आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

आइतबारदेखि लाइसेन्स नवीकरण गर्ने मिल्ने

आइतबारदेखि लाइसेन्स नवीकरण गर्ने मिल्ने

समाचार
भदौ २५ काठमाडौं। आइतबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य सुरु हुने भएको छ।यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र ललितपुरले बिहिबार सूचना जारी गर्दै आइतबारदेखि सवारीचालक अनुमति पत्र नवीकरणको काम शुरु गर्ने जानकारी दिएको हो। त्यस्तै अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित गरेको उल्लेख गरिएको छ।त्यस्तै, गत भदौ ८ गते कार्यालयले सूचना जारी गर्दै बन्दाबन्दीका कारण नवीकरण गर्न नपाएकाहरुलाई भदौ मसान्तसम्म नवीकरण गर्दा लकडाउन र निषेधाज्ञाको अवधिमा लाइसेन्स म्याद सकिएकाहरुलाई जरीमाना नलाग्ने जनाएको थियो। ...
१४ औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न कति तयार छ कांग्रेस ?

१४ औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न कति तयार छ कांग्रेस ?

राजनीति
भदाै २५ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा अगाडि आएका उपसभापति विमलेन्द्र निधिले अहिले अर्को कुरामा जोड दिन थालेका छन्, त्यो सहमतिको आधारमा भावी नेतृत्वको चयन । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया एक अभिन्न विकल्पका रुपमा रहँदै आएको छ । तर, सत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई जित्नुपर्ने भन्दै कांग्रेसमा अहिले सहमतिको आधारमा भावी नेतृत्व चयन गर्नुपर्ने आवाज ‘मसिनो’ रुपमै भए पनि उठ्न थालेको छ । बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेसको प्रचार विभागले बुधबार आयोजना गरेको भर्चुअल सम्वादमा उपसभापति निधिले कम्युनिस्ट पार्टीलाई फेरि पनि सत्तामा आउनका लागि रोक्न कांग्रेसले एकताबद्ध हुनुको विकल्प नरहेको सुनाए । उनको भनाइ थियो, ‘यो संविधानको रक्षा गर्न १४ औं महाधिवेशनमा वैचारिक आध...
जर्मनी, बेल्जियम र युरोपेली युनियनका लागि तीन राजदूत सर्वसम्मत ‍

जर्मनी, बेल्जियम र युरोपेली युनियनका लागि तीन राजदूत सर्वसम्मत ‍

राजनीति
भदाै २५ काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले तीनजना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।बिहीबार बसेको समितिको बैठकले उनीसँग सोधपुछ गरेर अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। सरकारले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो। प्रस्तावित राजदूतविरुद्ध पाँचवटा उजुरी दर्ता भएको थियो। यसमध्ये एउटा बेल्जियमाका लागि सिफारिस भएका राजभण्डारीविरुद्ध थियो भने बाँकी चारवटा बेनामे थिए। राजभण्डारीविरुद्ध निजामती सेवामा रहँदा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न आरोप उजुरीमा लगाइएको छ। राजदूत सिमाफरिस संविधानले परिकल्पना गरेको समावेशी समानुपातिक सिद्धान्तअनुसार नभएको भन्दै सभापति कर्णले असन्तुष्टि जनाएका थिए। यसअघि पनि सरकारलाई ध्यानाकर्षण गराएको समितिले बिहीबार ...
राष्ट्रिय जनगणनाको तयारी हुँदै

राष्ट्रिय जनगणनाको तयारी हुँदै

समाचार
भदाै २५ काठमाडाैं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो । २०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ । कोरोना भाइरसको प्रकोपका कारण २०७६ चैतमा सम्पन्न हुने नमूना जनगणना असारमा सकिएको हो । नमूनाका लागि मकवानपुरको चार स्थानलाई गणना क्षेत्र मानेर जनगणना भएको जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ मा, थाहा नगरपालिकाको २ नम्बर वडामा र इन्द्रसरोवर गाउँपालिकाको ५ नम्बर वडामा नमूना जनगणना भएको थियो । एक सुपरिवेक्षकसहित चार गणकद्वारा चार गणना क्षेत्रका ६३८ घरको जनगणना भएको थियो । असारमा भएको नमूना जनगणनामा मकवानपुरको...
नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

आर्थिक
भदाै २५ काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ। बिहान ११ बजे कारोबार खुलेदेखि नै आज प्रणालीमा समस्या देखिएको थियो। लगानीकर्ताले शेयर खरिद तथा बिक्रीका लागि कुनै अर्डर नै गर्न नपाएको तथा धितोपत्र दलाल कम्पनीसँगको सम्पर्क सञ्जालमा समस्या आएको थियो। कारोबार समय ३ बजेसम्म रहेपनि समस्या समाधान पछि नेप्सेले समय थप गरी ५ बजेसम्म पु¥याएको थियो। सो अवधिका कारोबार मापक नेप्सेमा दोहोरो अङ्क अर्थात् १२.४९ ले वृद्धि भई एक हजार ५२०.६९ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.७१ ले वृद्धि भई ३०१.३८ मा पुगेको छ। कूल १८९ कम्प्नीको ४२ लाख ६२ हजार ६९८ कित्ता शेयर रु दुई अर्ब १७ करोड ६८ हजार २८३ मूल्यमा खरिद बिक्री भए। कारोबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरोलो लाग्दा नौ उपसमूह...
संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

