक्रमितको ज्यान गएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमणबाट पाटन अस्पतालमा दुई जना र मेघा अस्पतालमा एक जनाको मृत्यु भएको हो । भदौ १७ देखि पाटन अस्पतालमा उपचाररत भक्तपुरका ९२ वर्षीय पुरुषको शुक्रबार राति पौने १० बजे र भदौ १९ देखि उपचाररत काठमाडौँका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे मृत्यु भएको हो । त्यस्तै ललितपुरकै मेगा अस्पतालमा उपचाररत भक्तपुरमा ३८ वर्षीय पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ती पुरुष शुक्रबार मात्रै अस्पताल भर्ना भएका थिए । ...
उपत्यकामा भीडभाड कम गर्न सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी

उपत्यकामा भीडभाड कम गर्न सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी

समाचार
भदाै २७ काठमाडाैं ।काठमाडौँ उपत्यकामा भीडभाड कम गर्न लागू गरिएको जोरबिजोर प्रणालीअन्तर्गत कलङ्कीमा सवारी साधन सञ्चालन भएनभएको जाँच गर्दै ट्राफिक प्रहरी ।
Gurjo plantation campaign gains ground on Bagmati corridor

Gurjo plantation campaign gains ground on Bagmati corridor

समाचार
Sept 12 Kathmandu:The plantation of Ayurvedic medicinal herb, gurjo, is gaining ground with a belief that the plant is invariably useful for strengthening immune system of the human to fight against the coronavirus infection. As many as 150 saplings of gurjo (Tinospora Sinensis) were planted on the premises of Guheswori-based High-Powered Bagmati Civilization Integrated Development Committee this morning. Bagmati cleanup campaigners including Member of Parliament Krishna Rai and former chief secretary Leelamani Poudel were present in the plantation programme. Likewise, Chief Tax Officer of the Internal Revenue Office Lahan, Kamal Bahadur Rajalwat has produced the saplings of gurjo on the premises of government building and distributed the medicinal plants nationwide. Over 1,000 gurjo ...
भक्तपुरमा एउटै घरमा ३ जना मृत फेला

भक्तपुरमा एउटै घरमा ३ जना मृत फेला

समाज
भदाै २६ काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा एकै घरमा ३ जनाको शव फेला परेको छ।मध्यपुर थिमी नगरपालिका–९ निकोसेरामा एउटा घरभित्र परिवारका ३ जनाको शव फेला परेको हो। प्रहरीका अनुसार घरमा बाबुआमा र छोराको शव भेटिएको हो। ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत अवस्थामा फेला परेका हुन। शवको प्रकृति हेर्दा सबैको केही दिन पहिलेनै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका भाइ सुनिल अधिकारी घरमा पुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको छ।अहिले महानगरीय अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ। ...
अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

अपहरण गरी फिरौती माग्ने तीन जना पक्राउ

अपराध
भदाै २६ काभ्रे- मान्छे अपहरण तथा बन्धक बनाई फिरौती रकम माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पाँचखाल नगरपालिका वडा नं. १२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, सोही ठाउँका २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेशस्थान घर भई हाल धुलिखेल–४ स्थित २८ किलो डेरा गरी बस्ने २१ वषीया उमा परियारलाई प्रहरीले  पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार पाँचखाल–१२ देवभूमी घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई धुलिखेल–४ स्थित २८ किलोमा ४/५ जनाको समूहले अपहरण गरी बन्धक बनाई पचास हजार माग गरेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरिएको हो । आकाश र सविनालाई बिहीवार र उमालाई आज बिहान पक्राउ गरिएको हो । घटनामा संलग्न अरू दुई जनाको खोजी...
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

