आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

बनेपा आजदेखि ‘शिल’, मर्निङवाक समेत बन्द

बनेपा आजदेखि ‘शिल’, मर्निङवाक समेत बन्द

समाचार, समाज
जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिकामा आज (मंगलबार) रातिदेखि ‘शिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर शिल गर्ने निर्णय गरेको हो । कारोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगर प्रमुख लक्ष्मीनरसिंह वादेले बताए । उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र शिल गर्ने निर्णय गरिएको हो । ‘औषधि पसल र अस्पताल बाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ’, वादेले भने । नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्...
प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका छन् । अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् । ती सबै रिटको आज पेशी हुने सर्वोच्चको रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिए । रिटमा कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांसदलाई दोहोर्‍याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरिपाऊँ भन्ने उल्लेख छ । त्यसबाहेक ...
१८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

१८ थान अक्सिजन कन्सन्ट्रेटर जडान

समाचार, समाज
कञ्चनपुरको महाकाली अस्पतालमा सोमबार १८ थान अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। कोरोना सङ्क्रमितको चाप बढेपछि अस्पतालमा अक्सिजनको अभाव भइरहेका बेला केन्द्रबाट आएका अक्सिजन कन्सन्ट्रेटर जडान गरिएका महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए। “यहाँ स्वास्थ्य सेवा विभागबाट प्राप्त १८ वटा अक्सिजन कन्सन्ट्रेटर अहिले जडान गरियो”, उनले भने, “यसले सङ्क्रमितको उपचारमा सहजता मिल्नेछ।” हाल महाकाली अस्पतालमा नेपालगञ्ज र धनगढीबाट अक्सिजन आपूर्ति गरेर बिरामीको उपचार भइरहेको उनले जानकारी दिए। “युनिसेफको सहयोगमा अब अस्पतालले नै अक्सिजन आपूर्ति गर्ने भनेका छौँ”, डा श्रेष्ठले भने, “अक्सिजन आपूर्तिका लागि यहाँको निजीस्तर र स्थानीय तहबाट पनि आर्थिक सहयोग भएको छ।” अस्पतालको अस्थायी कोरोना अस्पताल, आइसीयू र आकस्मिक कक्षमा सङ्क्रमितको उपचार भइरहेको छ। छ शय्या रहेको अस्पतालको ...
लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी

समाज
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए। “लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ”, प्रवक्ता थापाले भने, “लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ।” उनले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै यहाँस्थित बिबीमार्टका दुई जनालाई कारवाही गरिएको बताए। ...
काठमाडौं सहित २० जिल्ला अति जोखिममा

काठमाडौं सहित २० जिल्ला अति जोखिममा

समाचार
कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन ?’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेकोसमेत उनले औंल्याए । ‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ स...
देशभर १ लाख ११ हजार अक्सिजन सिलिन्डर

देशभर १ लाख ११ हजार अक्सिजन सिलिन्डर

समाचार
कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ गरी कुल १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर रहेका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगमले ओमनबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ । चीनबाट प्राप्त हुनेमध्ये १६ सय अक्सिजन सिलिन्डर लिन निगमको कार्गो उडानले १५ देखि १८ मेसम्म नियमित उडान गर्नेछ ।प्रधानमन्त्री कार्यालयले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गत ३१ वैशाखमा ३ करोड ७७ लाख ४३ हजार ४ सय ३२ बराबरका २६ लाख १३ हजार १६ थान मेडिकल उपकरण र ५७ लाख ५७ हजार ६ सय ९६ बराबरका अक्सिजन तथा औषधि पैठारी भएको जनाएको छ । ...
कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो

कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो

समाचार
विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ३४ लाख ३ हजार ७४४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ८ लाख १० हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै तीन लाखले धेरै हो । पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड ४१ लाख ६८ हजार ५०२ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.७७ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ४२ लाख ५७ हजार ५१ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ ...
सर्वोच्च अदालतको कोरोना भाइरस संक्रमितलाई  भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतको कोरोना भाइरस संक्रमितलाई भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश

समाचार, समाज
सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको व्यवस्था गर्न भनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आइतबार दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा उक्त आदेश जारी भएको हो। “हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्नू,आइयियू तथा भेन्टिलेसनको प्रयोग गर्नका लागि विशेषज्ञको ब्यवस्था गर्नू”, आदेशमा भनि...
हाल काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७४

हाल काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७४

समाचार, स्वास्थ्य
 काठमाडौं उपत्यकामा संक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा हाल सक्रिय संक्रमितको संख्या ४० हजार ७७४ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौंमा सबैभन्दा धेरै २८ हजार ५२७, ललितपुरमा ७ हजार १७१ र भक्तपुरमा ५ हजार ७६ सक्रिय संक्रमित छन् । हालसम्म यी तीन जिल्लामा एक हजार ७४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सबैभन्दा धेरै काठमाडौंमा एक हजार १८९ संक्रमितको मृत्यु भएको छ भने ललितपुरमा ३१८ र भक्तपुरमा ३२५ को मृत्यु भइसकेको छ । हाल यी तीन वटै जिल्लामा स्थानीय प्रशासनले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका छन् । हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १३ हजार ४८० रहेको छ । मृत्यु हुने...
आज जेठ ४ गते मंगलबारको राशिफल

आज जेठ ४ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भुमि एवं वाहन सुख मिल्नेछ । शत्रुहरु परास्त हुनेछन । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको...