आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

स्विट्जरल्याण्डले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

समाचार
स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मंगलबार भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्न लागिएको हो। राजदूत क्यापिलरका अनुसार स्विस सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन परीक्षण किट सहयोग गर्न लागेको हो। उपप्रधानमन्त्रीसँगको टेलिफोन संवादमा स्वास्थ्य सामग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौंँ आइपुग्ने स्विस राजदूतले जानकारी दिइन्। चार्टर्ड फ्लाइटको खर्च स्विस सरकारले नै बेहोर्ने बताइएको छ। ...
नवलपरासीको बर्दघाट नगरपालिकामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु  ४९ जना घाइते

नवलपरासीको बर्दघाट नगरपालिकामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु ४९ जना घाइते

समाचार, समाज
पूर्वपश्चिम राजमार्गमा पर्ने पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य ४९ जना घाइते भएका प्रहरीले जनाएको छ। आज बिहान करिब साढे पाँच बजे बर्दघाट नगरपालिका ४स्थित दाउन्ने सडकखण्डको बाँस खोलामा ना ५ ख २७१३ नम्बरको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दुर्घटनामा परेको बस काठमाडौंबाट रुकुम पश्चिम जाँदै थियो। बसमा ५८ जना सवार थिए। दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए। ज्यान गुमाउने रुकुम पश्चिमको त्रिवेणीकी २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका घर भएका ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ। बाँकी दुई जनाको सनाखत हुन सकेको छैन। दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल लगिएको छ भने सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइ...
पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु

अन्तराष्ट्रिय, समाचार
विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ४ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ४८५ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख १ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण घट्दाे क्रममा रहेकाे देखिएकाे छ । हालसम्म विश्वभर १६ करोड ४८ लाख ७३ हजार २२९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ५० लाख ९ हजार ५१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ९ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख १७ हजार ७०७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार ४११ जनाको ज्यान गएको छ । १ लाख १४ हजार ५२९ सक्रिय संक्रमि...
काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षण तीव्र

काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षण तीव्र

समाचार, स्वास्थ्य
हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ । स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने, “परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न...
लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प

लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प

समाचार, समाज
 लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युटकाे भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युटको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन । ...
भारतमा कोरोना संक्रमितको संख्या घट्दै

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

अन्तराष्ट्रिय
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा संक्रमित हुनेको संख्या घटेको पाइएको छ। सोमबार त्यहाँका २ लाख ८१ हजार ३६८ जना संक्रमित थपिएकामा आज मंगलबार त्यसमा केही कमी आएको छ। गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ। यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ संक्रमित भेटिएका हुन् ।सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।त्यसैगरी य...
चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

अन्तराष्ट्रिय
 भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ। मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ। मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो। त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ। सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ। भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ। सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ। उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ। मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो। मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो। त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो अ...
निषेधाज्ञामा बैंकले जरिवाना लिन र धितो लिलामी गर्न नपाउने

निषेधाज्ञामा बैंकले जरिवाना लिन र धितो लिलामी गर्न नपाउने

आर्थिक
कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर कर्जा तिर्न नसके जरिवाना नलाग्ने भएको छ ।राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने जनाएको छ । यस्तै, कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने राष्ट्र बैंकले जनाएको छ । ...
डीसीसीएमसी काभ्रेद्वारा आइसोलेसन केन्द्रको सुरक्षा जिम्मा सेनालाई

डीसीसीएमसी काभ्रेद्वारा आइसोलेसन केन्द्रको सुरक्षा जिम्मा सेनालाई

समाचार
कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो। शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ। सङ्क्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी...
सेयर बजारमा दिन प्रतिदिन नयाँ किर्तीमान, परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

सेयर बजारमा दिन प्रतिदिन नयाँ किर्तीमान, परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

आर्थिक
साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तीमान कायम गरेको छ। मंगलबार नेप्से ३४ दशमलव ६८ अंक बढेर २७ सय ९३ दशमलव ९० अंकमा बन्द भएको छ। यो सँगै नेप्से २८ सय अंक नजिक पुगेको छ। यो हालसम्मकै नेप्से इतिहासको सबैभन्दा उच्चतम विन्दु हो। यसअघि आइतबार र सोमबार पनि लगातार बढेको नेप्सेले एक पछि अर्को किर्तीमान कायम गरेको थियो। यस्तै मंगलबार कारोबार रकमले पनि नयाँ किर्तीमान कायम गरेको छ। यस दिन एकै दिनमा ११ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एकै दिन कारोबार भएको यो रकम अहिलेसम्मकै उच्च हो। यस दिन २ सय १५ कम्पनीका २ करोड ३१ लख ३१ ह्जार ६ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा उक्त रकमको कारोबारो भएको हो। यस दिन उत्पादनबाहेकका सबै समूहमा हरियाली छाएको छ। सो समूह ५ अंकले घटेको छ। आज बैंकिङ ४, ब्यापार ७६, होटल तथा पर्यटन २००, विकास बैंक १००, जलविद्युत ९६, फाइनान्स ८०, न...