आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

कुन स्थानीय तहले कोरोना नियन्त्रणका लागि कति पाए रकम ?

कुन स्थानीय तहले कोरोना नियन्त्रणका लागि कति पाए रकम ?

आर्थिक
भदाै २४ काठमाडौं । वाग्मती प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिले कोरोना भाइरस सङ्क्रमण तथा रोकथामका लागि प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रलाई रु १८ करोड २६ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्बन्धित संस्थाबाट माग भएपश्चात अनुगमन गरी आवश्यकताका आधारमा रकम उपलब्ध गराइने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।सामाजिक विकास मन्त्रालयले अनुगमन गरी दिन सिफारिस गरेका स्थानीय तह, अस्पताल तथा स्वास्थ्य संस्थालाई मात्रै रकम उपलब्ध गराउन लागिएको मन्त्री जम्मकट्टेलले बताए । समितिले प्रदेश सरकारले स्थापना गरेको कोषबाट काठमाडौँको कीर्तिपुर नगरपालिकालाई रु १० लाख, शङ्खरापुर नगरपालिकालाई रु २० लाख, बूढानीलकण्ठ नगरपालिकालाई रु २० लाख, तारकेश्वर नगरपालिकालाई रु १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई रु १५ लाख, चन्द्रा...
काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
भदाै २४ काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ।जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ। काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो।भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ। ...
नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद : गोकुललाइ मन्त्री बनाउने मुडबाट ओली !

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद : गोकुललाइ मन्त्री बनाउने मुडबाट ओली !

राजनीति
भदाै २४ काठमाण्डौ । बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय गराएर सांसदमा लाने तर उहाँ र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा सदस्य भए पनि संविधानतः मन्त्री बन्न नसक्ने तर्क गर्नुभएको छ । यसबीच यदि यी दुई नेता मन्त्री हुनै लागेछन् भने पनि तुरुन्तै रिट बोकेर सर्वोच्च पुग्ने गरी वकिलहरूको एउटा समूह तयारी हालतमा छ । पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको फरक–फरक विधिमार्फत संघीय संसदमा प्रवेश भए पनि मन्त्री नै बनाइहाल्न चाहिँ प्रधानमन्त्रीको रुची नदेखिँदा शीर्ष नेताबीच यी विषयमा पनि माथाप...
सेप्टेम्बर महिना भित्रै रुसी खोप आइपुग्ने

सेप्टेम्बर महिना भित्रै रुसी खोप आइपुग्ने

अन्तराष्ट्रिय
भदाै २४ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताउनु भएको छ । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताउनुभयो । चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ । रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ । रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताउनु भएको छ । उह...
सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफलमा

सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफलमा

राजनीति
भदाै २४ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड केहिबेर अघि बालुवाटार पुगेका छन् । अध्यक्षद्वयबीच बिहीबारका लागि बोलाइएको सचिवालय बैठक र शक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डाका विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।नेकपामा मन्त्रिपरिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् । दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल...
एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

समाचार
भदौ २४ काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ ।विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए ।दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने उनले बताए । उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्था...
साढे १५ किलो सुन तस्करी प्रकरणमा न्युरोडका दुई सुन व्यापारी पक्राउ

साढे १५ किलो सुन तस्करी प्रकरणमा न्युरोडका दुई सुन व्यापारी पक्राउ

अपराध
भदाै २४ काठमाडौं ।काठमाडौं सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा प्रहरीले न्यूरोडका दुई सुन व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सात दिनअघि न्युरोडबाटै पक्राउ गरेको हो । संगठित अपराधअन्तर्गत अदालतबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । सुनको जलप लगाएको साढे १५ किलो चाँदीसहित आधा किलो सक्कली सुन पनि प्रहरीले बरामद गरेको थियो । प्रहरीका अनुसार सुन तस्करीका मुख्य आरोपित बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले उक्त आधा किलो सुन लक्की ज्वेलर्सका म्यानेजर श्रीनिवाससँग खरिद गरेका थिए । श्रीनिवासले अष्टमंगल ज्वेलर्सका म्यानेजर विजयसँग र विजयले नेपाल राष्...
आजदेखि  जितिया पर्व शुरु

आजदेखि जितिया पर्व शुरु

मनोरन्जन
भदाै २४ । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघि...
‘बिग बोस’को १४ औँ श्रृंखला अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुने

‘बिग बोस’को १४ औँ श्रृंखला अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुने

मनोरन्जन
भदाै २४ । चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औँ श्रृंखला आगामी अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुँदैछ ।यसपटक भने अघिल्ला भन्दा भिन्न किसिमका ‘टास्क’ र गतिविधि हुने आयोजकले जनाएको छ । प्रतिष्पर्धीहरुले यसपटक लकडाउनदेखि ‘लक्जरी टास्क’को अनुभव लिन पाउने बताइएको छ । यस ‘सिजन’मा घरभित्र मल, मिनी थिएटर, स्पा र घरको कुनामा सानो रेष्टुरेण्ट समेत राख्ने तयारी गरिएको बताइएको छ । कोरोनाभाइरसविरुद्धको लकडाउनका कारण मानिसहरु सपिङ, फिल्म हल लगायत विलाशी गतिविधिबाट वञ्चित हुनुपर्यो । बिगबोस–१४ का अब्बल प्रतिष्पर्धीहरुले ती गतिविधिको आनन्द लिन पाउने छन् । सलमान खानले पनि यसबारे संकेत दिइसकेका छन् । यसवाहेक घरभित्र पहिले झैँ केही चर्चित सेलिब्रिटी र केही संघर्ष गरिरहेका कलाकारको मिश्रित टोली हुनेछ । अन्न्पुर्ण पोष्टमा खबर छ । भरतीय मिडियाका अनुसार निया शर्मा, पवित्रा पुनिया, आकांक्षा पुरी, निशान्त...
चलचित्र ‘प्रेमगीत ३’का निर्देशक छेतन गुरुङको निधन

चलचित्र ‘प्रेमगीत ३’का निर्देशक छेतन गुरुङको निधन

मनोरन्जन
भदाै २४ काठमाडौँ ।चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको महाराजगञ्ज स्थित मेट्राे अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए। स्वास्थ्यमा समस्या भएर उनलाई सोमबार अस्पताल लगिएको सन्तोषले बताए । ‘उहाँको कलेजोमा समस्या देखिएको थियो, आज बिहान बित्नु भयो।’सन् २०१४ मा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । गुरुङले सन् २०१६ को चलचित्र ‘क्लासिक’, सन् २०१७ को चलचित्र ‘डायरी’ र सन् २०१९ को चलचित्र ‘ए मेरो हजुर’ को कथा लेखेका थिए। यस्तै सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन गुरुङले गरेका थिए । पछिल्लो समय छेतन ‘हुतुतु’ लेखिरहेका थिए।गुरुङले डेब्यु गरेकाे चलचित्र नोभेम्बर रेनबाट २०७१ सालको एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट...