आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

प्राइम टिभीका भिजुअल एडिटर अनिल गौतमको ट्रिपरको ठक्करबाट निधन

प्राइम टिभीका भिजुअल एडिटर अनिल गौतमको ट्रिपरको ठक्करबाट निधन

समाचार
भदाै २७ काठमाडौं । प्राइम टाइम्स टेलिभिजनका वरिष्ठ दृश्य सम्पादक अनिल गौतमको टिप्परको ठक्करबाट निधन भएको छ।शुक्रबार राति १०ः ५५ बजे कार्यालयको काम पूरा गरी कौशलटारस्थित घर गैरहेका बेला उनलाई काठमाडौंको तिनकुनेमा ट्रिपरले ठक्कर दिएको थियो। तुरुन्त नजिकै रहेको सिभिल अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाईकललाई प्रदेश ३ ०१ क ४५६३ नम्बरको ट्रिपरले ठक्कर दिएको हो। गौतमलाई ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा छन् ।अहिले गौतमको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। ५२ बर्षीय गौतमका एक छोरा र एक छोरी छन्। उनले चलचित्र दृश्य सम्पादकका रुपमा समेत लामो समय काम गरेका थिए।गौतम हाल भक्तपुरको कौशलटारमा स-परिवार बस्दै आएका थिए। उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो। गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत...
सिंहनाथ गणका सुवेदार र जवानको करेन्ट लागेर मृत्यु

सिंहनाथ गणका सुवेदार र जवानको करेन्ट लागेर मृत्यु

समाचार
भदौं २७ चितवन। चितवनमा दुई सैनिकको करेण्ट लागेर ज्यान गएको छ । चितवनको शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई सैनिक जवानको करेण्ट लागेर मृत्यु भएको हो । रुखको हाँगा काट्न चढ्दा प्रयोग गरिएको भर्‍याङ चिप्लिएर तारमा ठोक्किन पुग्दा भर्‍याङ समाएका सुवेदार राजुबाबु श्रेष्ठ र सैनिक जवान साजन कुमालको मृत्यु भएको चितव प्रहरीका प्रवक्ता सूर्य थापाले जानकारी दिए । प्रवक्ता थापाका अनुसार सुवेदार श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो भने सैनिक जवना कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै जना सैनिक गोरखाका हुन् । ...
अनलाइन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ

अनलाइन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ

शिक्षा
भदाै २७ काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विद्यार्थीको भविष्य हेरेर अनलाइन शिक्षण सिकाईलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले इन्टरनेटको दुरुपयोगबाट बालबालिकाहरु ‘डिजिटल दुव्र्यसनी’मा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।  उनले त्यसका लागि आवश्यक ऐन, कानुन र निर्देशिका बनाउन सरकार प्रतिवद्ध रहेका उल्लेख गर्दै आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।  ५४ औं अन्तर्राष्ट्रिय  साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति, संस्थागत विद्यालय विभागले शनिबार आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोना भाईरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन पनि शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई आग्...
शक्तिशाली भूकम्प गयो जापानमा

शक्तिशाली भूकम्प गयो जापानमा

अन्तराष्ट्रिय
भदौ २७।जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो ।अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन् । यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ । भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ । ...
उच्च रक्तचाप, रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ?

उच्च रक्तचाप, रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ?

शिक्षा, समाचार, स्वास्थ्य
भदाै २७ काठमाडाैं ।विश्वमा सबैभन्दा धेरै मानिसको मृ’त्युको कारण मुटु रोग हो । विश्वमा करिब एक करोड र नेपालमा करिब ३३००० मानिसको मृ’त्यु उच्च रक्तचाप अथवा यसको जटिलताबाट हुने गरेको छ। हाम्रो मुटुको ३/४ भाग छातीको बीचमा हुन्छ र १/४ भाग बायाँतर्फ हुन्छ । मुटुको काम हाम्रो शरीरको सम्पूर्ण भागमा रगत संचालन गर्ने हो । उच्च रक्तचाप बुझ्नु भन्दा पहिले हामीले रक्तचाप बुझ्न जरुरी छ । मुटुबाट रगत पम्प भएर शरीरको विभिन्न भागमा संचालन हुने क्रममा रगतले रक्तनलीमा एक प्रकारको चाप पैदा गर्छ, यसलाई नै रक्तचाप भनिन्छ ।जुन चाप बढी भयो भने उच्च रक्तचाप भनिन्छ । रक्तचापलाइ मिलिमिटर अफ मर्करी’मा नापिन्छ । माथिको रक्तचापलाई ‘सिस्टोलिक’ र तलको रक्तचापलाई ‘डायस्टोलिक’ भनिन्छ । मुटु खुम्चिदा पैदा भएको चापलाई सिस्टोलिक रक्तचाप भनिन्छ भने मुटु फैलिदा पैदा भको रक्तचापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । सामान्य रक्त...
भखरै काठमाडौँ महानगरपालिकाबाट आयो यस्तो खबर