संक्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन

समाचार
भदाै २५ भक्तपुर : मध्यपुरथिमि नगरपालिकाले आफ्नो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा नर्सिङ रोबोट परिचालन गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित ‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल’ मा कोरोना सङ्क्रमितको उपचारमा तीन वटा नर्सिङ रोबोट परिचालन गर्ने भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पिसीआर परीक्षणलाई तीव्र बनाएको, क्वारेन्टिनदेखि आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयु तयारी अवस्थामा राखेको उनले जानकारी दिए । अस्पतालमा रोबोटको परीक्षण सम्पन्न गरिसकेको जानकारी दिँदै उनले असोजको पहिलो सातादेखि नै नर्सिङ रोबोट सञ्चालनमा ल्याउने र बिरामीलाई औषधि र खानेकुरा रोबोटले दिने गरी तयारी गरेको जानकारी दिए । राबोटमार्फत सेवा दिने यो नेपाल कै पहिलो अस्पताल हुने जानकारी दिँदै उनले नेपालका युवाले निर्माण गरेको तीनवटा रोबोटका लागि करिब रु १५ लाख बजेट ख...
भारतीय क्रिकेटर युवराज सिंहले सन्यास तोड्दै

भारतीय क्रिकेटर युवराज सिंहले सन्यास तोड्दै

खेलकुद
भदाै २५ काठमाडाैं । सन्यास लिएका भारतीय क्रिकेटर युवराज सिंहले आफ्नो सन्यास तोडेर फेरी क्रिकेटमा फर्किने तयारी गरेका छन् ।क्रिकेट वजमा छापिएको रिपोर्ट अनुसार युवराज सिंहले भारतको घरेलु क्रिकेट खेल्न भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग अनुमति मागेका छन् । युवराजले पंजावबाट घरेलु क्रिकेट खेल्न बोर्डसँग अनुमति मागेको उल्लेख गरिएको छ ।युवराजले अघिल्लो बर्षको जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।युवराजले बोर्डले अनुमति दिएमा पंजावबाट टी-२० खेलमात्र खेल्ने बताएका छन् । उनले आफुले युवा क्रिकेटरसँग समय बिताउन आफुलाई राम्रो लाग्ने भन्दै पंजाव क्रिकेट एसोसियसनले समेत आफुलाई क्रिकेटमा फर्किन अनुरोध गरेको बताएका छन् ।युवराजले पंजाव क्रिकेट एसोसियसनका सचिवले आफुलाई अनुरोध गरेपछि तीन चार सातासम्म सोचेपछि आफुले अनुमति पाएमा खेलमा फर्किन चाहेको बताएका छन् । ...
नेपाली किशोरीलाई भारत लगिरहेका युवक पक्राउ

नेपाली किशोरीलाई भारत लगिरहेका युवक पक्राउ

अपराध
भदाै २५ राैतहट । नेपाली एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । सातै ज...
बिहीबार बिहानै पोखरामा ९ वर्षका बालकसहित १९ जनामा देखियो कोरोना

बिहीबार बिहानै पोखरामा ९ वर्षका बालकसहित १९ जनामा देखियो कोरोना

समाचार
भदाै २५ पोखरा-पोखरामा बिहीबार बिहान थप १९ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरका १९ जना सहित गण्डकी प्रदेशमा ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पोखरामा संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिका-१९ का २२ बर्षीय प्रहरी, पोखरा ५ की १७ वर्षीया महिला र ४५ वर्षीय पुरुष तथा पोखरा ८ का ९ वर्षका बालकसहित ६ पुरुष र ८ वर्षकी बालिकासहित ७ महिला पश्चिमान्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स पोखरा-१५ की २३ बर्षीय महिला, सोहि अस्पतालमा उपचाररत पोखरा -३२ का ५० बर्षीय पुरुष रहेका छन् । त्यसैगरी गलुङका ३ पालिकाका ३ महिला र ६ पुरुष, स्याङजा पुतलिबजारका ५ महिला तथा ७ पुरुष, तनहुँ भिमादका ३ पुरुष, नेपाल प्रहरीमा कार्यरत पर्वतका २८ वर्षीय पुरुष तथा नवलपुरका २ पालिकाका २ र ४ वर्षका बालक तथा ३ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना सं...
भारतमा एकैदिन ९५ हजार ५२९ जनामा काेराेना संक्रमण पुष्टि

भारतमा एकैदिन ९५ हजार ५२९ जनामा काेराेना संक्रमण पुष्टि

अन्तराष्ट्रिय
भदाै २५ काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।दैनिक संक्रमित संख्या हरेक दिन बढ्दो क्रममा रहेको भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बुधबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । ...