आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

लमही-घोराही सडक भासियो

लमही-घोराही सडक भासियो

समाचार
लमही–घोराही सडकखण्डअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ६ कुलमोहरदेखि दुई किलोमिटर अगाडि भासिएको सडक । सडक भासिएपछि एकतर्फी रुपमा मात्र सवारी साधन सञ्चालन गरिएको छ । तस्बिर – दीपक बोहरा-रासस

सर्लाहीमा ट्रकबाट ३०९ किलो गाँजा बरामद

समाचार
भदौ २८ सर्लाही । सर्लाही प्रहरीले ट्रकमा लोड गरिएको ३०९ किलो गाँजा बरामद गरेको छ । ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका–५ डोमोवा टोलबाट शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिएका छन् । उनका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ । सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो । अनुगमन टोलीलाई देखेर चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले बताएका छन् । ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ...
बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो

बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो

समाचार
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ। ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ। नागपुचे र भीरखर्कको पहिरोमा शव फेला परेका ६२ वर्षीया भक्तीमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल बिक, २४ वर्षीय सन्देश बिक, ८ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा छन्। पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए। बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २२२ घर जोखिममा परेका छन्। ...
कोरोना कहरकै बीच मुस्ताङको आलु खरिद गर्न व्यापारीलाई दौडधुप

कोरोना कहरकै बीच मुस्ताङको आलु खरिद गर्न व्यापारीलाई दौडधुप

शिक्षा
भदाै २८ काठमाडौ । मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्।गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो। यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ। आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन्।जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ।थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए। आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ। मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्या...
आज यि चार प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सर्तक रहन आग्रह

आज यि चार प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सर्तक रहन आग्रह

माैसम
भदाै २८ काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसारआज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भाबना छ । काठमाडोंमा भने गएराती देखी नै पानी परिरहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ । ...
रोकिएको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयको खोपको परीक्षण पुनः सुरु हुने

रोकिएको कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयको खोपको परीक्षण पुनः सुरु हुने

अन्तराष्ट्रिय
भदाै २८ काठमाडाैं । अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः सुरु हुने भएको छ । खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (साइड इफेक्ट) देखिएपछि तत्कालका लागि रोकिएको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षण पुनः सुरु गर्ने तयारी भएको खोप निर्माताले बताएको बिबिसीले उल्लेख गरेको छ । खोपको परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेको बताएको एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्ने बारे अध्ययन भइरहेको बताएको थियो । बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको बताइएको थियो । तर शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालिएको र चाँडै...
सभामुख सापकोटा पहिरो प्रभावित क्षेत्र बाह्रबिसे प्रस्थान

सभामुख सापकोटा पहिरो प्रभावित क्षेत्र बाह्रबिसे प्रस्थान

समाचार
भदाै २८ काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर  पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो । उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। ...
विश्वमा कोरोना अपडेट :९ लाख २२ हजारको मृत्यु, २ करोड ७ लाख निको भए

विश्वमा कोरोना अपडेट :९ लाख २२ हजारको मृत्यु, २ करोड ७ लाख निको भए

समाचार
भदाै २८काठमाडाैं । कोरोना भाइरसबाट विश्वभर २ करोड ८८ लाख ६५ हजार १ जना संक्रमित भएका छन्। ती मध्ये ९ लाख २२ हजार ८२९ जनाको मृत्यु भएको छ भने २ करोड ७ लाख २६ हजार १७५ उपचारपछि निको भएका छन्। सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६६ लाख ६३ हजार ९३ जना संक्रमित भएका छन् भने १ लाख ९७ हजार ८३८ जनाको मृत्यु भएको छ। त्यहाँ ३९ लाख ३२ हजार ६०९ जना उपचारपछि निको भएका छन्। यसैगरी भारतमा ४७ लाख ५१ हजार ७८८ जना संक्रमित भएका छन् भने ७८ हजार ६१४ जनाको मृत्यु भएको छ। त्यहाँ ३६ लाख ९९ हजार ३०६ जना उपचारपछि निको भएका छन्। यसैगरी ब्राजीलमा ४२ लाख ९७ हजार ९४९ जना संक्रमित भएका छन्। ब्राजीलमा १ लाख ३० हजार ८७० जनाको मृत्यु भएको छ भने ३५ लाख ३० हजार ६५५ जना उपचारपछि निको भएका छन्। यसैबीच फार्मा कम्पनी एस्ट्राजेनेकाले बेलायतको रेगुलेटर्सबाट अनुमति पाएपछि अक्सफोर्ड युनिभर्सिटीले फेरि कोरोना भ्याक्सि...
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार
भदाै २८ पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २९३५ पुगेको छ ।
सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, २३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, २३ जना अझै बेपत्ता

समाचार
भदौ २८ सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए । ‘ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु’, शेर्पाले भने । उनले पहिरोमा अझै २३ जना बेपत्ता भएको जानकारी दिए । उनका अनुसार दुई जनाको उद्धार गरिएको छ । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ । यता सिन्धुपाल्चोकका प्रहरी डिएसपी प्रकाश सापकोटाले घटनास्थलतर्फ जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जानकारी दिएका छन् । पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको ...