भदाै २४ ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकालेकाे साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो।
सोमबार १०ः०५ देखि १०ः२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताए। उनले भने, “यदि यस समयमा करणामयलाई रथबाट झिक्न सकिएन भने साङ्केतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ।” सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिने उनले जानकारी गराए।
सोमबार भगवान्लाई रथबाट झिक्नुभन्दा पहिले चार दिनअघि...
भदाै २४ पाेखरा। पचास वर्षपछि नेपाल प्रहरी अन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन्। प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो।
अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ। विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुन् भने नेपालमा दोस्रो गुल्मपति हुन्। नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन्।
जिम्मेवारी बहनसँगै गुरुङले भनिन्, “तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य। अधिकारभित्र रहेर उत्कृृृष्ट ब...
भदाै २४ काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार आज उपत्यकाका तीन जिल्लामा १४५ महिला र ३१९ पुरुष गरी थप ४६४ कोरोना संक्रमित थपिएका हुन्।
आज काठमाडौंमा ३९४ (१०४ महिला, २९० पुरुष), भक्तपुरमा ३६ (२० महिला, १६ पुरुष), ललितपुरमा ३४(२१ महिला, १३ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुष रहेका छन्।
उपत्यकामा मंगलबार ३९६जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार ८१ जनामा कोरोना संक्रमण देखिएको छ।
...
भदौ २४ काठमाडौँ । कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ । निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम भइहेको छ ।
गत वर्ष निर्माण शुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको छ । निर्माणस्थलमा अहिले झण्डै दुई सय कामदार कार्यरत छन् । काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जनाएको छ । बन्दाबन्दी पहिले नै कम्पनीले आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिसकेको थियो ।
निर्माण शुरु भएको १० महिना हुँदा अहिलेसम्मको भौतिक प्रगति झण्डै चार प्रतिशत रहेको छ । अहिलेसम्म भौतिक प्रगति सातदेखि आठ प्रतिशत हुने लक्ष्य लिइएको थियो । निर्माणको काम अवरुद्ध नै नभए पनि कतिपय समस्या आइरहेकाले लक्ष्यभन्दा कम प्रगति भएको बताइएको छ ।
केह...
भदाै २४ काठमाडाैं ।काभ्रे जिल्लाको पनौतीमा रहेको त्रिवेणीधाम भएर बगेको खोलामा स्थानीय जनताले व्यावसायिक रूपमा पालेको हाँस । यहाँ हाँसको अण्डा प्रतिवटा रु २० देखि ३० पर्छ । प्रतिहाँस रु ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको छ । रासस
भदाै २४ काठमाडौं – करोडौं रकम हिनामिना गरेर फरार भएका सहकारी सञ्चालक पक्राउ परेका छन् । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडका प्रबन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको आरोपमा खड्गीलाई पक्राउ गरिएको हो ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार प्रहरी टोलीले उनलाई सोमबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।
मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्बन्धी कसुरमा अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप भई अनुसन्धान शुरु भएको महाशाखाले जनाएको छ।
...
भदाै २४ काठमाडाैं । सामाजिक सञ्जाल टिकटकमा नृत्य गरेको एक भिडियोले ५ जना महिलालाई कठोर सजाय दिलाएको छ ।उनीहरुले टिकटकमा अपलोड गरेको भिडियोका कारण १४ लाख रुपैयाँ जरिवाना र दुई वर्षको जेल सजाय भोग्नुपर्ने भएको हो ।
यो घटना मिश्रको हो । मिश्रको एक अदालतले उनीलाई यस्तो सजाय सुनाएको हो, जुन भिडियो उनीहरुले टिकटकमार्फत सार्वजनिक गरेका थिए ।१५ सेकेन्ड लामो भिडियोमा नृत्य देख्न सकिन्छ । साथै मेकअप पोज पनि देखाइएको छ । भिडियो भाइरल भएपछि उक्त भिडियोविरुद्ध कानून उल्लङ्घन गरेको भन्दै उजुरी परेको थियो ।
जाय पाउनेमा २० वर्षीया हानिन होसाम र २२ वर्षीया मोवादा अल अधम र उनीहरुका अन्य ३ सहयोगी रहेका छन् ।
...
भदाै २४ काठमाडाैं । कोरोना भाइरसको महामारीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति २ खर्व ९३ अर्बबाट ६ मिलियन अर्थात् ६० अर्बमा झरेको छ ।ट्रम्पको सम्पत्ति एक वर्षमै २० प्रतिशतले कमी आएको छ ।
यससँगै उनी द फोर्ब्स ४००को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् ।डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ ।यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ ।
यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५० पार्किङ स्थल छन् ।उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् ।
...
भदाै २४ काठमाडाैं ।गत बुधबारको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–९, भुजीखोलामा आएको बाढीपहिरोमा बेपत्ता दुई महिलाको मंगलबार राति शव भेटिएसँगै मृत्यु हुनेको संख्या १९ पुगेको हो ।
बडिगाड गाउँपालिका वडा नं. ६ को खालबजार नजिकै बडिगाड खोला किनारमा ३२ वर्षीया चनी विक र २८ वर्षीया कुमारी विकको शव भेटिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । अहिलेसम्म भेटिएका १९ वटै शवको पहिचान भएको छ ।
बाढीपहिरोमा परी अझै १९ जना बेपत्ता छन् । घटनास्थलदेखि झण्डै १ सय किलोमिटर दक्षिणसम्म प्रहरीले खोजी कार्य गरिरहेको छ । गुल्मीको रिडी र स्याङ्जास्थित कालीगण्डकी ए जलविद्युत आयोजनासम्म पुगेर प्रहरी, सशष्त्र र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।
बाढीपहिरोमा परी ८० घर पूर्ण रुपमा र ५१ घर आंशिक क्षति भएका छन् । यहाँको एक मोटरेबल पुल र ३ वटा झोलुङ्गे पुल पनि बगे...