आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग

पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग

आर्थिक, राजनीति
भदाै २४ काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ। तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो। तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पिपिई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण ९पिपिइ० र २० थान फेस शिल्ड सहयोग गरेको हो। कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कोभिड–१९ को जोखिम बढिरहेका बेलामा अग्रभागमा रहेर जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बताए। उक्त स्वास्थ्य सामग्री काँग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेशनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराउनुभएको थियो । यस्त...
राष्ट्रिय विपद्को अवस्थामा मात्रै सेना परिचालन हुन्छ : प्रधानसेनापति थापा

राष्ट्रिय विपद्को अवस्थामा मात्रै सेना परिचालन हुन्छ : प्रधानसेनापति थापा

समाचार
भदाै २४ काठमाडाैं ।प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल शत प्रतिशत सफल रहेको दाबी गरेका छन्। दुई वर्षको कार्यकाल पूरा भई तेस्रो वर्ष प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित वरिष्ठ सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे। शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, सेना र सरकारको त्रिकोणीय सम्बन्ध रहनु पर्नेमा जोड दिँदै प्रधानसेनापतिले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षा गर्ने विषयमा संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा आम नेपालीको भावनालाई सेनाले सदैव प्रतिविम्बित गर्दै आएको उल्लेख गरे। “संविधान प्रदत्त दायित्वको पालना गर्दै नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रह...
वडा अध्यक्षकी आमाले नै तीनवटा वडाबाट भत्ता लिँदै आएको खुलासा

वडा अध्यक्षकी आमाले नै तीनवटा वडाबाट भत्ता लिँदै आएको खुलासा

आर्थिक
भदाै २४ काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडा कार्यालयबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिँदै आएको खुलेको छ।अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार ग’लत तरिकाले लाभ लिँदा स्थानीयस्तरबाट चर्को वि’रोध भएको खबर आजको समाचारपत्र दैनिकले छापेको छ। मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५/०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अव’धिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो।गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छा’नबिन समिति बनाउने तयारी गरिएको बताए।वडा नं.३ बाट उनीहरु वडा नं. १ मा बसाईं सरेर गएका हुन्। तर, वडा नम्बर ७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ। तीन ठाउँबाट भक्ता लिइएको उजुरी अ’ख्तियार दुरुपयोग अनुसन्धान आयोगम...
One-way traffic on obstructed Narayangadh-Muglin Highway resumes

One-way traffic on obstructed Narayangadh-Muglin Highway resumes

समाचार
Sept 9:One-way traffic has resumed on the obstructed Narayangadh-Muglin Highway. The road has been obstructed at Bhateri in Bharatpur Metropolitan City-29 by landslide triggered by rain today. With the opening of one-way traffic, stuck vehicles headed to their destinations. Efforts were on to clear debris, said Deputy Superintendent of Police Surya Thapa. (RSS)
नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै

राजनीति
भदौ २४ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गर्नुभएको छ । अध्यक्षद्वयले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको छलफलमा स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गर्नुभएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुुभयो । छलफलमा महासचिव विष्णु पौडेलको पनि सहभागिता थियो । उक्त सहमतिको प्रस्ताव स्थायी कमिटीका सदस्यलाई पठाउने प्रक्रिया पनि शुरु भएको छ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक अध्यक्षद्वयले २६ गते बिहान ११ बजेका लागि तोक्नुुभएको छ । पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन...
अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोट, दुईको मृत्यु, १२ घाइते

अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोट, दुईको मृत्यु, १२ घाइते

अन्तराष्ट्रिय
भदाै २४ काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ।उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ। विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन। उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएको समाचारमा जनाइएको छ।“उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ,” उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन। स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो। त्यसपछि ...
पाइपलाइनबाट डिजेल आउन थालेपछि आयल निगमले १ वर्षमा जोगायो १ अर्ब ६ करोड

पाइपलाइनबाट डिजेल आउन थालेपछि आयल निगमले १ वर्षमा जोगायो १ अर्ब ६ करोड

आर्थिक
भदाै २४।काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट नेपालमा तेल आपूर्ति हुन थालेको १ वर्ष पूरा भएको छ ।गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अन्तरदेशीय पेट्रोलियम पाइप लाइनको उद्घाटन गरेका थिए । दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको ‘मोतिहाराी–मलेखगन्ज’ पेट्रोलियम पाइपलाइनबाट १ वर्षको अवधिमा ५३ करोड ४१ लााख ३ हजार लिटर डिजेल आयात भएको छ ।पाइपलाइनमार्फत पेट्रोलिय पदार्थको आपूर्ति गर्दा ढुवानी भाडामा उल्लेख्य मात्रामा बचत भएको आयल निगमको भनाइ छ । आयल निगमले ट्याङ्करबाट डिजेल आयात गर्दा ढुवानीकर्ता व्यवसायीलाई १ लिटरको २ रुपैयाँ दिने गर्छ । जसअनुसार पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा निगमले १ अर्ब बढी रकम बचत गर्न सफल भएको छ । निगमका अनुसार पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा १ अर्...
असोज १ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा

असोज १ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा

शिक्षा
भदाै २४ काठमाडौं । कोरोना भाइरसलाई कारण देखाउँदै लामो समयदेखि यातायात सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुले आगामी असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् । उनीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनमा मात्र निषेध जारी राखेको भन्दै उनीहरुरले यस्तो घोषणा गरेका हुन् । बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउने अवस्था नबने असोज १ गतेदेखि कुनै पनि हालतमा सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन् । असोज १ गते विश्वकर्मा पूजा रहेको र त्यसदिनदेखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चलाउने चेतावनी उनीहरुले दिएका हुन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सार्वजनिक यातायाता चलाउने ब...
कोरोनाबाट थप ६ जनाको मृत्यु

कोरोनाबाट थप ६ जनाको मृत्यु

स्वास्थ्य
भदाै २४ काठमाडाैं । नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका डा जागेश्वर गौतमले बताए । यस्तै कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।  ...
NEA to get new executive director soon: Energy minister Pun

NEA to get new executive director soon: Energy minister Pun

राजनीति
Sept 9 :Minister for Energy, Water Resources and Irrigation, Barsha Man Pun, today said that Nepal Electricity Authority (NEA) would get its new executive director soon. The appointment proposal of NEA’s new executive director would be tabled at the Cabinet before the expiry of its sitting executive director. Tenure of sitting NEA executive director Kulman Ghising is expiring on September 14. The minister made this statement at a press conference organised by the district chapter of the Nepal Press Association in Liwang in the district today. He however did not say who would be NEA’s new executive director. “Positive and negative responses have come regarding reappointment of sitting NEA executive director Kulman Ghising. There is no truth in rumours regarding reappointment of Ghising,...