अन्तराष्ट्रिय, समाचार
भदाै २६ एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने यसअघिको घोषणाबाट पछि नहट्ने बताएका छन् । टिकटकसहितका चिनियाँ एप्सहरू सेप्टेम्बरको १५ तारिखदेखि प्रतिबन्ध लगाउनेबारे यसअघिको निर्णय सोही मितिबाट कार्यान्वयनमा आउने जनाएका हुन् । अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्‍यालीमा जानअघि जोइन्ट बेस एन्ड्रयुमा ट्रम्पले यस्तो धारणा राखेका हुन् । चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि प्रतिबन्ध लगाइसकेको छ । ...
‘फुटपाथ पसल र ठेला व्यापार’मा पूर्ण प्रतिबन्ध लगाउन काठमाडौं महानगरपालिकाको माग

‘फुटपाथ पसल र ठेला व्यापार’मा पूर्ण प्रतिबन्ध लगाउन काठमाडौं महानगरपालिकाको माग

समाचार
काठमाडौं ,भाद्र २६।‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराएकी छन  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते जारी गरेको आदेशको, सञ्चालन गर्न सकिने क्रियाकलाप अन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक र इलेक्टोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिनेछ ।’ भनिएको छ । आज जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेर उपमेयर खड्गी श्रेष्ठले — यस बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनः आदेश जारी गर्न ध्यानाकर्षण गराएकी छन  । त्यस क्रममा उनले भनिन   — ‘महानगरले बार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय ...
ओमानबाट आज ८३० नेपाली घर फिर्ता

ओमानबाट आज ८३० नेपाली घर फिर्ता

समाचार
भदाै २६ काठमाडाैं ।नेपाली राजदूतावास, ओमानले पाँचौं उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई आज नेपाल पठाएको छ। यात्रु तथा चालक दलका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ। कोभिड –१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० नेपालीलाई नेपाल फिर्ता गराइसकिएको जनाइएको छ। आजको उडानबाट नेपाल जानेमध्ये सम्पर्कविहीन र झापा बाह्रदशी गाउँपालिकाकी नेत्रकुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ । राउत वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका रूपमा केही वर्षअघि ओमान आएका र विसं २०७० देखि सम्पर्कविहीन रहेका भनी उनका छोरा नवराजले जानकारी दिएपछि कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्यावस्था नाजुक रहेकाले घरसम्मै लैजाने व्यवस्थाका लागि दूत...
चितुवाको छालासहित समातिएका जमानतमा छुटे

चितुवाको छालासहित समातिएका जमानतमा छुटे

समाचार
भदौ २६। चितुवाको छाला र हड्डीसहित आइतबार प्रहरीले नियन्त्रमा लिइएका बुंगल नगरपालिकाका दुई जनालाई वन कार्यालयले जमानतमा छाडेको छ । तीन दिन प्रहरी हिरासतमा राखिएका दुवैलाई छाला र हड्डीको परीक्षण रिपोर्ट काठमाडौँदेखि नआउन्जेलसम्म वन कार्यालयले जमानतमा छाडेको हो । बुंगल–६ का वडाध्यक्ष धनबहादुर सिंहको रोहवरमा रिपोर्ट आएपछि हाजिर हुने गरेर छाडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण खातीले बताउनुभयो । उहाँले भन्नुभयो, “मुद्धा चलाउनका लागि सरकारी वकिलको राय मागेर बरामद गरेको छाला र हड्डी हेर्दा चितुवा तथा बाघकै जस्तो छ तर त्यो कस्तो छाला र हड्डी हो, काठमाण्डौ प्रयोगशालामा पठाउनुपर्ने र त्यहाँको रिपोर्टपछि मुद्धा चलाउनुपर्ने भएकाले त्यतिन्जेलसम्म अभियुक्तलाई पछि उपस्थित हुने गरी घर पठाइको हो ।” आइतबार राति २ः४१ बजे बुङगल–३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका सोही गापा ६ का ...
‘सुन साइली’मा अभिनय गरेर वाहवाही बटुलेको गौरव र मेनुकाको जोडी फेरी अर्को भिडियोमा, अभिनयको चर्चा

‘सुन साइली’मा अभिनय गरेर वाहवाही बटुलेको गौरव र मेनुकाको जोडी फेरी अर्को भिडियोमा, अभिनयको चर्चा

मनोरन्जन
भदाै २६ काठमाडौं। गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका । गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो । दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिने भएका छन् । ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर...