आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

विदेशीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग

विदेशीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग

समाचार
नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभएको हो । “नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण सङ्कलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई÷तीनवटा नियमित उडान गर्नुपर्छ”, नाट्टाका कावा अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली ना...
पछिल्लो २४ घण्टामा थपिए ८१७३ जना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ८१७३ जना संक्रमित

समाचार
पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन विधिको परीक्षणबाट सो संख्यामा कोरोना पुष्टि भएको जानकारी दिनुभयाे  । मन्त्रालयका अनुसार सो अवधिमा ७९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २४८६ जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिनुभयाे । ...
हिउँमा चिप्लिएर ट्रेकिङ गएका शेर्पाको मृत्यु

हिउँमा चिप्लिएर ट्रेकिङ गएका शेर्पाको मृत्यु

समाचार
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लिएर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८वर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भईरहेको छ ...
लमजुङमा फेरि गयो ५.३ रेक्टर स्केलको भूकम्प

लमजुङमा फेरि गयो ५.३ रेक्टर स्केलको भूकम्प

समाचार
बुधवार (आज) बिहानै लमजुङमा दोस्रो पटक फेरि भूकम्प गएको छ । बुधवार बिहान ८ बजेर २६ मिनेटमा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि आज बिहान नै ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्पको धक्का आसपासका जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भुकम्पमा परी केही मानिसहरु घाइते भएका र केही घरहरुमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट रहेको छ । ...
रुपन्देहीमा कोरोना संक्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

समाचार
कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध हुनुहुन्थ्यो । अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो । यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि...
चक्रवातको प्रभावः हावाहुरी सहितको असिना पानी पर्ने

चक्रवातको प्रभावः हावाहुरी सहितको असिना पानी पर्ने

माैसम
काठमाडौँमा बुधबार बिहान देखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदलि भइ पानी परेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि मौसम विभागले बताएको छ । ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभाव बुधबार देखि शुक्रबार सम्म रहने बताइएको छ । चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमस पूर्व तर्फ बढ्दै गएर बाहिरिने छ । ...
नेता मल्लको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेता मल्लको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गर्नुभएको छ । सभापति देउवाले आज शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुनुहुन्थ्यो । मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो । ...
रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने

रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने

समाचार
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो । आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्मती ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछौँ ।” यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी बाजा बजाएर हुल गर्दै मच्छिन्द्रनाथ लिन नजान आग्रह गरिसकेको शाक्यले जानकारी गराए । बिहान ६:५० देखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिकरूपमा ल्याउने काम गरिने मच्छिन्...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

आर्थिक
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा १०० रूपैयाँले घटेर ९३ हजार ३०० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज २० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...
बुढानिलकण्ठ नगरपालिकाका जात्रा सञ्चालनका लागि १७ बुँदे मापदण्ड

बुढानिलकण्ठ नगरपालिकाका जात्रा सञ्चालनका लागि १७ बुँदे मापदण्ड

समाचार
प्रत्यक वर्ष बुढानिलकण्ठ नगरपालिका वडा नं १३मा मनाइने स्थानीय नौलिंग भाद्राकाली जात्रा संचालन सम्बन्धि सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ। विश्व ब्यापी रुपमा फैलिएको कोरोना र निषेधाज्ञाको अवस्थामा जात्रा कसरि संचालन गर्ने भन्ने बिषयमा छलफल गरिएको हो ।प्रत्येक वर्ष  बैशाख शुक्ल पुर्णिमाको अघिल्लो दिन बाट शुरु भई ६ दिनसम्म मनाईने गरिन्छ। ललितपुर र काठमाडौँमा लडाई भईरहेको समयमा ललितपुरलाई काठमाडौंले  जित्नको  लागि राजा र तान्त्रिकको  सल्लाहमा भद्रकाली माईलाई भारतबाट कलमा ल्याईएको  थियो। उक्त भद्रकाली माईले बच्चाको  रुप धारण गरि राष्ट्रिय नाचघर अगाडिको  पिपलबोटबाट खेतमा काम गर्न गएको किसानले बूढानीलकण्ठ वडा १३ चुनेखेल गाम्चा, हाल भद्रकाली मन्दिर रहेको स्थानमा राखि आफ्नो काम गर्नका लागि गएकाा थिए। काम सम्पन्न गरि  फर्केर आउँदा सो बच्चा उक्त स्थान भेट...