बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चट्याङ लागेर युवाको मृत्यु

भदाै २५ काठमाडाैं । बागलुङको ताराखोलामा बुधबार राति चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई उपचारका लागि गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा लगिएको थियो । उनलाई स्वास्थ्यकेन्द्रमा लगेकै समयमा मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताउनुभयो । चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *