बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

भदाै २६ चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड ९१९ ल्यावमा गरिएको परीक्षणमा चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा।नीतु अधिकारीका अनुसार नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *