आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २९ हजार ८३५ जनामा काेराेना संक्रमण पुष्टि: विश्व स्वास्थ्य संगठन

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २९ हजार ८३५ जनामा काेराेना संक्रमण पुष्टि: विश्व स्वास्थ्य संगठन

अन्तराष्ट्रिय, समाचार
 विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ४३७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २९ हजार ८३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १६ करोड ३७ लाख १ हजार २१० मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड २१ लाख ४९ हजार ९९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ९२ हजार ८०१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार एक जनाको ज्यान गएको छ । १ लाख १० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ५५ हजार २० जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ३९ हजार ७५६ जना संक्रमित निको भइसकेका छन् । ...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको दासढुङ्ग घटनाको यथार्थ पत्ता लगाउन आग्रह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको दासढुङ्ग घटनाको यथार्थ पत्ता लगाउन आग्रह

राजनीति, समाचार
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दासढुङ्ग घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जीप दुर्घटनामा मदन–आश्रित मारिएका थिए । उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’ नेकपा एमालेको विधान, विधि...
नेप्से आज दोहोरो अंकले बृद्धि

नेप्से आज दोहोरो अंकले बृद्धि

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) दोहोरो अंकले बढेको छ । आज नेप्से ५४.२६ अंकले बढेर दुई हजार सात सय ३८ दशमलब ३५ विन्दुमा थामिएकोे छ । त्यस्तै, आज १० अर्ब ४० करोड ३८ लाख  ७९ हजार बराबरको कारोबार भएको छ भने आज नौ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।   शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंक रहेका छन् ।  यो दिन रूरू जलविद्युत परियोजनाको शेयरमूल्य १० प्रतिशतले र अन्य सात कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको हो । रूरू जलविद्युत परियोजनाको प्रतिकित्ता रू. ८० ले बढेर यो दिन अन्तिम मूल्य रू. ८८० कायम भएको छ । त्यस...
पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८०७ को मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८०७ को मृत्यु

अन्तराष्ट्रिय, समाचार
 विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ८ सय ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ८०७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख २६ हजार १५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १६ करोड ३१ लाख ६१ हजार ५ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड १४ लाख ५८ हजार २२७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आइतवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ८२ हजार ९७७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ८५६ जनाको ज्यान गएको छ । १ लाख ९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ४७ हजार ७०४ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ३३ हजार १०८ जना संक्रमित निको भइसकेका छन् । ...
नेपाललाई आपत्कालीन सहयोगको आवश्यक :विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

नेपाललाई आपत्कालीन सहयोगको आवश्यक :विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

अन्तराष्ट्रिय, समाचार
 विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई आपत्कालीन सहयोगको आवश्यक परेको बताएको छ । नेपालको स्वास्थ्य संरचनाले धान्न नसकेछि डब्लुएचओल यस्तो बताउको हो । भारतसँगै नेपाल, श्रीलंका, भियनताम, कम्बोडिया र थाइल्यान्ड पनि चरम संकटमा परेको डब्लुएचओको निष्कर्ष निकालेको छ। नियमित प्रेस सम्मेलनमा डब्लुएचओका महानिर्देशक टेड्रोसले भारतसँगै नेपाललगायतका देशमा संक्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका छन् । यी देशहरूमा समस्या अन्य देशको भन्दा ठूलो भएकाले डब्लुएचओको तर्फबाट सबैखाले सहयोग हुने उनले बताएका छन् । ...
आज जेठ २ गते आईतबारको राशिफल

आज जेठ २ गते आईतबारको राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आ...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमयदर

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमयदर

आर्थिक, समाचार
आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रि दर १४२ रुपैयाँ ४७ पैसा कायम भएको छ । त्यसैगरी, युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रिदर ९० रुपैयाँ ९४ पैसा कामय भएको छ । साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा कायम भइ कारोबार भइरहेको छ ।त्यस्तै कतारी रियलको खरिददर ३१ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । ...
ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान ‘इद उल फित्तर’धुमधामसँग मनाइँदै

ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान ‘इद उल फित्तर’धुमधामसँग मनाइँदै

समाचार, समाज
ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान ब्रतको आज अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउ...
केपी शर्मा ओली प्रधानमन्त्री पदमा पुनः नियुक्त

केपी शर्मा ओली प्रधानमन्त्री पदमा पुनः नियुक्त

राजनीति, समाचार
३० वैशाख : प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण शुक्रबार अपराह्न हुने तयारी छ । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई आज साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गर्नुभएको थियो । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलले बहुमत सदस्यको दावी पेश गर्ने कोशिश गरे पनि ती असफल भएका थिए । विपक्षमै रहेको अर्को दल जनता समाजवादी पार्टी नेपालले सरकार बनाउने कुनै प...
नयाँ सरकार गठनको तीव्र दौडधूप

नयाँ सरकार गठनको तीव्र दौडधूप

राजनीति, समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् । नयाँ सरकारका लागि बहुमत पु९याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु९याउन नदिन अधिकतम सक्रिय’ बनेको स्रोत दाबी गर्छ । प्रतिनिधिसभामा विपक्षीलाई बहुमत पु९याउन रोक्ने ‘ओली योजना’ र बहुमत पु९याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको ‘रणनीति’ वरिपरि राजनीति घुमिरहेको छ । कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा। बाबुराम भट्टराई समूहको समर्थन छ । प्रतिनिधिसभामा गत सोमबार भएको विश्वासको मतदानमा ओली...