भदाै २६चितवन । पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक आज बिहान ८ बजेतिर पहिरो खस्दा सडकखण्ड अबरुद्ध बनेको हो ।
सडक बन्द भएपछि राजधानी काठमाडौं, पोखरा लगायतका स्थानमा जाने तथा नारायणगढतर्फ आउने सवारी साधन बीच बाटोमै अलपत्र बनेका छन् । अहिले सडक खुलाउन प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

