आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

१२ वर्षीया बालिकालाई बगैँचामा लगेर जबरजस्ती करणी गर्ने पक्राउ

१२ वर्षीया बालिकालाई बगैँचामा लगेर जबरजस्ती करणी गर्ने पक्राउ

अपराध
कपिलवस्तुमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमानलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो । दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बिच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । ...
राजेन्द्र महतो संसदीय दलको नेता चयन भएका छैनन् : उपेन्द्र यादव

राजेन्द्र महतो संसदीय दलको नेता चयन भएका छैनन् : उपेन्द्र यादव

राजनीति
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेतामा चयन नभएको बताएका छन्। यसअघि आजै नेता राजेन्द्र महतो संसदीय दलको नेतामा निर्वाचित भएको पत्र संसद सचिवालयमा दर्ता भएका विवरण सार्वजनिक भएका थिए। महन्त ठाकुर पक्षीय नेता महतो निर्वाचित भएपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै उनी पार्टीको संसदीय दलको नेतामा चयन नभएको स्पष्ट पारेका छन्। ...
पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २सय ८६ पीसीआर परीक्षण र र ६ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा हालसम्म ४ लाख ७६ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८सय ९१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ सय ९६ संक्रमितको मृत्यु भएको छ। योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४सय ११ पुगेको मन्त्रालयले जनाएको छ। ...
एमाले कार्यदलको सकियो बैठक

एमाले कार्यदलको सकियो बैठक

राजनीति, समाचार
नेकपा एमाले कार्यदलको पहिलो बैठक सकिएको छ । सिंहदरबारमा बसेको बैठकले पार्टीमा एकअर्काप्रति अन्तरविरोध पैदा हुने काम नर्गन आह्वान गरेको नेता भीम रावलले जानकारी दिएका छन् । बैठकले आफ्नो कार्यक्षेत्र र कार्यविधि आचासंहिता तुरुन्त लागू गर्ने तय गरेको पनि उनले जानकारी दिए । ‘पाटीमा देखिएको समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंतिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैलाई सहयोग र सद्भावका लागि आग्रह गरेको छ’, नेता रावलले भने । उनले बैठक भोलि फेरि वैठक बस्ने जानकारी दिए । ...
विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक

विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक

खेलकुद
नेपाली राष्ट्रिय टोलीको अन्तिम ‘२३’ सदस्यीय टोलीको सूची सार्वजनिक भएको छ। फिफा विश्वकप तथा एसियन छनोटका बाँकि खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेत भ्रमण गर्ने अन्तिम टोलीको घोषणा गरेका छन्। बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन्। उनले टोली छनोटमा केही अप्रत्याशित तथा ‘बोल्ड’ निर्णयहरु गरेको देख्न सकिन्छ। राष्ट्रिय टोलीका नियमित नामहरूमा भरत खवास, रञ्जित धिमाल, रविशंकर पासवान र दर्शन गुरुङ जस्ता खेलाडी २३ सदस्यीय टोलीमा पर्न असफल भएका छन्। त्यस्तै अमित तामाङ, सेसेहाङ आङदेम्बे, निशान खड्का, विवेक बस्नेत र नितिन थापा पनि टोलीमा नअटाएको देख्न सकिन्छ। अल्मुताइरीले सुरज जिउ ठकुरी, मनिष डाँगी, कमल थापा, गौतम श्रेष्ठ र आयुष घलानलाई पहिलो पटक नेपाली टोलीमा समावेश गरेका छन्। त्यस्तै उनले ‘लेफ्ट ब्याक’ सुमन अर्याललाई ...
प्रधानमन्त्री ओलीविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

प्रधानमन्त्री ओलीविरुद्ध परेको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

समाचार
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको रिटमा लिखित जवाफ माग गरेको छ । गत शुक्रवार प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको सपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै परेको रिटमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासलमा परेको थियो । प्रधानन्यायाधीश राणाको इजलासले १५ दिनभित्र लिखित जवाफ माग गरेको हो । त्यसबारे बहस गर्दै प्रधानन्याधीश राणाको इजलासले १५ दिनभित्र महान्यायाधीश कार्यालय मार्फत लिखित जवाफ माग गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाइ दायर गरिएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको जनाएको छ । सुनुवाईमा भनिएको छ, निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत ल...
नेकपा एमालेको पहिलो कार्यदलको बैठक आज सिंहदरवारमा बस्दै

नेकपा एमालेको पहिलो कार्यदलको बैठक आज सिंहदरवारमा बस्दै

राजनीति
नेकपा (एमाले) को विवाद समाधानको लागि अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधव नेपालबाट गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबार बस्ने भएको हो । दुवै पक्षबाट पाँच पाँच जनाको कार्यदल बनाइएकोमा ओली पक्षका शंकर पोखरेल भने काठमाडौँ बाहिर छन् । ओली पक्षको कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले दिएको जानकारी अनुसार कोरोना संक्रमण स्थितिले गर्दा बैठक सिंहदरबारमा बस्ने तय भएको हो । गत फागुन २३ गते सर्वोच्चले नेकपालाई माओवादी केन्द्र , एमाले पार्टीमा यथास्थितिमा ल्याई दिएपछि फुटको संघारमा पुगेको नेकपा एमाले अहिले पार्टी एकताको लागि लागि परेको छ । पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लानुपर्ने भन्दै माग राखेको नेपाल पक्षको माग पुरा गर्न ओली सहमत भएका छन् । जसको कारमण हो ओली सरकार टिकाउन । पार्टीलाई जेठ २ गतेको अवस्थामा लान कसरी अगाडी बढ्ने भन्ने विषयको जिम्मा भने १० जना कार्...
नेपालमा पनि देखिन थाल्यो चक्रवातकोे प्रभाव

नेपालमा पनि देखिन थाल्यो चक्रवातकोे प्रभाव

समाचार
अरब सागरमा विकसित सामुद्रिक आँधीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । ‘ताउ ते’ नाम दिइएको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाडौ उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । ‘अहिले आकाशको उचाइमा सेतो, गह्रा–गह्रा परेको बादल छ, त्यो अरब सागरबाट आएको बादल हो, कम उचाइमा रहेको बादल भने पश्चिमी न्यून चापीय र स्थानीय वायू हो’, अर्यालले भने । सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने मौसमविद् अर्यालले जानकारी दिएका छन् । पर्सी बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने क...
सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोनाबाट निधन

सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको कोरोनाबाट निधन

समाचार, समाज
कोरोना भाइरस संक्रमणबाट सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ । सप्तरीमा सोमबारयता चौधरीसहित आठ जनाको ज्यान गएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् । सप्तकोशी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवती समेत थिइन् । नोबेलमै उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए । ‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उप...
भोजले फैलायो पाहुनाले भित्र्याएको कोरोना

भोजले फैलायो पाहुनाले भित्र्याएको कोरोना

समाचार
म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् । वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब सङ्कलन गरेका थिए । ‘तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी सङ्क्रमित छन । कतिले अझै परीक्षण गरेका छैनन्’, वडाध्यक्ष पौडेलले भने, ‘छुटेका र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्त...