आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

अमेरिकाले इराकबाट आफ्ना २२ सय सैनिक फिर्ता बोलाउने

अमेरिकाले इराकबाट आफ्ना २२ सय सैनिक फिर्ता बोलाउने

अन्तराष्ट्रिय
भदाै २५ काठमाडाैं । अमेरिकाले इराकमा बाँकी रहेका आफ्ना सैनिक मध्ये एक तिहाई भन्दा धेरैलाई केही हप्ताभित्रै फिर्ता स्वदेश फिर्ता बोलाउने भएको छ ।अमेरिकी सेनाका मध्यपूर्व हेर्ने शीर्ष कमाण्डरका अनुसार २२ सय सैनिक सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता लैजाने बताएको बिबिसीले उल्लेख गरेको छ । जनरल केनथ म्याकेन्जीलका अनुसार इराकमा अमेरिकी सैनिकको संख्या तीन हजारमा झारिने छ । हाल इराकमा ५२ सय अमेरिकी सैनिक छन् ।इराकमा रहेने सैनिकहरुले इराकी सुरक्षा निकायलाई इस्लामिक स्टेट (आइएस) सहितका बिद्रोहीविरुद्धको रणनीतिक कारवाहीका लागि परामर्श तथा रणनीतिगत सहयोग गर्ने छन् । गएको महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेका सबै अमेरिकी सैनिकहरुलाई सम्भव भएसम्म चाँडो फिर्ता बोलाउने बताएका थिए । ...
कोरोनाभाइरस घातक भएको पहिला नै थाहा हुँदा पनि लुकाएको ट्रम्पद्वार स्वीकार !

कोरोनाभाइरस घातक भएको पहिला नै थाहा हुँदा पनि लुकाएको ट्रम्पद्वार स्वीकार !

अन्तराष्ट्रिय, समाज
भदाै २५ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस अन्य फ्लुभन्दा घातक रहेका कुरा आफूलाई पहिला नै थाहा भएको स्वीकारेका छन्। अमेरिकी पत्रकारद्वारा लिखित एक पुस्तकमा ट्रम्पले कोरोना अमेरिकामा फैलिनभन्दा अगाडी नै खतरनाक रहेका भन्ने थाहा पाएको तर आफू खतरासँग खेल्न चाहेको स्वीकार गरेका छन्। पत्रकार बब वुडवार्ड, जसले वाटरगेट घोटलाको नालीबेली बाहिर ल्याएका थिए, उनले आफ्नो पुस्तक लेख्न भन्दा अगाडी राष्ट्रपति ट्रम्पसँग डिसेम्बर देखि जुलाईसम्म १८ पटक अन्तरवार्ता लिएको बताएका छन्। ट्रम्पले अमेरिकामा कोरोनाबाट पहिलो मृत्यु हुनभन्दा अगाडी नै यो घातक छ भन्ने थाहा पाएको तर त्रासबाट जोगाउन उक्त कुरा बाहिर नल्याएको स्वीकार गरेको उनको पुस्तकमा उल्लेख छ। तर ट्रम्पले बुधबार ट्वीट गर्दै उक्त पुस्तकलाई नक्कली र झुटो बताएका छन्। बब वुडवार्डको आगामी पुस्तक रेजका लागि अन्तरवार्तामा ट्रम...
कुलमानको कार्यकाल ४ बर्ष थप्न उर्जा मन्त्रालयले प्रस्ताव लैजाने

कुलमानको कार्यकाल ४ बर्ष थप्न उर्जा मन्त्रालयले प्रस्ताव लैजाने

राजनीति
भदाै २४ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थप्नेबारे उर्जा मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने भएको छ। शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाइएको छ। थप चार वर्षका लागि घिसिङको कार्यकाल थप्ने प्रस्ताव उक्त मन्त्रीपरिषद बैठकमा उर्जामन्त्री वर्षमान पुनले लैजाने छन्। कार्यकारी निर्देशक घिसिङको पहिलो चार वर्षे कार्यकाल २९ भदौ अर्थात सोमबार सकिँदै छ।उनको कार्यकाल सकिएसँगै थप हुनुपर्ने आवाज सामाजिक सञ्जालमा व्यापक रुपमा उठेको छ। पहिलो चार वर्षे कार्यकालमा कुलमानले लोडसेडिङ अन्त्य गरेर नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजान सफल नेतृत्व गरेका छन्। बालुवाटार स्रोतका अनुसार नियमित (बिहीबार) बस्ने भनिएको मन्त्रीपरिषद बैठक शुक्रबारका लागि सारिएको छ। उक्त बैठकले कुलमानको कार्यकाल थप्ने नथप्ने बारे निर्णय लिने छ। ...
आज भदाै २५ गते बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य

आज भदाै २५ गते बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य

राशिफल
वि.सं.२०७७ भदौ -२५,बिहीवार, ई.सं.२०२० September – १० ,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि-अष्टमी , २२:४८ बजे उप्रान्त नवमी,नक्षत्र-रोहिणी , १०:३९ बजे उप्रान्त मृगशिरा, योग-वज्र , १६:५२ बजे उप्रान्त सिद्धि,करण-वालव १०:२० बजेदेखि कौलव , २२:४८ बजे उप्रान्त वणिज,चन्द्रराशि-वृष, आनन्दादि योग-उत्पात, सूर्योदय-५:४७, सूर्यास्त-१८:१२दिनमान-३१ घडी ०३ पला, व्रत/पर्व-अष्टमी श्राद्ध,अष्टमी व्रत, गोरखकाली पूजा, जितिया पर्व, जीवत्पुत्रिका व्रत। राशिफलमेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभा–समारोहमा मान–पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । बृष – नयाँ सफलता प्राप्त हुनेछ । आरोग...
हात्तीको बथानले दुई विघा बढी धानबाली पार्यो सखाप

हात्तीको बथानले दुई विघा बढी धानबाली पार्यो सखाप

समाज
भदाै २५ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ जोनापुरमा हात्तीको बथानले क्षति पुर्याएको धानबाली । हात्तीको बथानले स्थानीय किसानको दुई विघा बढी धानबालीमा क्षति पुर्याएको छ । रासस
एनसेल आजियाटाले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’

एनसेल आजियाटाले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’

आर्थिक, समाचार
भदौ २४ काठमाडौं। एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।एनसेल आजियाटा लिमिटेडले यो योजना गत बिहीबार (भदौ १८) देखि लागू हुने गरी ल्याएको हो । यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्ने भएका छन् । ‘पहिलो सिम’ लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्ने भएका छन् सिम लिएपछि निःशूल्क माइफाइभ सेवाका लागि आफू सँधै सम्पर्कमा रही रहनुपर्ने पाँच वटा एनसेलहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिने छ । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीहर...
डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यबारे आशा जगाउने दियो यस्तो संकेत

डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यबारे आशा जगाउने दियो यस्तो संकेत

स्वास्थ्य
भदाै २४ काठमाडौ । कोरोना महामारीले मानव जाति पीडित र भयभीत भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ । विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृत्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो महामारी अन्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो । डब्लुएचओले विश्वलाई पीडित बनाइरहेको कोरोना महामारी अन्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ । यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस महामारीको अन्त्य गर्न अझै ढिला भइसकेको छैन ।’ तर यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्। खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्...
जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

आर्थिक, समाचार
भदाै २४ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आज मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई टुईनटर जहाज भएको र त्यसले माग धान्न नसक्नुका साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकाले तत्काल खरिद योजना अघि बढाउन निगम व्यवस्थापनलाई आग्रह गरे । उनले निगमलाई पब्लिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिएका छन...
१६ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात चलाउन नपाइने

१६ सिटभन्दा कम क्षमताका सार्वजनिक यातायात चलाउन नपाइने

समाचार
भदाै २४ काठमाडाैं । सरकारले बिहीबारदेखि उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि १६ सिटभन्दा कम क्षमताका गाडी सञ्चालन गर्न नपाइने भएको छ। १६ सिट माथिका सार्वजनिक यातायात सिट क्षमताको ५० प्रतिशत यात्रु बोक्न पाउने र जोर बिजोर प्रणालिमा चल्न पाउने भएपनि साना यातायात चल्न नपाउने भएका हुन्। तर ट्याक्सी भने सञ्चालन हुन पाउने भएका छन्। साना यातायातका कारण भीड बढ्ने र सामाजिक दूरी कायम गर्न नसक्ने भएकाले सञ्चालनमा रोक लगाएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।ट्याक्सी भने ३ जनासम्म बोक्न पाउने र परिवार भित्रैका भए थप २ जना बालबालिका बोकेर चलाउन पाउने छन्। यस्तै सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउन र सवारी साधन दैनिक निसंक्रमित गरेको हुनु पर्नेछ। सार्वजनिक तथा निजी सवारीसाधानमा जोर विजोर प्रणालि लागू हुनेछ। तर मालवाहक ढुवानीका साधनमा भने जोर विजोर प्रण...
Jitiya festival fosters harmony, spreads message of love

Jitiya festival fosters harmony, spreads message of love

समाचार
Kathmandu, Sept 9 :Prime Minister KP Sharma Oli has said the Jitiya festival would foster harmony and spread message of love among people. Giving a message of best wishes on the occasion of the Jitiya festival celebrated especially by the Tharu women in the eastern belt of Tarai region, Prime Minister Oli reminded that the festivals like Jitiya have cemented unity, tolerance, harmony among the Nepalis.In the wake of the COVID-19 pandemic, he urged everyone to celebrate festival by maintaining adequate safety and staying indoors. (RSS)