आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

बार्सिलोनाको टिमबाट मैत्रीपूर्ण खेलमा मेस्सी सहभागी

बार्सिलोनाको टिमबाट मैत्रीपूर्ण खेलमा मेस्सी सहभागी

खेलकुद
भदाै २८ काठमाडाैं । बाहिरिने असफल प्रयासपछि लियोनल मेस्सी पहिलोपटक बार्सिलोनाबाट खेलेका छन् ।मेस्सी शनिबार राति भएको जिम्नास्टिक डी तारागोनासँगको मैत्रीपूर्ण खेलमा सहभागी भएका हुन् । ३३ वर्षका मेस्सीले गएको अगस्ट २५ मा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए ।तर ठूलो रकमसहितको रिजिल क्लबका कारण उनी बार्सिलोनामै बस्न बाध्य भएका छन् । ...
आज भदाै २८ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य

आज भदाै २८ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ । तातो रिस गर्नाले काम बिग्रिनेछ,परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार,घरायासी कलह बढ्ने योग छ ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक १ रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – धर्ममा मन जानेछ । ठूलावडाबाट आश्वासन पाईनेछ । वैदेशिक फाइदा मिल्नेछ । सानातिना कामको झमेला आउनसक्छ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,राजनीतिमा शुभ देखिन्छ ,आजको शुभ अंक २ रहेको छ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,खानेकुरा मा विचार पुराउनु होला,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ४ रहेको छ । कर्कट(ही,हू...
कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

कक्षा १२ का विद्यार्थीको विवरण संकलन गर्दै परीक्षा बोर्ड

शिक्षा
भदाै २७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ । कोरोना भाइरसका कारण रोकिएको परीक्षा तयारीका लागि बोर्डले विवरण संकलनको तयारी अघि बढाएको हो । बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्ने गरी संकलन गर्न लागेको हो । बोर्डले कक्षा १२ को परीक्षा आवेदन भरेका र हाल आफू अध्ययनरत विद्यालयभन्दा टाढा रहेका विद्यार्थीलाई हाल बसिरहेको स्थान र आफू बसिरहेको स्थान नजिकको कक्षा १२ पढाइ हुने विद्यालय, कोड र ठेगाना सहितको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । शिक्षा ऐनअनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी ...
डोटीको बडिकेदार जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका

डोटीको बडिकेदार जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका

समाचार
भदौ २७ । डोटीको बडिकेदार गाउँपालिका जिल्लाकै पहिलो कोरोनामुक्त गाउँपालिका बनेको छ । कोरोना सङ्क्रमण देखिएका स्थानीयवासीको स्वाब सङ्कलनको नतिजा नेगेटिभ आएसँगै सो गाउँपालिका जिल्लाको पहिलो कोरोनामुक्त गाउँपालिका बनेको हो । गत जेठमा भारतबाट घर फर्किएका १३ जनामा कोरोना सङ्क्रमण देखिएको र आइसोलेसनमा उपचार गराएर उनीहरु निको भएपछि बडिकेदार गाउँपालिका अहिले कोरोनामुक्त भएको सो गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका हाललाई कोरोना सङ्क्रमण मुक्त गाउँपालिका भएको छ ।” छिमेकी जिल्ला र स्थानीय तहहरुमा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा सङ्क्रमणको स्थितिलाई दृष्टिगत गरी थप सङ्क्रमण फैलिन नदिन रोकथाम तथा उपचारसम्बन्धी कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाई आवतजावत बन्द गरिएको अध्यक्ष चन्दको भनाइ छ । उहाँका अनुसार एक टोेलबाट अर्को ट...
कोरोना कसरी नियन्त्रण गर्‍यो पाकिस्तानले? भारत पनि प्रशंसा गर्न बाध्य

कोरोना कसरी नियन्त्रण गर्‍यो पाकिस्तानले? भारत पनि प्रशंसा गर्न बाध्य

अन्तराष्ट्रिय
भदाै २७ काठमाडौं। अहिले कोरोना संक्रमणको सबै रेकर्डहरु छिमेकी मुलुक भारतले तोडिरहेको छ। विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित भएका मुलुकहरुको दोस्रो सूचीमा रहेको भारतमा दैनिक ९३ हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन्। नेपालमा पनि हजारभन्दा धेरै संक्रमित थपिरहेका छन्। कोरोना महामारीको इपिसेन्टर अहिले दक्षिण एशियाली मुलुक भारत बन्दै गएको छ। चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको इपिसेन्टर चीनसँग सीमा जोडिएको भारतसम्म आइपुग्न करिब ६ महिना लाग्यो। गएको जनवरीमा वुहानमा पहिलो कोरोना संक्रमित फेला परेका थिए भने, अहिले अगस्टमा भारतमा दैनिक करिब एकलाख संक्रमित फेला पर्ने गरेका छन्। भारतमा हालसम्म ४६ लाचख ९० हजार संक्रमित छन्। तर, अविश्वनीय रुपमा भारतको छिमेकी मुलुक अर्को दक्षिण एशियाली मुलुक पाकिस्तानमा भने कोरोना नियन्त्रणमा छ। र त्यहाँ संक्रमण दर दैनिक घटिरहेको छ। वर्ल्ड मिटरका अनुसार ...
तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना

तुलसीपुरका तीन कर्मचारी र चार स्वास्थ्यकर्मीमा कोरोना

समाचार
भदौ २७ तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा कार्यरत तीन कर्मचारी र चार स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा तुलसीपुरका २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा न. ८ स्थित भिमसेन नगर शहरी प्रवद्र्धन केन्द्र, वडा नं ३ स्थित प्रतापकोट वडा स्वास्थ्य केन्द्र, वडा नं १९ छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी, वडा नं ६ स्थित गोलौरा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ । तीमध्ये कर्मचारी, स्वास्थ्यकर्मीसहित कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेका छन् । जम्मा ८९ जनाको स्वाब परीक्षण गर्दा वडा नं ६ का छ, वडा नं १८ का चार, वडा न. २, ८ र १६, मा २÷२ जना तथा वडा नं ३,४, ५, १५, १७ र १८ मा एक÷एक जनामा कोरोना सङक्...
कोरोना जितेर फर्किएका कर्मचारीसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया

कोरोना जितेर फर्किएका कर्मचारीसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया

समाचार
भदाै २७ काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गरेका छन।कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनले यसअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गरेका थिए। मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुनेका हुन्।उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव बाहिर आउनुपर्ने बताए। मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँको अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गरे। उनले कोरोनाबाट बच्नका लागि पूर्वजीवनशैली...
काठमाडौँको सडकमा नेपाली सेनाको जहाज गुडेपछि…

काठमाडौँको सडकमा नेपाली सेनाको जहाज गुडेपछि…

समाचार
भदाै २७ काठमाडौँ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ । भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।  एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइने पौडेलले बताए । उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।  गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको छ । जहाज ठोक्किएपछि एकछिन सडकमै रोकिएको थियो । नारायणहिटी संग्रालयमा राखिने नेपाली सेनाको जहाज घ...
वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ

वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ

अपराध
भदाै २७ काठमाडौँ । प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बास्कोटा, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन्। विशेष सूचनाको आधारमा काठमाडौँ महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ। उनीहरुलाई प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। गएराति चितवनबाट बिक्री वितरण गर्न कछुवा काठमाडौँ ल्याइँदै छ भन्ने सूचना प्रहरीमा आएको थियो। सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक...
कोरोनाको असर : मध्यपहाडी राजमार्ग समयमा पनि नबन्ने, लागत पनि बढ्ने

कोरोनाको असर : मध्यपहाडी राजमार्ग समयमा पनि नबन्ने, लागत पनि बढ्ने

समाचार
भदौ २७ कास्की। राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ ।पछिल्लो पटक गत चैतदेखि देशभर आह्वान गरिएको बन्दाबन्दीका कारण आयोजनामा कार्यरत मजदूर घर गएको तथा अहिलेसम्म पनि फर्किने वातावरण नबन्दा आयोजना तोकिएकै समयभित्रमा बन्न नसक्ने देखिएको छ । विसं २०७३ भदौमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सो राजमार्ग निर्माणको ठेक्का सम्झौता भए पनि शुरुआतमा बिजुुलीका पोल र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा समेत काम प्रभावित बनेको थियो । राजमार्गको कास्की खण्ड अन्तर्गतको हाल निर्माणाधीन ३७ किमी सडकलाई तीन खण्डमा विभाजन गरी बोलपत्र आह्वान भएर रु दुई अर्ब ९३ करोड ६६ लाखको लागतमा ठेक्का सम्झौता गरिएको थियो । याम्दीदेखी सुइखेतफाँटसम्म स्वच्छन्द इलाइट जेभीले रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ तथा सुइखेतदे...