भदाै २६ काठमाडौ । कुख्यात आतंकवादी संगठन अल कायदाका संस्थापक अमेरिकी सेनाद्वारा मारिएका ओसामा बिन लादेनका परिवारका सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पदावधिका लागि सघाउने भएका छन ।ओसामाकी भतिजी नूरले ट्रम्पलाई समर्थन गर्ने बताएकी छिन । अल कायदाले अमेरिकाको जुम्ल्यहा गगनचुम्बी महलमा विमान ठोकाएर गराएको हमलाका बेला नूर १४ वर्षकी थिइन ।
अल कायदाका नेताहरुले पूर्व राष्ट्रपति बराक ओबामालाई मार्न खोजेको दाबी समेत उनले गरेकी छिन ।ट्रम्पले अमेरिका मात्रै होइन पश्चिमा सभ्यतालाई जोगाउने भएकाले आफूले उनलाई सहयोग गर्ने नूरले बताएको अन्तर्राष्ट्रिय माध्यमहरूले समाचार सार्वजनिक गरेका छन ।
साउदी अरबको शाही परिवारको एक खेमाको रुपमा रहेको बिन लादेन परिवारलाई सम्पत्तिशाली परिवारको रुपमा हेरिन्छ ।
नूरका बाबु जेनेभास्थित साउदी इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष हुन ।नूरकी आमाले आफूले ओसामासँग केही पटक भेटेकी बताउँछिन ।
