बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पाइपलाइनबाट डिजेल आउन थालेपछि आयल निगमले १ वर्षमा जोगायो १ अर्ब ६ करोड

भदाै २४।काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट नेपालमा तेल आपूर्ति हुन थालेको १ वर्ष पूरा भएको छ ।गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अन्तरदेशीय पेट्रोलियम पाइप लाइनको उद्घाटन गरेका थिए ।

दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको ‘मोतिहाराी–मलेखगन्ज’ पेट्रोलियम पाइपलाइनबाट १ वर्षको अवधिमा ५३ करोड ४१ लााख ३ हजार लिटर डिजेल आयात भएको छ ।पाइपलाइनमार्फत पेट्रोलिय पदार्थको आपूर्ति गर्दा ढुवानी भाडामा उल्लेख्य मात्रामा बचत भएको आयल निगमको भनाइ छ ।

आयल निगमले ट्याङ्करबाट डिजेल आयात गर्दा ढुवानीकर्ता व्यवसायीलाई १ लिटरको २ रुपैयाँ दिने गर्छ । जसअनुसार पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा निगमले १ अर्ब बढी रकम बचत गर्न सफल भएको छ ।

निगमका अनुसार पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा १ अर्ब ६ करोड ८२ लााख ६ हजार रुपैयाँ बचत भएको नेपाल आयल निगमका प्रवक्ता ईन्जिनियर विनित मणि उपाध्यायले जानकारी दिए ।

पाइपलाइनबाट भइरहेको आपूर्तिले पेट्रोलिय पदार्थको गुणस्तरमा सुनश्चित भएको तथा प्रदुषण न्यूनिकरणमा सहयोग पुगेको आयल निगमका प्रवक्ता उपाध्यायको भनाइ छ ।

ट्याङ्करबाट तेल आयात गर्दा चोरीका घटना समेत हुने गर्थे । ट्यााङ्करका चालक समेतको मिलेमतोमा हुने चोरीका कारण निगमले करोडौंका घाटा समेत व्यहोनुपर्ने हुन्थ्यो । तर, पाइपलाइनबाट आपूर्ति हुँदा चोरी बन्द भएको छ ।

हाल अमलेखगन्जस्थित डिपोमा भण्डारणाका लागि ४ वटा ट्याङ्की छन् । ४१ सय किलोलिटर क्षमताका २ र ३९ सय किलोलिटर क्षमताका २ ट्याङ्की छन् ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ मा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजना अगाडि सारेको छ । निगमले सरकारको उक्त योजनाअनुसार कार्य अगाडि बढाइएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *