बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

Author: तथ्यखबर

सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु

सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु

समाचार
भदाै २७ काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरे।उनले भने, “पीडितहरूमध्ये केही बालबालिकासहित अधिकांश युवाहरु रहेका छन् ।” प्रान्तीय प्रशासक कासीले भने, “उद्धारकर्ताहरूले मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरूले घटनामा बच्न सफल स्थानीयलाई उद्धृत गर्दै लेखेका छन्, “खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।” कमितुगा सहरका मेयर अले...
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईपीएल खेल्न यूएईतर्फ

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईपीएल खेल्न यूएईतर्फ

खेलकुद
भदौ २७ काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लाग्नुभएको छ । उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उड्नुभएको हो । ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई जानुभएको उहाँका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ । सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लाग्नुभएको हो । आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उहाँलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो । सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड ...
निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षकलाई कारबाही नगर्न अन्तरिम आदेश

निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षकलाई कारबाही नगर्न अन्तरिम आदेश

समाचार
भदाै २७ कर्णाली । निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकका बालबालिकाहरु निजी विद्यालयमा पढाउन नपाउने गरी शिक्षकलार्ई जरिवाना तोकी कारबाही गरिएको गाउँँपालिकाको निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो । साथै अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्र्न गाउँपालिकालाई कारण देखाऊ आदेश दिएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकशिक्षिकाले छोराछोरी निजीमा पढाउन नपाउने निर्णय गरेको थियो । निर्णयको कार्यान्वयन भन्दै गाउँपालिकाले गाउँपालिकाभरका ३१ शिक्षकशिक्षिका र जनप्रतिनिधिलाई जनही १० हजारका दरले कारबाही गरेपछि...
सामुुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक

सामुुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक

समाचार
भदौ २७ काठमाडौँ । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ । चाङ्गुनारायण नगरपालिकाभित्रका सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका नाममा खाता खोल्ने गरी यही भदौ २५ गते बैंक र नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाले सञ्चालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रमअन्तर्गत बैंकसँग हालै भएको सम्झौतामा उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष रु चार हजार जम्मा गरिने समझदारी भएको हो । सम्झौताअनुसार बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने झिक्नेलगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्ने बैंकका प्रवक्ता प्रकाशकुमार अ...
बंगलादेशले नेपाललाई दियो कोरोनाको उपचारमा प्रयोग हुने औषधि

बंगलादेशले नेपाललाई दियो कोरोनाको उपचारमा प्रयोग हुने औषधि

समाचार
भदाै २७ काठमाडाैं ।बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ।नेपाली सेनाको स्काई ट्रक मार्फत आज साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ। ...
कारागारमा २३१ कैदीलाई कोरोना संक्रमण, पाँच जनाको मृत्यु

कारागारमा २३१ कैदीलाई कोरोना संक्रमण, पाँच जनाको मृत्यु

स्वास्थ्य
भदाै २७ काठमाडाैं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको सङ्क्रमण देखिएको हो ।कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ । आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ ११० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ सङ्क्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्...
उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

उपत्यकामा थपिए ४३१ संक्रमित, ५ जनाको मृत्यु

समाचार, स्वास्थ्य
भदाै २७ काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा १७१ महिला र २६० पुरुष गरी थप ४३१ कोरोना संक्रमित थपिएका हुन्। आज काठमाडौंमा ३७७ (१५० महिला, २२७ पुरुष), भक्तपुरमा १७ (५ महिला, १२ पुरुष), ललितपुरमा ३७ (१६ महिला, २१ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ७६ वर्षिया महिला तथा ५१ र ५४ वर्षिय दुई पुरुष रहेका छन्। यस्तै भक्तपुरमा ३८ र ७२ वर्षिय दुई पुरुषको निधन भएको छ। उपत्यकामा शुक्रबार ६९६ जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार २०१ जनामा कोरोना संक्रमण देखिएको छ। ...
गण्डकीमा कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो, आज थपिए ८३ जना

गण्डकीमा कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो, आज थपिए ८३ जना

स्वास्थ्य
भदाै २७ काठमाडाैं ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संक्रमितको संख्या २९ सय नाघेको छ।शनिबार बिहान र दिउँसो गरेर थप ८३ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २९ सय ३ पुगेको हो। क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा शनिबार दिउँसो थप ३८ जनामा कोरोना पुष्टि भएको हो। यसअघि शनिबार बिहान ४५ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनलयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकार दिए। दिउँसो थपिएका ३८ जनामा कास्कीका २४, नवलपरासी (सुस्तापूर्व)का ८ र स्याङ्जाका ५ जना रहेका छन्। शनिबार बिहान नवलपरासी (सुस्तापूर्व)का ३४, कास्कीका १० र गोरखाका १ जनामा कोरोना पुष्टि भएको थियो। संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जनाकारी दिए।कोरोना संक्रमणबाट गण्डकीमा अहिलेसम्म २४ जनाको मृत्यु भ...
काठमाडौंमा कोरोनाले थप तीन जनाको मृत्यु

काठमाडौंमा कोरोनाले थप तीन जनाको मृत्यु

स्वास्थ्य
भदाै २७ काठमाडौं । पछिल्लो २४ घन्टाका काठमाडौं उपत्यका कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ।उपत्यकाको ललितपुरका विभिन्न अस्पतालमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको हो। पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो। जसमध्ये दुई जना भक्तपुरका र एक जना काठमाडौका रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। ललितपुरको मेघा अस्पतालमा उपचाररत भक्तपुर निवासी ३८ वर्षीय पुरुषको आज बिहान ७ः४० बजे मृत्यु भएको छ । उनी भदौ २६ गते मात्रै अस्पतालमा भर्ना भएका थिए। त्यस्तै पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको छ । यही भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। त्यस्तै ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि ...
नेपालमा थपिए २४ घन्टामा १२०१ कोरोना संक्रमित

नेपालमा थपिए २४ घन्टामा १२०१ कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै २७ काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ थियो । पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ थियो ।मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको थियो । पछि...