भखरै काठमाडौँ महानगरपालिकाबाट आयो यस्तो खबर

समाचार
भदाै २७ काठमाण्डौ। काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराउनुभएको हो । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ । सो बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो । उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको यो ...
करमा छुट दिँदै स्थानीय सरकार

करमा छुट दिँदै स्थानीय सरकार

आर्थिक
भदाै २७ काठमाडाैं । कोरोनाका कारण आर्थिक अवस्थामा मन्दी आएपछि अर्घाखाँचीका स्थानीय तहले विभिन्न करमा छुट गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिकाले कोरोनाका कारण व्यवसाय बन्द गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७६÷७७ अर्थात् एक वर्षको व्यवसाय करमा शतप्रतिशत मिनाहा गर्ने निर्णय गरेको छ । सबै व्यवसायीहरुको व्यवसाय कोरोनाले चौपट पारेको निष्कर्ष निकाल्दै किराना, साना होटल तथा रेस्टुरेन्ट, कपडा पसललगायत सबैको व्यवसाय कर मिनाहा गरेको नगरपालिकाका प्रमुख रेशम थापाले बताए । त्यस्तै सन्धिखर्क नगरपालिकाले व्यवसाय कर, उद्योग व्यवसाय करमा १० प्रतिशत छुट दिएको सन्धिखर्क नगरपालिकाका राजश्व शाखा प्रमुख मुक्ति खनालले बताए। उनका अनुसार विदेशबाट फर्किएर सन्धिखर्क नगरपालिका भित्रमा कुनै उद्योग दर्ता गर्न चाहेमा त्यस्तो व्यक्तिलाई ५० प्रतिशत छुट दिने निर्णय भएको छ । कोरोनाका कारण सुपा देउराली मन्दिर बन...
३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न

३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न

समाचार
भदौ २७। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ । विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिनुभयो । लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पु¥याउन नसकिएको कम्पनीले जनाएको छ । बाइस किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तय...
कुलमानको विषयमा कुरा मिल्यो, आइतबार नियुक्तिको निर्णय

कुलमानको विषयमा कुरा मिल्यो, आइतबार नियुक्तिको निर्णय

राजनीति
भदाै २७ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेका छन्।कुलमानको पहिलो चार वर्षे कार्यकाल भोली आइतबार पूरा हुँदैछ। त्यसैले भोली नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी छ। शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो। बालुवाटारस्थित उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्ति दिने तयारी गर्न उर्जामन्त्री पुनलाई भनेका छन्। मन्त्री पुनको सचिवालयका सदस्यहरूले पनि यसको पुष्टि गरेका छन्। ‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै नियुक्त गर्ने हो, त्यसका लागि तयारी गारौं’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मन्त्री पु...
नेपाल बैंक र चाँगुनारायण नगरपालिकाबिच सहकार्यका लागि सम्झौता

नेपाल बैंक र चाँगुनारायण नगरपालिकाबिच सहकार्यका लागि सम्झौता

आर्थिक, समाचार
भदाै २७ काठमाडौँ । नेपाल बैंक लिमिटेड र भक्तपुरको चाँगुनारायण नगरपालिकाबिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ। नगरपालिकाले संचालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष चार हजार रुपैयाँ जम्मा गर्दै जाने व्यवस्था मिलाईनेछ । सम्झौता बमोजिम शुन्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा उच्चतम ब्याजदर, बैंकमा खोलिएको खातामा रकम जम्मागर्ने–झिक्ने लगायतका अन्तरबैंक सेवामा कुनैपनि शुल्क नलाग्ने लगायतका अन्य सुविधाहरु प्रदान गर्नेछ । यस्तै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा ब...